घण्टाघरबाट हेर्दा

मालिक छुटे भरिया गए
यो देशाँ सबै कुरा सेटिङ्गमै हुने गरेको छ । नयाँ नेपाल–नयाँ नेपाल भन्थे फुइøयाँको नयाँ नेपाल ? यहाँ जुुनसुकै सविधान बनेपनि मालिक वर्गकै हालीमुहाली । अब हेरौ न विमान स्थलबाट त्यत्रो विधि माने ३३ केजी सुन भिœयाउने धन्दामा संलग्न एसपी श्याम खत्रीलाई अदालतले जाबो २ लाख र अन्य ५ जनालाई एक÷एक लाख धरौटी लिएर छोडिदिएछ । जय होस अदालतको । सुनका मालिक छुटे बोकी ल्याउने भरियाचाहिँलाई जेलतिर पठाएछन् । क्या गजबको देश छ ? मालिक छुटाउन सिंहदरबारदेखिको शक्ति भिड्छन् । नाथे भरियालाई कस्ले वास्ता गर्ने ? मालिकबाट लुतुलुतु माल कुम्ल्याएका छन् सिंहदरबारभित्रका मुखियाहरुले । नमकको सोझो पनि त गर्नुप¥यो । फरि मालिकै जेल गए भने सुन कस्ले भिœयाउने ? जाबो भरिया त जति नि पाइन्छन् ।
१५ लाखको बन्दुक
धेरै श्रस्मति बटुल्ने प्रचण्डाउका पुत्र प्रकाश दाहालले अस्तिका दिन ड्याम्मै १५ लाखको बन्दुक किने । जनयुद्धमा पड्काइरहेको बानी पडकाउन नपाउदा औडाहा भएर किन्या होला भन्या त के को हुन्थ्यो ? आÏनो सुरक्षे गर्नका लागि बन्दुक किन्या रे त्यत्रो भाँडिम पैसा तिरेर । जस्ले जेसुकै भनोस् घण्टाघरले एउटा कुराचाहिँ बुझ्नै
सकेन । एउटा बन्दुक किन्न १५ लाख रुपैयाँचाहिँ तिन्ले कहाँबाट ल्याएछन्
हँ ? बाबुको सम्पत्ति ३ तोला सुन र एक कट्ठा जग्गमात्र छ । हरिलठ्ठक प्रचण्डाउको छेरा न जागिरे हुन्, न व्यापारी त्यत्रो विधि पैसा कहाँबाट आयो भनेर त्यो अख्तियारले किन नखोज्या होला ? प्रचण्डाउका पुत्र न परे । वाल्वाटार र सिंहदरबारका बडे मुखिया । अरुले किन्या भे यतिन्जेल त्यसको पाता फर्काइन्थ्यो ।
संघर्ष गर्ने रे
देशका उपप्रधानमन्त्री कमलाउ अब आन्दोलनमा जाने रे । साता दिन अगाडि प्रचण्डाउलाई जग लगाएर बल्ल तल्ल उपप्रधानमन्त्री बन्या कमलाउ किन आन्दोलनमा जान लाग्या भन्या त गुइँहे कुरो त अकेैं रै’छ । निर्वाचन आयोगले कमलाउको पार्टीको पुच्छर चुँडाएर सिङ्ग पनि भाँचिदिएछ, अब सिङ्ग र पुच्छर नै नभएपछि निर्वाचनमा कसरी जाने ? त्यसलै उन्ले प्रधान
मन्तरीबाट राजीनामा गरेर आन्दोलनमा जाने निर्नय गरेको रे । राजतन्त्र र हिन्दु राष्ट्र नै निर्वाचन आयोगले मचारमुचुर पारेर भत्काइदेसी कमलाउसँग निर्वाचनमा जाने आधार नै खुत्तिएछ । विचराको गरिखाने त्यै दुईवटा कुरा
थियो । अब त्यै नरहेपछि विचरा आन्दोलनमा नभए सिह दरबारमा मादल बजाएर बस्छन् त ?
