धरान÷पूर्वाञ्चललाई फूलको राजधानी बनाउने उद्देश्यका साथ आयोजना भएको प्रथम पूर्वाञ्चल पुष्प व्यापार मेला २०७३ आइतबारट शुरु भएको छ ।
तीन दिनसम्म चल्ने सो मेलाको उद्घाटन धरान उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत सुनिल नेपालले फूलको विरुवामा पानी हाली गर्नुभएको छ । फागुन २५ गतेसम्म सञ्चालन हुने मेलामा पूर्वको सुनसरी, मोरङ र झापाका फूलका २० नर्सरीका स्टलहरु राखिएका छन् ।
पुष्प व्यवसाय गर्ने कृषक तथा व्यवसायीलाई समेटेर व्यवसायिक बनाउदै यहा उत्पादन भएका विरुवा तथा फूलहरु विदेश निर्यात गर्ने लक्ष्यका साथ आयोजना गरिएको फ्लोरीकल्चर एसोसिएन नेपालका केन्द्रीय अध्यक्ष कुमार कसजु श्रेष्ठले बताउनुभयो ।
उहाले अब प्रत्येक जिल्लामा
फ्लोरीकल्चार एसोसिएसनको शाखा गठन गर्दै यस पेशामा लागेकाहरुलाई व्यवसायिक बनाउदै नेपाललाई फूल निर्यात गर्ने केन्द्रको रुपमा विकास गर्ने बताउनुभयो ।
प्रदर्शनीले नेपाललाई आत्मनिर्भर बनाउन र युवालाई स्वदेशमै स्वरोजगारको अवसर मिल्ने पुष्प व्यवसायहरुले अपेक्षा गरेका छन् ।
प्रदर्शनमी उत्कृष्ट स्टललाई पुरस्कृत समेत गरएको थियो सजावट र समावेश गरिएका फूलहरुको संख्या लगायतका
कुरालाई हेरेर गरेको मुल्यांकनमा दिपेश योगीले सञ्चालन गरेको दिपेश नर्सरी मोरङ प्रथम, टेकबहादुर राईले सञ्चालन गरेको महादेव नर्सरी दमक दोस्रो र सन्तोष श्रेष्ठले सञ्चालन गरेको धरान नर्सरी तेस्रो भएका थिए । उनीहरुलाई जनही ७, ५ र ३ हजारले पुरस्कृत गरिएको थियो ।
पहिलो पटक सुनसरी, मोरङ र झापामा रहेका ४९ पुष्प व्यवसायीलाई समेट्दै मेलाको आयोजना गरेको छ । आगामी दिनमा अन्य स्थानमा समेत प्रदर्शनी मेलाको आयोजना गर्ने आयोजकले जानकारी दिएको छ ।
