उपभोक्ताका लागि गोरखा ब्राण्डेड नाम
इटहरी÷पूर्वाञ्चलको व्यवसायिक हव इटहरीमा आजभन्दा १८ बर्ष अगाडि वानमेन वान थिंक अर्थात एकल सोच र प्रयासले स्थापना भएको गोरखा डिपार्टमेन्ट स्टोर आज पूर्वाञ्चलमा मात्र नभएर देशभित्र र बाहिर समेत एउटा व्राण्डेड नाम भएको छ ।
गोरखा डिपािर्टमेन्ट स्टोरमा स्वदेशी तथा विदेशी व्राण्डका सामानदेखि दैनिक उपभोग्य वस्तुहरु समेत बजार भन्दा कम मूल्यमा पाइने भएपछि उपभोक्ताको चाप वाह«ै महिना औषध एउटै हुने
गरेको छ ।
आफूलाई आम उपभोक्ता एवम् ग्राहकहरुको सेवक भन्न रुचाउनु हुने स्टोरका सञ्चालक बलराम अचार्य भन्नुहुन्छ–गोरखा डिपार्टमेन्ट स्टोरमा आएका कुनै पनि ग्राहकले कुनैपनि सामान नपाएर फर्कनु परेको छैन । स्वदेशी तथा विदेशी ब्राण्डका कुनै पनि सामान
गोरखामा पाइन्छन हामी ग्राहरको चाहना बमोजिम सामान उपलब्ध गराउने भएकोले फलानो सामान गोरखा डिपार्टमेन्ट स्टोरमा पाइएन भनेर आजसम्म कतैबाट गुनासो नआएको सञ्चालक आचार्यको कथन छ । यदि कसैले आफूले चाहेको सामान नपाएको गुनासो
गरेमा स्टोरले त्यस्ता सामानको आयात केही समय भित्रैमा गर्ने समेत उहाँले प्रष्ट पार्नुभयो ।
आÏना ग्राहकहरुलाई थप सेवा सुविधा पुगोस् भन्ने उद्देश्यले गोरखा डिपार्टमेन्ट स्टोरले मोरङ्गको विराटचौक, पथरी, झापाको दमकमा गरी आफ्नो चौथो शााखा विस्तार गरिसकेको छ भने धरानमा चाँडै नै पाँचौ शाखा सञ्चालनको तयारीमा रहेको छ । गोरखा डिपार्टमेन्ट स्टोरका म्यानेजर श्रीप्रसाद गौतमका अनुसार हाल
गोरखा डिपार्टमेन्ट पाँच लाख भन्दा बढी प्रकाकरा सामानहरु रहेका छन् । सञ्चालनमा रहेका आफ्ना चारवटै शाखामा एक हजार भन्दा बढी कर्मचारीहरु कार्यरत रहेको समेत गौतमले प्रष्ट पार्नुभयो । गोरखा डिपार्टमेन्ट स्टोरमा पुग्ने हरेक ग्राहकले एउटै छानामुनी बजार मूल्य भन्दा कम मूल्यमा विना बार्गेनिङ्ग गुणस्तरीय सामान पाउने भएकैले यतिबेला पूर्वी नेपालको बजार अराजक र उताउलो हुनबाट जोगिएको आम उपभोक्ताको ठम्याई छ ।
गत बर्ष मधेश आन्दोलनका क्रममा ६ महिना अघोषित नाकाबन्दी हुँदा उपभोग्य वस्तुको हाहाकार भयो । एक प्याकेट नुनको दुईसय सम्ममा उपभोक्ताहरुले स्थानीय बजारबाट खरिद गरेका थिए । एक केजी नुनको दुई सय मात्र हैन एक केजी चिनीको १ सय ५० तिर्न उपभोक्ताहरु बाध्य भए । तर गोरखा डिपर्टमेन्ट स्टोरले यस्ता उपभोग्य सामान ६ महिनासम्म साविकै दर रेटमा उपभोक्तालाई उपलब्ध गराएको थियो । त्यसबेला अराजक भएको बजारलाई गोरखा डिपार्टमेन्ट स्टोरले नियन्त्रण गरेको थियो ।
प्रत्येक ग्राहकको आकर्षण गोरखा किचेन
गोरखा डिपार्टमेन्ट स्टोरमा पुग्ने हरेक ग्राहकको आकर्षण गोरखा किचेन रहँदै आएको छ । चाहे त्यो गोरखा डिपार्टमेन्ट स्टोरको मुख्यालय इटहरी होस्, चाहे पहिलो विस्तारित शाखा विराट चौकमा होस् या दोस्रो विस्तारित शाखा पथरीमा किन नहोस् ।
आफूलाई चाहिने आवश्यकीय सामान खरिद गर्नु भन्दा पहिला होस् या खरिद गरिसकेपछि होस् उनीहरु गोरखा किचनमा केही समय बसेर रमणीय वातावरण नियाल्दै स्वादिष्ट विभिन्न परिकारको स्वाद लिएर मात्र फर्कन्छन् ।
पथरीस्थित रहेको गोरखा डिपार्टमेन्ट स्टोरका चैथो तलामा उक्लेपछि हरेक ग्राहकले आनन्दित महसुस गर्छन् । दक्षिणतर्फ पथरी बजारको र उत्तरतर्फ घना जंगलको रमणीय दृश्यसँगै जुनसुकै स्वादका परिकार उनीहरुले लिन सक्छन् । अत्यन्तै सफा र स्वच्छ खाना खानकै लागि यतिबेला पथरीमा सरदर एक हजार ग्राहकहरु आउने गर्छन् ।
