मोदनाथ प्रश्रित
विभिन्न देश र राज्यका इतिहास, संस्कृति, भूगोल, राजनीतिक, आथिर्क र सामाजिक स्थिति भिन्न भिन्न प्रकृतिका हुन्छन् । कुनैपनि देश र राज्यले जुन पद्धति र व्यवस्था अंगाल्दा राष्ट्रलाई फाइदा हुन्छ र कुन बाटो हिँड्दा नोक्सान हुन सक्छ, गम्भीर रुपले विचार गरी अघि बढ्नु आवश्यक हुन्छ ।
“धर्मनिरपेक्ष राज्य” विश्वमा प्रचलित एउटा अवधारणा हो । विशेष गरी यो पश्चिम मुलुकको विशिष्ट परिस्थितिको उब्जनी हो । पश्चिमी जगतका अधिकांश देशमा इशाई धर्मको प्रभाव छ । उनीहरुमध्ये केही देशले धर्म निरपेक्ष राज्य घोषणा गरे पनि राजा र राष्ट्रपतिहरुले शपथग्रहण गर्दा ‘ वाइबल ’ छोएर गर्छन् । अदालती मुद्दाहरुमा पनि अभियुक्तलाई बयान गराउँदा ँबाइबल’ छोएर ईश्वरका नाममा धर्म भकाउने चलन व्यापक छ ।
पश्चिमी मुलुकहरुको स्थिति, दक्षिण एसियाको स्थिति र विशेष गरी नेपालको विशिष्ट स्थितिलाई गम्भीर रुपले विश्लेषण गरेर मात्र धर्म सम्बन्धमा हाम्रो राज्यले नीति तय गर्नु आवश्यक हुन्छ । आफ्नो देशको विशेषता नबुझी लहैलहैमा धर्म सम्बन्धमा पश्चिमको नक्कल गरेमा त्यसको गम्भीर नकारात्मक परिणाम देशले भोग्नुपर्नेछ र यो बहुधामिर्क देश संकटको भूमरीमा फस्ने खतरा बढ्ने छ ।
नेपालमा धर्म निरपेक्ष राज्यको कुरा
धर्मनिरपेक्ष राज्यको धारणा पश्चिमी मुलुकहरुमा लोकतान्त्रिक जनप्रतिनिधि मूलक राज्य प्रणालीको स्थापना र संचालनको सन्दर्भमा उठेको हो । तर उनीहरुले विश्वका विभिन्न मुलुकहरुमा इशाइ धामिर्क मिसनरी मार्फत् उपनिवेश वा साम्राज्य विस्तारको पूर्वाधार तयार गर्ने र राज्य हातमा लिएपछि आÏनो धर्मलाई अनेक उपायले प्रचार गरी राज्यमा पकड बढाउँदै जाने काम गर्दै आएका हुन् र अहिलेपनि त्यो धन्दा छोडेका छैनन् ।
अंग्रेजहरुले दक्षिण एसियाको प्रमुख देश भारतमा गरीब र दलित समुदायको बीचमा आथिर्क प्रलोभनको माध्यमबाट ईशाई धर्मको प्रचार प्रसार गरी औपनिवेशिक साम्राज्य कायम गरेका हुन् । उनीहरुले नेपालमा पनि धामिर्क मिसनरीहरु पठाएर धर्म प्रचार गर्ने प्रयास गरेका हुन् । धर्मलाई उपनिवेश वा साम्राज्यको विस्तार गर्दै या आ–आÏनो प्रभाव जमाउने माध्यम बनाउने नीति उनीहरुले अहिलेपनि छोडेका छैनन् । भारत पटक पटक विदेशीहरुको उपनिवेश बन्दै आएकोले अंग्रेजहरु पनि त्यहाँ सफल भए । तर पृथ्वीनारायण शाहको दूरदर्शीता र सैनिक प्रयत्नको कारण समेतबाट उनीहरु नेपालबाट फर्कन बाध्य भएका थिए । पश्चिमेलीहश्रले धर्मलाई उपनिवेश वा प्रभाव क्षेत्र बनाउने रणनीति र कूटनीति अहिलेसम्म पनि छोडेका छैनन् ।
