स्थानीय तहको आगामी वैसाख ३१ गते हुने निर्वाचनमा दलका आकांक्षी उमेद्वारहरु धेरै नगरपालिकाको मेयर, उपमेयर, गापा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्यका लागि दौडधूप

धरान÷आगामी वैसाख ३१ गते गर्ने भनिएको स्थानीय निकायको निर्वाचनको मिति नजिकिएसँगै सुनसरी जिल्लाको उत्तरी क्षेत्रमा यतिबेला राजनैतिक
सरगर्मी बढ्न थालेको छ भने दक्षिणी क्षेत्रमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।
जिल्लाको उत्तरी क्षेत्रमा राजनैतिक दलसँग आवद्धहरु उमेद्वार बन्न लालायित भएसँगै स्थानीय नेताहरुले लविङ्गलाई समेत तिब्र पारेका छन् । जिल्लाका गाउँ पालिका, नगरपालिका, उपमहानगर पालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष, उपाध्यक्ष र सदस्यका लागि युवा आकांक्षीहरु सवै दलमा उत्तिकै देखिएका छन् ।
यद्यपि निर्वाचन हुने नहुने अझै अन्यौलपूर्ण अवस्था रहेको भएपनि तयारी शुरु गरेको नेपाली काँग्रेस, एमाले, माओवादीका आकांक्षीहरु बताउँछन् । खास गरेर संयुक्त लोकातान्त्रिक मधेशी मोर्चा, सञ्जुहाङ्ग पालुङ्गवाले नेतृत्व
गरेको संघीय लिम्बुवान पार्र्टीलगायत अन्य क्षेत्रीयवादी राजनैतिक पार्टीहरु निर्वाचनको विपक्षमा रहेका छन् । जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार निर्वाचनको तयारी तिब्र रुपमा अगाडि बढेको भएपनि जिल्लाको दक्षिणी भेगमा निर्वाचन गर्न गाह«ो हुने देखिएको छ ।
सुनसरीका धरान र इटहरी उपमहानगरपालिका, दुहवी नगरपालिका, इनरुवा नगरपालिका, रामधुनी नगरपालिका, वराह नगरपालिकामा निर्वाचनको माहोल बन्दै गएको जिल्ला निर्वाचन कार्यालय सुनसरीका निर्वाचन आयुक्त जानकी कर्णले बताउनुभयो । उता बर्जु गाउँ पालिका, हरिनगरा गाउँ पालिका, गढी गाउँ पालिका, भोक्राहा गाउँ पालिका, कोशी गाउँ पालिका र देवानगञ्ज गाउँ पालिकामा मधेशी मोर्चाको अवरोधले केही आंशका बढेको कर्णले बताउनुभयो । उहाँका अनुसार धरान उपमहानगरपालिमा ७७ हजार १ सय ४, इटहरी उपमहानगरपालिकामा ७८ हजार १ सय २४, इनरुवा नगरपालिकामा ३६ हजार ३ सय ३४,
रामधुनी नगरपालिमा ३० हजार ५ सय १३, दुहवी नगरपालिमामा ३० हजार ८ सय २२ र वराह नगरपालिकामा ४७ हजार ६ सय ७६ मतदाताहरु रहेका छन् । यसैगरी बर्जु गाउँ पालिकामा १८ हजार ६ सय ६०, हरिनगरा गाउँ पालिकामा २० हजार ६ सय ७०, गडी गाउँ पालिकामा १९ हजार ७ सय ६८, भोक्राहा गाउँ पालिकामा १८ हजार ९ सय ६०, कोशी गाउँ पालिकामा २२ हजार ५ सय ४८ र देवानगञ्ज गाउँ पालिकामा १९ हजार ६ सय ५७ मतदाता रहेका छन् ।
स्थानीय निकायलाई संविधानमै अधिकार सम्पन्न बनाइएको कारणले समेत उमेद्वारका आकांक्षीहरु धेरै देखिएको राजनैतिक दलहरु बताउँछन् । धरान उपमहानगरपालिकामा नेपाली काँग्रेसबाट दुई कार्यकाल पार्टीको नगर सभापतिको जिम्मेवारी समेत सम्हाली सक्नु भएका किशोर राई, नगर सभापति तिलक राई, क्षेत्रीय उपाध्यक्ष धनबहादुर कटुवालले मेयरको पत्यासीको लागि आफ्नो गतिविधि अगाडि बढाइसक्नु भएको छ भने उपमेयरमा श्यामा
रेग्मी, नेत्रकुमारी राई, उर्मिला प्रधान, मीना पुलामीको नाम चर्चामा रहेको छ । बाम वर्चस्व रहँदै आएको धरान नगरको आगामी मेयरमा सबै पक्षबाट सर्वस्वीकार्य व्यक्तिको खोजी भइरहेको सुनसरी क्षेत्र नं. १ का पूर्व सभापति चन्द्रप्रसाद श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ धरानमा बाम वर्चस्व तोड्न आवश्यक छ । एउटालाई पार्टीले उमेद्वारी दिँदा अर्को पक्ष असन्तुष्ट भएर विगतमा जस्तो अन्तरघात नहोस् भन्ने कुरामा नेतृत्वले सुझबुझ राख्नु पर्ने उहाँको तर्क छ । उता एमालेबाट धरान उपमहानगर पालिाकाको मेयरका लागि धरान नगर इन्चार्ज तारा सुब्बाको नाममा सर्वसम्मत हुने देखिएको एमालेका कार्यकर्ताहरु बताउँछन् । यद्यपि एमालेबाट मेयरका लागि प्रदीप भण्डारी, इन्द्र राई, मुरारी सुवेदी लगायतको नाम समेत अगाडि आएको छ । तर बलियो र धरान नगरको तीन कार्यकाल इन्चार्जको जिम्मेवारी सम्हाल्नु भएका तारा सुब्बा नै एमालेको उमेद्वार हुने एमाले वृत्तमा चर्चा छ ।
उता सत्तारुढ माओवादी केन्द्रबाट धरान उपमहानगर पालिकाको मेयरमा नगर सयोजक चोत्लुङ, केन्द्रीय सदस्य अइन्द विक्रम वेघा, अशोक राईको नाम यतिबेला चर्चामा रहेको छ । यसै सम्बन्धमा संयोजक चोत्लुङसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो अन्य साथीहरु समेत लालायित हुनुहुन्छ । यहाँबाट तीन जनाको नाम सिफारिस भएर गएपछि केन्द्रले कस्लाइ उमेद्वारी बनाउने हो भन्ने टुंगो त्यसैबेला लाग्ने संयोजक चोत्लुङले बताउनुभयो ।

तपाईको प्रतिक्रिया