भ्रष्ट निगम प्रमुखमाथि कारबाही खोइ ?

विराटनगर÷पूर्वाञ्चलमा यतिबेला पेट्रोलियम पदार्थको हाहाकार मच्चिएको छ । सुनसरी, मोरङ्ग, झापा, सप्तरी र पहाडी क्षेत्रमा भएका पेट्रोल पम्पहरुमा डिजल, पेट्रोल छैन भनेर घुम्टो ओढाइएको छ ।
भारतको बरौनीबाट नियमित रुपमा डिजल, पेट्रोल आइरहे तापनि अभावको
परिस्थिति सिर्जना गर्ने काम स्वयम् निगमका क्षेत्रीय प्रमुख दिनेश यादवले गरेको व्यवसायीहरुले आरोप लगाएका छन् । पेट्रोलियम डिलर्स एसोसिएसनका एक केन्द्रीय सदस्यले आक्रोस पोख्दै भने यस्तो निकम्बा र नालायक कार्यालय प्रमुख आजसम्मै निगममा आएका थिएनन् ।
उनले भने पालो मिचेर केही पम्प सञ्चालहकहरुलाई मोटो रकम घुस लिएर तेल दिन्छन् । जसले अतिरिक्त रकम दिन सक्दैन उसले पालोमा तेल नै पाउँदैन । दैनिक आयल निगमबाट डिजल, पेट्रोल वितरण भए तापनि तेल पाउने पम्पले तेल वितरण गर्दैनन् । आयल निगमका क्षेत्रीय कार्यालय विराटनगरकै अर्का कर्मचारीले भने सबै काम यहाँ विगत ६ महिना यता सेटिङ्गमै भइरहेको छ । कसैले मासिक ४÷५ सय केल पनि पाउँछन् कसैले एकै थोपा पनि पाउँदैनन् । कुरा मिलाएर बुझ्नुस् न ती कर्मचारीले मुस्कुराउँदै भने ।
नेपाल पेट्रोलियम डिलर एसोसिएसन कोशीका एक सदस्यले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने निगम प्रमुख यादव र केही व्यसायीको भित्री सेटिङ्गकै कारण डिजल, पेट्रोल भारततर्फ तस्करी भइरहेको छ । नेपालमा भन्दा भारतमा डिजल २४ रुपैया र पेट्रोल १५ रुपैया महँगो छ । भारतले नेपाललाई सहुलियत दरमा पेट्रोल, डिजल, मट्टितेल, हवाई इन्धन उपलब्ध गराउँदै आएको छ । सीमावर्ती नाकाहरुबाट पुनः भारतकै सीमावर्ती बजारमा यहाँको डिजल, पेट्रोल तस्करी भइरहेको छ, उनले भने । झण्डै १५ दिन यता पेट्रोलियम पदार्थको चरम अभाव भएपछि सञ्चारकर्मीहरुको चासो बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङ्गले सोमबार स्थानीय पम्पहरुमा निगरानी बढाएको छ । प्रशासनले निगरानी बढाउदै
विवरण माग गरेपछि मोरङ्गका केही पम्पहरुले सोबार केही समय डिजल, पेट्रोल वितरण गरेका थिए ।
नेपाल आयल निगम वितरण शाखाका अनुसार विहीबार र शुक्रबार ३० लाख लिटर डिजल र आइतबार ३ लाख ५० हजार लिटर इन्धन वितरण गरेको जनकारी गराइए पनि बजारमा इन्धनको चरम अभाव कायमै छ । विराटनगरका एक व्यवसायीले भने सहज अवस्थामा पनि इन्धनको चरम अभाव देखिुनमा कार्यालय प्रमुख यादव नै मुख्य दोषी देखिन्छन् । माथिसम्म पैसा पु¥याउनु पर्छ भनेर व्यवसायीसँग हाक्काहाक्की रकम मागेपछि व्यवसायीले इन्धन तस्करी नगरेर कसरी वितरण गर्न सक्छन् ।

तपाईको प्रतिक्रिया