वर्तमान विज्ञान र प्रविधिको युगमा पनि अहिले नेपालमा ईसाई मिसनरीहरु व्यापक रुपमा संचालित छन् । कुनै धनाढ्य व्यक्ति वा संस्था विशेषले यसरी व्यापक जनपरिचालन गरेर विश्वव्यापी रुपमा धर्म प्रचार गरी हजारौं, लाखौ, करोडौ महिनावारी आथिर्क सहयोग दिएर धामिर्क मिशन चलाउन सक्दैन । स्पष्ट छ, अहिले पनि पश्चिमा शक्तिहरु धर्म प्रचारद्वारा आÏनोा राजनीतिक वा धामिर्क प्रभाव विभिन्न कमजोर मुलुकमा जमाउने प्रयत्नमा लागिरहेकै छन् ।
अहिले पश्चिमी धामिर्क मिसनरी प्रचार नेपालका गाउँ गाउँ, सहर सहर सर्वत्र व्यापक रुपमा चलिरहेको छ । यहाँका सत्ताधारी नेताहरुले लोकतान्त्रिक उदारताका जतिसुकै डींग हाकेपनि त्यो प्रचार सत्ता निकट कसैको सहयोग र आडभरोसा विना चलेको छैन । पश्चिमेलीहरुले धर्म
निरपेक्षताको दुहाई दिँदै अरु देशमा धर्म प्रचारलाई उपनिवेश वा साम्राज्य बिस्तार गरेको इतिहास बिसिर्नु आत्मघाती हुनेछ ।
नेपालका नेताहरुको मन, लोभ र नाटकीयता
नेपालमा धर्म निरपेक्षताको कुरा बढी उठाएको कम्युनिष्टहरुले हो । तिनमा पनि विशेष रुपमा माओवादीहरुले हो । आम रुपमा हेर्दा सिद्धान्त: धर्म निरपेक्ष राज्यको कुरा जायज जस्तो देखिन्छ । तर भिन्न–भिन्न देशको परिस्थिति नेताहरुको नियत र चरित्र, नेपाली वामनेताहरुको विगत दुई दशकका विसंगत चिन्तन र घातक व्यवहार आदि सबै कुरा हेर्दा उनीहरले उराल्ने गरेको धर्म निरपेक्षताको कुरामा आथिर्क स्वार्थ, अवसरवादी पाखण्ड एवं स्वाधीन राष्ट्रको भविष्य प्रति अन्धोपन स्पष्ट रुपमा अभिव्यक्त हुन्छ ।
केही बान्की र उदाहरण हेरौं–
कुनै पनि देशका कम्युनिष्ट पार्टीहरुले माक्र्सवादी दर्शनको मार्ग दर्शनमा विज्ञान सम्मत चिन्तन एवं जनहित र राष्ट्र हितको मात्र होइन अन्तराष्ट्रिय साझा हितको ध्येयमा समेत सचेत रुपले काम गर्दै जानु आवश्यक हुन्छ । तर नेपालका कतिपय कम्युनिष्टहरुका चिन्तन, प्रवृत्ति र व्यवहारका केही बान्की हेरौं–
· नेकपा माओवादीले दश वर्षे द्वन्द्व कालमा संस्कृत विश्वविद्यालयमा आगो लगाउने, संस्कृत पढाउने शिक्षकलाई रुखमा टाँगेर किला ठोकेर मार्ने, ठूलो धामिर्क जनसंख्याको भावना विपरीत खुला ठाउँमा गाई गोर काटेर भोजभतेर लगाउने, पण्डित पुरोहितहरुलाई रक्सी र गाईको मासु खान बाध्य पार्ने, फरक विचारका पत्रकारलाई खाल्डो खनेर जिउँदै पुर्ने जस्ता कति उदण्ड काम गर्यो, त्यसको बयान अहिले गरि सक्नु छैन, भविष्यले गर्दै रहला ।
· के ती कामहरु माक्र्सवादी दर्शन, जनताको भावना, नेताको नैतिकता र
दूरगामी सोचमा आधारित थिए ?
