स्थानीय स्तरबाट भएका खेलकुद प्रतियोगिताले राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग

धरान÷खेलकुदको विकास स्थानीय स्तरबाट नै गर्नुपर्ने भन्ने उद्देश्यले
धरानमा पूर्वाञ्चलमा रहेका अन्तर नगरपालिका स्तरीय तेक्वान्दो प्रतियोगिताको आयोजना निरन्तर हुने गरेको छ ।
राष्ट्रिय खेलाडी उत्पादनमा जोड दिदै विगत ६ बर्ष अगाडिदेखि निरन्तर आयोजना हुदै आएको प्रतियोगिता अन्तर्गत धरानको कवर्ड हलमा छैठौ अन्तर नगरपालिका तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । पूर्वाञ्चलमा रहेका १६ नगरपालिकाका १७ टिमका १ सय भन्दा बढी खेलाडीहरुले प्रतियोगितामा भाग लिएका थिए । यस्ता प्रतियोगिताले नेपालको तेक्वान्दो खेलको विकासमा मद्दत पुग्नुका साथै राष्टिूय खेलाडी उत्पादनमा सहयोग सरोकारवालाहरुले बताएका छन् ।
स्थानीय स्तरमा हुन गरेका खेलहरुले राष्टिूय खेलाडी उत्पादन गर्नुका साथै नेपालको गरिमा उच्च बनाउने सुनसरी क्षेत्र नं. १ का सभासद कृष्णकुमार राईले बताउनुभयो । उहाले अन्तर्राष्ट्रिय स्तरमा छवि बनाएको तेक्वान्दो प्रतियोगिताले
राष्ट्रिय खेलकुदको विकासलागि सहयोग पुग्ने बताउनुभयो ।
त्यसो त प्रतियोगिता आयोजना गर्नेको समेत लक्ष्य राष्ट्रिय खेलाडी उत्पादन गर्ने खेलाडीको क्षमता अभिवृद्धि गर्ने रहेको छ । धरान तेक्वान्दो डोजाङका अध्यक्ष गोपाल राईले यस्ता खालका प्रतियोगिताले तेक्वान्दो खेलको विकासमा मद्धत पुग्ने बताउनु्भयो ।
जिल्ला खेलकुद विकास समितिको सहयोगमा आयोजना भएको प्रतियोगितामा सहभागी भएका खेलाडीहरुले समेत यस्ता खेलहरुबाट आफ्नो आत्मा विश्वास बढ्ने अन्य प्रतियोगितमा सफल हुने बताएका छन् । धनगढी माइ नगरपालिकाबाट प्रतियोगीको रुपमा आउनु भएका सञ्जय लामाले खेलाडीहरु स्वस्फूर्त रुपमा अगाडि बढेको बताउनुभयो । उहाँले खेलकुदको विकासमा स्थानीय निकाय, खेलकुदसम्बन्धी संघ संस्थाले खेलाडीलाई सहयोग नगरेको आरोप लगाउनुभयो ।
कतैबाट सहयोग प्राप्त नभए पनि उनीहरुको आत्माविश्वास भने नघटेको उनीहरु बताउने गरेका छन् । विराटनगर महानगरपालिकाबाट प्रतिप्रर्धीको रुपमा आउनु भएकी अर्चना राजवंशले भने यस्ता खालका प्रतियोगिता बारम्बार भइराख्नुपर्ने बताइन् ।
६ बर्ष अगाडिदेखि निरन्तर भइरहेको यस्ता प्रतियोगितामा राज्यले समेत सहयोग गर्नुपर्ने सबैको जोड छ । देशको
राजनीतिक संक्रमण अवस्थामा देशको राजनीतिक, आर्थिक अवस्थामा उल्लेख्य प्रगति नभए पनि खेलकुदको विकासमा भने उल्लेख्य प्रगति भएको विगतमा नेपालले फुटबल जितेको
अन्तर्राष्ट्रिय प्रतियोगितालाई लिन सकिन्छ । राज्यको न्यून सहयोग विना नै खेलाडीहरुले गरेको प्रगतिमा भने सरकारी स्तरबाट खुशियाली मनाउने गरेको पाइएको छ । खेलकुदमा राज्यको ध्यान केन्द्रित गर्न खेलाडीहरुले सबैलाई अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया