स्ववियु निर्वाचन ः नेविसंघ अगाडि

धरान÷विगत दश बर्ष यता त्रिभुवन विश्वविद्यालय अन्तर्गतक ६० वटा आंगिक क्यामपसहरुमा आज एकैदिन निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक भए तापनि विद्यार्थी संगठनबीचको आपसी विवादका कारण मुलुकभरि २२ वटा क्याम्पका मात्र निर्वाचन हुदै छ ।
स्ववियु निर्वाचनका कारण सुस्ताएको राजनैतिक वातावरणमा चहलपहल बढेको छ । दलसँग आवद्ध विद्यार्थी संगठनहरु स्थानीय तथा जिल्ला नेतृत्वको सहयोग, निर्देशनले क्याम्पसको आगामी नेतृत्व लिन सक्रिय भएर लागेका छन् । त्रिभुवन विश्व विद्यालयका ६० वटा आंगीक क्याम्पसहरुमध्ये आइतबारसम्म २२ वटा क्याम्पसमा मनोनयन दर्ता भएको छ भने सोमबार मतदाता विद्यार्थी र उमेदवारको अन्तिम नामावली प्रकाशित गरिएको छ ।
शैक्षिक हवको रुपमा रहेको धरानस्थित चारवटा आंगीक क्याम्पमध्ये तीन वटामा उमेद्वार र मतदाता विद्यार्थीको अन्तिम नामावली प्रकाशित भएको छ भने एउटामा विवादका कारण स्थगित भएको छ । स्ववियु निर्वाचनमा यसपटक धरानमा नेपाल विद्यार्थी संघले आफनो वर्चश्व कायम गर्ने अनुमान राजनैतिक वृत्तमा गरिदैछ । विगतमा अनेस्ववियुले आफ्नो पकड जमाउदै आएको सबैभन्दा बढी विद्यार्थी संख्या रहको महेन्द्र वहुमुखी क्याम्पबाट
अनेरास्ववियुले हात धुने स्वन्त्र विद्यार्थीहरु बताउँछन् । उक्त क्यामपसमा १ हजार २ सय ९२ जना मतदाता विद्यार्थीहरु रहेका छन् ।
नेपाल विद्यार्थी संघका तर्फबाट प्रभावशाली विद्यार्थी नेता टकेन्द्र राईले सभापतिमा उमेद्वारी दिनुभएको छ । यसैगरी सचिवमा दोर्जी सेर्पा, कोषाध्यक्षमा लक्ष्मी सम्हाम्फेले मनोनयन दर्ता गर्नुभएको छ भने सदयहरुमा कुन्दन अधिकारी, निशा राई, रेवत लिम्बु, प्रभात राई, मानकुमार श्रेष्ठ र डिल्ली पोख्रेल रहनु भएको छ । १९ जनाको कार्यसमिति रहने महेन्द्र वहुमुखी क्याम्पसमा ९ जना समनुपातिक र १० जना प्रत्यक्षबाट निर्वाचित हुने भएका छन् । उता धरानको सबैभन्दा बढी विद्यार्थी संख्या भएको पूर्वाञ्चल इन्जिनियरिङ्ग क्याम्पसमा नेविसंघले आफनो वर्चश्व पुनः कायम गर्ने देखिएको छ । १ हजार २ सय ७० मतदाता रहको इन्जिनियरिङ्ग क्याम्पसमा नेविसंघका तर्फबाट सञ्जय यादवले सभापतिमा उमेद्वारी दिनुभएको छ भने सचिवमा प्रवीण काफ्ले, कोषाध्यक्षमा सरोज अधिकारीले उमेद्वारी दिनुभएको छ । १४ जना समानुपातिक र ७ जना प्रत्यक्षबाट निर्वाचित हुने उक्त क्याम्पसमा नेविसंघका तर्फबाट सदस्यमा एलिना राई माझी, सचिन्द्र यादव, अभिषेक भट्टराई, सुमनजंग साह, श्रेयसेन थापा, पवन पाण्डे र नवनित तिवारीले उमेद्वारी दिनुभएको छ । यहाँ रोचक कुरा के छ भने माओवादी केन्द्र निकट क्रान्तिकारी विद्यार्थी संगठनले संघीय समाजवादी फोरमसँग मिलेर
कृष्णराज न्यौपाने र एमाले विद्यार्थी संगठन अनेरास्ववियुले मधेशी जनअधिकार फोरम लोकतान्त्रिकसँग मिलेर अनुभव पोख्रेललाई सभापतिको उमेद्वार बनाएको छ ।
उता केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा नेपाल विद्यार्थी संघका तर्फबाट निशाल भुजलेले उमेद्वारी दिनुभएको छ । ५ सय १४ मतदाता रहेको केन्द्रीय प्रविधि क्याम्पसमा नेपाल विद्यार्थी संघ र राप्रपा विद्यार्थी संघबीचमा एलाइन्स भएको सभापतिका प्रत्यासी निशान भुजलले जानकारी दिनुभयो । राप्रपा विद्यार्थी संघलाई समानुपातिकमा १ र प्रत्यक्षमा एक सदस्य दिने सहमति पश्चात दुवै विद्यार्थी संगठन बीचमा चुनावी तालमेल बनेको भुजेलले बताउनुभयो । उक्त क्याम्पसमा प्रत्यक्ष ५ र समानुपातिक ७ सहित १५ जनाको लागि निर्वाचन हुने भएको छ । धरानका ४ मध्ये तीनवटा क्याम्पसमा निर्वाचन हुने सुनिश्चित भएपनि पिण्डेश्वर क्याम्पसमा भने निर्वाचन नहुने स्पष्ट भएको छ । उक्त क्याम्पसमा क्रान्तिकारी विद्यार्थी र नेपाल विद्यार्थी संघले संयुक्त प्यानल बनाई निर्वाचनमा उमेद्वारी दिन संयुक्त विद्यार्थी मञ्च निर्माण गरी मनोनयन दर्ता गरेपछि एमाले निकट विद्यार्थी संगठन अनेश्ववियुले त्यसप्रति असहमति जनाएको थियो । संगठन नै दर्ता नभएको विद्यार्थीसँग संगठनले निर्वाचन लडन नपाउने भन्दै उसले अडान लिएपछि आइतबार निर्वाचन आयुक्तबाट सम्पूर्ण कागजात खोसेर विद्यार्थीहरुले जलाइ दिएका थिए । समस्या समधानका लागि सोमबार विद्यार्थी संगठन, क्याम्पस प्रशासनलगायतका बिचमा वार्ता भएपनि त्यसले ठोस निर्णय गर्न सकेन ।

तपाईको प्रतिक्रिया