धरान/परम्परागत शैलीलाई छाडेर आधुनिक शिक्षा प्रविधि अपनाउदै आएको धरान १२ स्थित पब्लिक उच्च माविको ६८ औं बार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा निजी विद्यालयप्रतिको आकर्षण हटाई थप शैक्षिक सुधार गर्ने प्रतिवद्धता गरिएको छ ।
वि.सं. २००३ सालमा धरानमा शिक्षाप्रेमीहमीहरुको अथक प्रयासमा स्थापना भएको विद्यालय पूर्वाञ्चलकै पुरानो मानिन्छ । राणा शासनको त्यसबेलाको समयमा विद्यालय खोल्नुलाई जघन्य अपराध मानिन्थ्यो भने विद्यालयलाई जग्गा दिनु, भौतिक संरचना निर्माण गर्नुलाई अपराधीहरुलाई सहयोग गरेको मानिन्थ्यो । विद्यालयका प्रचार्य इन्द्रमोहन झाले भन्नुभयो, पब्लिक मा.वि.का भवनहरु जीर्ण भइसकेका
छन् । जीर्णेदार र नयाा संरचना नबनाउने हो भने भविष्यमा कुनै विपत्ति आउन सक्छ ।
विद्यालयले आधुनिक शिक्षा पद्धति अपनाएकै कारण विद्यार्थीको संख्या प्रत्येक बर्ष बढी रहेको छ । यद्यपि विद्यालयले धेरै चुनौतिहरुको सामना गरिरहनु परेको छ । सबै भन्दा ठूलो चुनौति अभिभावक र विद्यार्थीलाई निजी विद्यालयप्रतिको आकर्षण घटाउनुु हो । चुनौति बीचमै विद्यालयले पूर्वाञ्चलमै उत्कृष्ट साइन्स ल्यावको स्थापना, आकर्षक एवम् आधुनिक कम्प्युटर ल्याबको स्थापना, व्यवस्थित पुस्तकालय पब्लिक उच्च माविका विशेषता हुन् । उहााले थप्नुभयो, विद्यालयको जीर्ण भवन निर्माणका लागि सम्बन्धित निकाय, स्थानीयदाताहरुलाई आग्रह गर्दै आएका छौं । विद्यालयको आन्तरिक स्रोत भनेको घर घाडा र विद्यार्थीको शुल्क मात्र रहेका प्रष्ट पार्दै प्रचार्य झाले आगामी दिनमा टाढाका विद्यार्थीलाई ध्यानमा राखी स्कुल बसेको व्यवस्था, विद्यार्थीलाई पढ्न बाध्य बनाउने उद्देश्यले होस्टलको व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।
पब्लिक उच्च माविमा अध्ययन गरेका कैयौ विद्यार्थीहरु आज सरकारका उच्च ओहदामा कार्यरत रहेको, समाजमा ख्याति आर्जन गरेका छन् । त्यस्ता पूर्व विद्यार्थीहरुलाई विद्यालयले सम्मान समेत गरेको थियो । त्यसरी सम्मानित हुने पूर्व विद्यार्थीहरुमा गीतकार एवम् बरिष्ठ चकित्सक डा. भोला रिजाल, कोलकत्तास्थित नेपाली वाणिज्य दुतामा कार्यरत चन्द्रकुमार घिमिरे, व्याडमिन्टन खेलाडी प्रभु साह, सञ्चारकर्मी भवानी बराल थिए । यसैगरी विद्यालयले सो अवसरमा पूर्व प्रद्यानाध्यापक राजेन्द्रप्रसाद आचार्य, रेवतीनन्दन झा, कमल पोख्रेल, लेखनाथ भट्टराई, जग्गादाताका प्रतिनिधि सुरेशमान श्रेष्ठ, उमादेवी पौड्याल, कृष्णप्रसाद श्रेष्ठ, स्वयम्प्रकाश श्रेष्ठ, चन्दादाता इन्द्रप्रसाद श्रेष्ठ, छात्रवृत्तिका प्रतिनिधिहरु मुरलीधर सुन्दरदेवी छात्रवृत्ति कोष, नारायण गोविन्द श्रेष्ठ छात्रवृति कोष, गंगादेवी मास्के छात्रवृत्ति कोष, धनबहादुर मायादेवी पावर्ततीदेवी अक्षय कोष, शोभनादेवी पोख्रेल छात्रवृत्ति कोष, लोकलक्ष्मी गरिब तथा जेहेन्दार छात्रवृत्ति कोष, महेश्वर बालश्रेष्ठ स्मृति प्रतिष्ठान ललितपुर,रामेश्वर बहादुर विश्वकुमारी श्रेष्ठ छात्रवृत्ति कोष र पूर्णकाजी शाक्य छात्रवृत्ति कोषलाई पनि सम्मान
गरिएको थियो । यसैगरी पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु शिवकुमार भण्डारी, कृष्णप्रसाद श्रेष्ठ र द्वारिकानाथ श्रेष्ठसमेत सम्मानित हुनुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर परियारको सभापतित्वमा सञ्चालन उक्त कार्यक्रम समुद्घाटन पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशक डा. तुलसीप्रसाद थपलिया
रहनु भएको थियो । सो अवसरमा विद्यालय भवन निर्माण सहयोग समितितर्फबाट संयोजक अलिम
अन्सारी, व्यवस्थापन समितिका सदस्य राजमणि निरौला, राजेशमान श्रेष्ठ लगायतले आफ्नो धारणा राख्नुभएको थियो भने सञ्चालन शिक्षक टिकाराम घिमिरे र कर्मचारी कमलप्रसाद खतिवडाले गर्नुभएको थियो ।
त्र
