जनसरोकार मञ्चको पहलमा विज्ञ टोलीद्वारा अध्ययन

धरान÷संस्थागत तथा दलालहरुबाट धरानको वृहत्तर हित विपरीत हुने कार्यको विरोध र कानुनी रुपले रोकथाम गर्दे आएको जनसरोकार मञ्च धरानको पहलमा जलाधार संरक्षणमा चासो व्यक्त गर्दै गत विहीबार विज्ञ समूहले यहाँ स्थलगत अध्ययन गरेको छ ।
भू तथा जलाधार संरक्षण विभागका उप–सचिव राजु सापकोटाको नेतृत्वमा आएको टोलीले धरानको जलाधार क्षेत्रको विस्तुत अवलोकन पश्चात उक्त क्षेत्र सरक्षणमा जोड दिएको छ । जनसरोकार मञ्चको केन्द्रीय कार्यालयमा आयोजित छलफलमा मञ्चका तर्फबाट भू माफियाहरुलाई जलाधार क्षेत्रको जग्गा प्लटिङ्ग गर्ने, किनबेच गर्ने लगायतका गतिविधि गरिरहेको त्यसको संरक्षणमा जोड दिन टोलीसमक्ष आग्रह गरेका थिए ।
वि.सं. २०३५ सालमै धरानको खानेपानीको मुख्य स्रोतको रुपमा रहेको जलाधार क्षेत्रका बासिन्दालाई मोरङ्गको सुन्दरपुर, पथरी लगायतका स्थानमा सट्टा भर्ना दिएर खाली गराइए तापनि पछिल्लो समय दलालहरुले तत्कालीन अवस्थामा जिल्ला मालपोत कार्यालय सुनसरीले लगत कट्टा नगरिदिएको हुँदा त्यसैका फाइदा उठाउँदै मुआब्जा पाइसकेका जग्गा धनीबाट खरिद गरी चलखेल गरिरहेका छन् । जनसरोकार मञ्चको व्रिफिङ्गपश्चात विभागबाट आएको टोली मञ्चका पदाधिकारीसँगै जलाधार क्षेत्र पुगेको थियो । टोलीमा वन अनुसन्धान संरक्षण विभाग उप निर्देशक राजेन्द्र केसी, ललितपुर इन्जिनियरिङ्ग कलेजका प्रोफेसर डा. हरिकृष्ण श्रेष्ठ, भू–संरक्षण विभाग उदयपुरका बद्रीराज ढुंगाना, वन तथा जालाधार संरक्षण विभागका प्रेमप्रसाद पौड्याल, प्रवीणकुमार सिंह, वन तथा जलाधार संरक्षण विभागका महानिर्देशक विजयराज पौड्याल रहेका थिए ।

तपाईको प्रतिक्रिया