· पुराणवाचनद्वारा देशको विकास निर्माणमा प्रतिबद्ध रुपले लागेका पण्डित नारायणप्रसाद पोखरेललाई सप्ताहको मण्डप निरै गोली हानेर मार्ने पनि उनै मान्छे । पण्डित नारायण छोरा दिनबन्धु पोखरेलद्वारा भागवत यज्ञ लगाई बालाजु (काठमाडौं) मा पार्टीको आयस्रोतका निम्ति विराट अस्पताल बनाउने पनि उनै मान्छे । कति दूरदर्शी, नैतिक र क्रान्तिकारी नेता प्रचण्ड र बाबुरामहरु †
· आफू राष्ट्रपति वा प्रधानमन्त्रीको पदमा पुग्ने ध्येयले बराह क्षेत्रमा गएर चिना देखाई शनिश्चर ग्रह र भैसीको पूजा गर्ने पनि उनै क्रान्तिकारी नेता प्रचण्डजी ।
· मनमोहन मेमोरियल अस्पताल (स्वयम्भु) बनाउनको निम्ति सप्ताह यज्ञको जाँगर देखाउन नेकपा एमालेका नेता पनि पछि परेका हैनन् । समाज र राष्ट्रको हितमा धामिर्क भावनात्मक प्रयोग नराम्रो कुरा होइन तर पाखण्ड निन्दनीय हो ।
नेपाल जस्तो गरीब र अविकसित मुलुकमा पण्डितनारायण प्रसाद पोखरेलले पुराण वाचनद्वारा विकासको काम गर्ने जुन आदर्श देखाए सिंगो देशले अहिले त्यही बाटो पछयाएर काम गरिरहेको छ । जनतामा धामिर्क आस्था छ । पार्टीहरुले एउटा संविधान बनाउन गरेको वाचा पूरा नगर्दा दुई पटक संविधान सभा निर्वाचित गर्नुपर्ने बाध्यता ल्याए । विकास निर्माणको गति रोकिँदा धामिर्क भावनाले देशलाई राहत दिएको छ । यस स्थितिको कस्तो विश्लेषणगर्छन् माओवादीहरु ।
नेपालको विकासमा धर्मको भूमिका
नेपालको विकासमा धर्मको भूमिका कति महत्वपूर्ण छ भन्ने सन्दर्भमा नेपालमा केन्द्रित रही विकसित भएका शाक्त, शैव, वैदिक, वैष्णव र वौद्ध धर्मको चर्चा माथि गरिसकिएको छ ।
विश्वमा धर्म पनि राष्ट्रिय अर्थतन्त्रका अंग भएका मुख्य देश ५ वटा छन् । ती हुन् नेपाल, भारत, इजरायल, भ्याटिकनसिटी र साउदी अरब । यहुदी धर्मको मूल भूमी इजरायल हो । भेटिकनसिटी इशाई धर्मको केन्द्र भूमि हो भने साउदी अरबका मक्का मदीना इश्लाम धर्मका जन्मभूमि हुन् । नेपाल शाक्त, शैव, वैदिक, वैष्णव र वौद्ध धर्मको उत्पत्ति वा विशिष्ट आधार भएको मुलुक हो ।
धर्म सापेक्ष राज्यको अर्थ हो– राज्यले कुनै धर्मलाई विशेष महत्व दिन्छ, धर्मको निमित्त राज्य कोषबाट लगानी गर्छ र त्यसबाट लाभ पनि लिन्छ । धर्म निरपेक्ष राज्यको अर्थ हो– राज्यले कुनै धर्मलाई, धामिर्क कामलाई र धामिर्क क्षेत्रको संरक्षणलाई कुनै लगानी गर्दैन, धामिर्क क्षेत्रबाट हुने कुनै आम्दानी अपेक्षा पनि गर्दैन । उसो भए, गणतन्त्र युगको नेपाल राज्यले धर्म र नेपालका धार्मिक क्षेत्रहरुबारे कस्तो नीति अंगाल्ने छ त ?