चुनावी अभियानमा
हाम्रो गामघरतिर एउटा उखान छ नानीभन्दा आँची ठूलो माने हगाई भन्दा पदाई ठूलो । यतिखेर त्यो नयाँ शक्ति भन्ने पार्टीको हविगत त्यस्तै देखिएको छ । न सँगठन, न कार्जेकर्ता छन् । राजधानीमा एक दुइजना बूढी हिरोनीलाई बटुलबाटुल पारेर हावा न चावाको नयाँ शक्ति पार्टी बनाएका
बाउरामका कार्जेकर्ताहरु निर्वाचनमा लागे, निर्वाचन अभियानमा जुटे भनेको सुन्दा घण्टाघरलाई कुरी कुरी लागेर आएको छ । यसो लोभ लालच देखाएर हुलेका दुई चार जना समेत तिन्का पार्टीबाट कुम्लो कटुरो बोकेर अकैै पार्टीमा डेरा सरी सकेका छन् । रामेश्वर खनाल जस्ताले छोडेर हिडिसक्या छन् । अब चुनावी अभियानमा को चै लागेछ कुन्नि ? हुन त आजकल भाडामा त्यस्ता मान्छेहरु प्रसस्तै
पाइन्छन् । बाउरामले नि भाडामा चुनावी अभियानमा खट्ने खेतला लगाएका
होलान् ।
कुनै शक्तिले रोक्दैन रे
संघीय समाजवादी फोरमका अध्येक्षे उपिन्द्र जादवले भन्या मधेशीको माग सम्बोधन नगरी निर्वाचन गराएमा कुनै पनि शक्तिले गराउनै सक्दैन रे । उपिन्द्रले मात्र हैन मधेसी मोर्चा सबैले चुनाउ गर्नै नदिने भनेर भनिराख्या छन् । तर यो ताइ न तुईको सरकार निर्वाचन गराइ छाड्ने भन्छ् । अब कतिले फे्रि सहादत प्राप्त गर्ने भए । यो देशाँ फेरि शहीदको संख्या थपिने भयो । राज्ये कोषबाट फेरि १० लाखका दरले बाँडिने भयो । हैन यो सरकार यतिसम्म वेकामे होला भनेर कसैले सोच्या नै थेन । सबैलाई ठ्याक्क ठुक्क मिलाएर लैजानु नि । हुन त यहाँका राजनैतिक दलहरु पनि ओखर र पांग्रा जस्ता छन् । खाने मामलामा एकै ठाउँमा थुतुनो जोड्छन् अरु बेला एकले अर्कालाई धारे हात लगाउँछन् । यतिमात्र भए त हुन्थ्यो नि कोही चाइनिज बुद्धिले चल्या छन्, कोही युरोपियन युनियन बुद्धिबाट चल्या छन्, कोही अमेरिकन वुद्धिबाट चल्या छन् । अनि फुइøयाँ हुन्छ । देश त अब गेले ।
भातमारालाई सुविधा
यो देशलाई त्यसै सतिले सराप्या हैन । दायाँ बायाँ, माथि तल सैबतिर भातमाराहरुकै हालीमुहाली भएरै सराप द्या हो कि क्या हो ? अब यो प्रचण्डाउको सरकारले पूर्व बरिष्ठ भातमाराहरुलाई आजीवन भत्ता, सुरक्षे, आवास, सवारी साधन, औषधोपचारको व्यवस्था गर्न लाग्या सुनेसी’ तीन करोड नेपालीको कन्सिरी यतिबेला रनक्क तातिएको छ । पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व न्यायाधीश, पूर्व सभामुख, पूर्व प्रधानमन्त्री सबैलाई त्यस्तो सुविधा दिने रे । पदमा हुन्ज्याल पनि लुट्ने, पदबाट हँटदा पनि घिचाइरहने । क्या
उदारबादी छन् प्रचण्डाउ ? अरुले विरोध गर्लान् र त्यस्तो घिचुवा माने खन्चुवा विधेयकको विरोध होला भनेर फास्टट्रयाकबाट त्यस्तो विद्येयक ल्याउने रे । अब आफूलाई उपल्लो स्तरको
राष्ट्रवादी भन्नेले यस्तो घिचुवा विद्येयकको विरोध गर्लान् कि पास गर्न सघाउलान् ? सिंहदरबारको फोहोर सफा नगरी बागमति सफा गरेर केही लछारपाटो लाग्दा जस्तो छैन ।
महाकाली मेची यात्रा
भर्खरै चार जना शहीद बनाएर झालेमालेले मेची महाकाली अभियान सिद्याएको छ । यस्ता अभियान शुरु गर्दा सबैले पूर्वबाटै गर्छन् तर विप्लवको कम्युनिस्ट पार्टीले मेची महाकाली होइन महाकाली मेची अभियान शुरु गर्ने रे । उसले एकीकृत जनक्रान्ति शुरु गर्ने रे, पचण्डाउको सरकार दलाल सरकार हो रे, समानन्तर सत्ता चलाउने रे, निर्वाचन कुनै नि हालतम हुन नदिने रे । खै के हो के ? आफ्नै कोखबाट जन्मिएको दारा भएको निस्कियो भनेझै त्यही प्रचण्डाउसँग दह«ै ठ्याक ठुक
परेर जस्केलाबाट निस्केका विप्लवले प्रचण्डाउको टाउको खाने भए ।
अन्तेमा
लाउडा प्रकरणले निकास पाउन नसकेको झण्डै डेढ दशक भए छ । गिर्जाउ पर्धानमन्तरी हुँद उनकै सुयोग्य पुत्री सुजाता जोष्ठले लाउडा काण्डमा करोडौ डकारेको अहिलेसम्म कसैले भुल्या छैन । २०५८ सालदेखि अदालती प्रक्रियामा प्रवेश गरेको लाउडा विमान भाडा प्रकरणलाई अहिलेसम्म अदातलले छिनोफानो किन नग¥या होला ? हिजो गिर्जाउ शक्तिमा थे । अदाmत उन्को नाम सुनेरै तर्सन्थ्यो । अब त गिर्जाउ मास्तिर लागि सक्या छन् तै पनि अदालतले लाउडा काण्डको दूधको दूध पानीको पानी गर्न सक्या छैन । लोकतन्त्रदेखि शुरु भएको लाउडा काण्डको सियरल गणतन्त्रले समेत एक दशक पूरा गर्दा नि चल्या चल्यै छ । क्या गजब छ वा †

तपाईको प्रतिक्रिया