थिएटर मलमा देखाइयो नाटक ‘क्लाउन शो’

सुनधारास्थित नाटकघर थिएटर मलमा जर्मनीबाट आएका
रंगकर्मीको ‘क्लाउन शो’ प्रदर्शन गरिएको छ । सोमबार विश्व बालरंगमञ्च दिवस मनाउने क्रममा यो नाटक देखाइएको हो ।
बालबालिकालाई नाटकघर लैजाऔं, उनीहरु पनि देख्न, सुन्न, महसुस गर्न, सोच्न र कल्पना गर्न सक्छन् भन्ने अभियानका साथ यो नाटक देखाइएको हो ।
क्लाउन नाटक जर्मनीबाट आएका अन्तर्रा्ष्ट्रिय बाल नाट्य समूह ‘क्लाउन विथवाउट बोर्डर्स’ले देखाएको हो । विश्वभर विभिन्न १४ समूह रहेको यस नाट्य संस्था क्लाउन विथआउट बोर्डर्सको एक समूह नेपाल भ्रमणमा छन् ।
नाटकको निर्देशक तथा कोरियोग्राफर सोनिया हुन् । क्लाउन नाटकमा टोनी –फिलिप), सुसी
(केला), अर्नी (फ्ल्प्स), ब्रिगिड (बेला)ले ले रमाइलो कथात्मक क्लाउन देखाएका थिए ।
कार्यक्रममा नेपाली बालसाहित्यका पिता शान्तदास मानन्धर तथा थिएटर सेन्टर फर चिल्ड्रेन र थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले कथा सुनाएका थिए ।

तपाईको प्रतिक्रिया