नेपाल, ५ धर्म –शाक्त, शैव, वैदिक, वैष्णव र वौद्ध) को उत्पत्ति वा विकाससँग विशेष सम्बन्ध भएको देश हो । यी ५ प्रमुख धर्मसँग कुनै न कुनै सम्बन्ध भएका अनेक धामिर्क या तिर्थस्थल नेपालमा यत्रतत्र रहेका छन् । ती मध्ये प्रमुख तिर्थ या धामिर्क स्थल हुन्– पशुपति क्षेत्र, बराह क्षेत्र, गोसाइकुण्ड, हलेसी महादेव, गोकर्णेश्वर, डोलेश्वर, मनकामना, गोरखनाथ, मुक्तिनाथ, पुलहाश्रम, बिन्ध्यवासिनी, व्यास गुफा, देवघाट, रुरु क्षेत्र, गलेश्वर धाम, त्रिवेणी तीर्थ, शैलेश्वरी, त्रिपुरासुन्दरी, गुहृयेश्वरी, दक्षिणकाली, दामोदर कुण्ड, बुढानीलकण्ठ, चाँगुनारायण जलेश्वर, त्रिवेणी, वाल्मीकि आश्रम, सिद्धबाबा, मालिकादेवी, स्वर्गद्वारी, बागीश्वरी आदि आदि अनेक धामिर्क या तिर्थस्थल छन् नेपालमा ।
माथि उल्लेख गरिएका नेपालका ५ प्रमुख पौराणिक र ऐतिहासिक धार्मिकधाममा प्रतिवर्ष नेपाल र विश्वका अन्य देशबाट लाखौं करोडौं धामिर्क तीर्थयात्रीको अवागमन हुन्छ । त्यस धामिर्क तीर्थयात्रा या पर्यटनबाट प्रतिवर्ष नेपालले करोडौं, अर्बौ आथिर्क आर्जन गर्दै आएको छ ।
उपयुक्त सम्पूर्ण तीर्थस्थलहरुमा यातायात र बसोबासको राम्रो व्यवस्था भएमा विश्वका विभिन्न धर्मका मानिसहरुको
निरन्तर आवागमन भइरहन्छ । नेपाल धामिर्क तीर्थयात्रा या पर्यटनको दृष्टिले अत्यन्तै सम्वृद्ध देश हो । एउटा मनकामना मन्दिर जान १७र१८ करोड खर्च गरेर बिजुली भर्याङ बनाएको केही वर्षमा त्यसबाट अरबौ आम्दानी हुन सक्यो ।
नेपालको धामिर्क पर्यटनबाट
सरकार विभिन्न रुपबाट लाभान्वित भइरहेको छ । यसले राज्य (सरकार) र जनता पनि आथिर्क दृष्टिले लाभान्वित भइरहेका छन् । यातायात र बसोबासको सुविधा बढेमा
राजश्व पनि बढ्दै जान्छ र जनताको व्यवसाय पनि चल्दै जान्छ ।
नेपाल धामिर्क र सांस्कृतिक पर्यटनको दृष्टिले अत्यन्तै उर्वर– विश्वकै सर्वश्रेष्ठ देश हो । नेपालका अनेक धामिर्क क्षेत्रको विकास हुँदा त्यसबाट राज्य र जनता दुवै लाभान्वित हुन्छन् र भइरहेका छन् । आÏनो नेपालको यस्तो विशिष्ट स्थिति र आफैले धामिर्क क्षेत्रबाट लाभ लिएको स्थितिलाई समेत चटक्कै बिर्सिएर धार्मिक आस्थाका अत्यधिक बहुसंख्यक जनताको अभिमत नलिइकन राजनीतिक दलका केही नेता र कार्यकर्ता मात्र पुगेको संविधानसभाले आफू खुशी नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गर्दा देशलाई कति नोक्सानी हुन्छ र जनताको भावनामा कति चोट पर्ला भन्ने ख्यालै नगर्नु कत्तिको उचित हो ?
नेपालको समग्र धामिर्क क्षेत्रको अध्ययन गर्दा जनताको धामिर्क आस्थाको विराट अवस्थालाई हेर्दा र नेपालको विकासमा धार्मिक क्षेत्रको भूमिका बारे मनन् गर्दा नेपाललाई धर्म निरपेक्ष राज्य घोषणा गर्नु धेरै दृष्टिले घातक हुनेछ । आफ्नै पार्टी र नेतालाई धर्म निरपेक्ष बनाउन नसक्नेहरुले सिंगो राज्यलाई धर्म निरपेक्ष बनाएको घोषण गर्नु घोर सैद्धान्तिक अपचलन मात्र होइन राष्ट्रको समग्र स्थिति चिन्नै नसक्ने मुढपना व्यक्त गर्नु मात्रै हो ।
जब धामिर्क क्षेत्रले राष्ट्रको विकासमा वृहत् सहयोग गर्ने व्यापक सम्भावना छ भने नेपाललाई धर्म निरपेक्ष राज्य घोषण गर्ने अदूरदर्शी कदम किन चाल्ने ? नेपाललाई धर्मनिरपेक्ष देश हैन, धामिर्क स्वतन्त्रता भएको देशको रुपमा स्थापित गर्नु श्रेयस्कर हुनेछ ।
त्र
