कुनै पनि हालतमा निर्वाचन हुन दिन्नौ

इनरुवा÷सिमांकन हेरफेर सहित सविधान संसोधनमा प्रमुख राजनीतिक दलहरु उदासिन रहेको, मधेशका
नागरिकहरुलाई नेपाली नागरिक नै नमान्ने सत्तापक्षको प्रवृत्ति देखिएको र आफूहरुले उठाएका तथा विगतमा गरेका सहमति कार्यान्वयन नगरेको भन्दै सयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तराईमा निर्वाचन नै हुन नदिने घोषणा गरेको छ ।
सीमांकन सहित संसोधन नगरिए हामी स्थानीय तहको निर्वाचन नै हुन दिँदैनौं, संघीय लोकान्त्रिक मधेशी फोरम
सुनसरीका इन्चार्ज एसएन मेहताले बताउनुभयो । उहाँले भन्नुभयो, यतिबेला हामी आन्दोलनमा छौं । मोर्चाको केन्द्रीय निर्णय र निर्देशन अनुसार चैत्र १२ गतेदेखि हाम्रो आन्दोलन सशक्त रुपमा अगाडि बढ्छ ।
घोषित आन्दोलनका कार्यक्रमहरुमा सुनसरीका स्थानीय निकायमा तालाबन्दी गर्ने, नेपाल सरकारको सट्टा मधेश सरकार लेख्ने, १२ गते स्थानीय तहको निर्वाचन प्रदेशिक क्षेत्र अधिकारभित्र किन भन्ने शीर्षकमा जिल्ला सदुरमुकाम तथा मुख्य सहरमा सार्वजनिक सुनुवाही गर्ने
रहेको इन्चार्ज मेहताले बताउनुभयो । चैत्र १३ गते देश व्यापी रुपमा सप्त्तरी घट्नामा मारिएकाहरुप्रति श्रद्धाञ्जली गर्ने, १४ गते जिल्लाका सदरमुकामहरुमा विशेष संरचना स्वयत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्र बिनाको स्थानीय तहको प्रतिवेदन जलाउने, १५ गते सबै निर्वाचन कार्यालयहरु घेराउ गर्ने, १६ गतेदेखि झापाको दमक, पोखरा, काठमाण्डौ, उदयपुर, हेटौडा लगायतका स्थानमा विशाल जनप्रदर्शन सहित आमसभा गर्ने कार्यक्रम तय भएको इन्चार्ज मेहताले बताउनुभयो ।

तपाईको प्रतिक्रिया