पथरीमा मात्र होइन विराटचौकमा समेत यही हाराहारीमा गै्राहकहरुले खाना खाइरहेको कर्मचारी मुरारी खतिवडा बताउँछन् । रु ५० मा भरपेट सादा खाना र रु ९० मा चिकेन खान खान स्थानीय मात्र हैन टाढाटाढा यात्रामा हिडेकाहरु समेत खाना खाने समय मिलाएर गोरखा किचेनमै आइपुग्ने गरेका छन् । गोरखा किचेनमा चाइनिज, इण्डियन खानाका पारखीहरु समेत आउने गरेको कर्मचारी खतिवडाको कथन छ ।
पूर्वाञ्चलमै गोखा बेकरीको उच्च माग
गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ । आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक, आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का, धरान, दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।
गोरखाको पा“चौ तला पनि उस्तै
गोरखा डिपार्टमेन्ट स्टोरको पाँचौ तलाको विशेषता नै बेग्लै छ । नानीहरुका लागि स्वदेशी तथा विदेशी ब्राण्डका आकर्षक कपडाले अभिभावक र बच्च दुवैको मन लोभ्याउँछ । खास गरी भर्खर जन्मिएका बच्चादेखि १५ बर्ष उमेरका बच्चाहरुका कपडा, आकर्षक खेलौना, स्टेशनरीका सामान, स्कुल व्याग आदि खरिद गर्न उक्त तलामा विहानैदेखि ग्राहकको भीड लाग्ने गरेको छ । जाडोका समयमा न्याना लुगा र गर्मीका लागि अत्यन्नै हलुका कपडा छान्नेहरु तँछाडमछाड गरिरहेका हुन्छन् । झापाको सुरुङ्गा २ बाट आएकी अस्मिता शिवाकोटीले सोमबार झण्डै दुई घण्टा लगाएर दुई जना नानीका लागि कपडा किनेको बताइन् । जुन हे¥यो त्यही राम्रो लाग्छ, हल्का र सस्तो समेत भएपछि नकिनी त मनै थामिएन । उनीसँगै रहेका पति अर्जुन उप्रेतिले भने श्रीमति लिएर हिँड्नै अप्ठेरो । जे देख्यो त्यही किन्छन् । पतिले यसो भन्दा उनी खित्का छाडेर हाँस्दै थिइन् ।
ब्राण्डेड कम्प्युटर तथा ल्यापटपमा आकर्षण
हरेक उमेरका अहिलेका पुस्ताका लागि अनिवार्य जस्तै भएको कम्प्युटर र ल्यापटप खरिदका लागि ग्राहकको पहिलो रोजाईमा परेको छ गोरखा डिपार्टमेन्ट स्टोर । जुनसुकै साइजका ब्राण्डेड ल्यापटप र कम्प्युटर बजारमा पाइने मूल्य भन्दा कम मूल्यमा पाइएपछि पनि यसप्रति ग्राहकको रुची बढेको हो ।
एप्पल, डेल, एच.पी, लेनेर्वा, एसर जस्ता ब्राण्डेड ल्यापटपले प्रयोगकर्तालाई नलोभ्याइरहन सक्दैन । यसका अलावा अलइन वान कम्प्युटर (जसमा छुट्टै सिपियुको झन्झट नहुने र बर्षौसम्म टिक्ने) का कारण पनि कम्प्ुटर सेक्सनमा ग्राहकको सधै भिडभाड देखिने गरेको छ । डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्य भन्नुहुन्छ, दैनिक सरदर १० वटा ल्यापटप र त्यतिकै अनुपातमा अलइन वान कम्प्युटरहरु बिक्री हुने गरेका छन् । मनिटरमा डेल, सामसुङ्ग, आसुस, एक्सज सिरिज, प्रोसेसर, प्रोजेक्टरहरुसमेत फिक्स प्राइसमा उपलब्ध छन् । प्रिन्टरहरुमा सामसुङ्ग, ब्रदर, क्यानन,ब्लाक एण्ड ह्वाइट र कलर दुवैमा उपब्ध छन् । कम्प्युटरका लागि चाहिने सम्पूर्ण पार्टहरु समेत एकै ठाउँमा उपलब्ध छन् ।
डिपार्टमेन्ट स्टोरका कर्मचारी रन्जित मालाकारका अनुसार अहिलेका पुस्तामा इलेक्ट्रोनिक्स सामान खरिदमा आकर्षक नै बढेको छ । डिपार्टमेन्ट स्टोरको दोस्रो तलामा उपलब्ध सम्पूर्ण इलेक्ट्रोनिक्स सामान खरिदका लागि स्थानीयदेखि भारतको सिलगुढी, दार्जीलिङ्ग, सिक्किम , आसामसम्मका ग्राहकहरु आउँछन्, इलेक्ट्रोनिक्स सामानमा पूर्वाञ्चलमा नै चर्चामा आएको गोरखाले पछिल्लो पटक अन्तर्राष्ट्रिय बजारमा लञ्च भएको मोवाइलहरु समेत विक्री वितरण गरिरहेको छ ।
