तीनबुदे सहमतिपश्चात आफन्तले शव बुझे

धरान÷ लापारबाही ढंगले विरामीको ज्यान लिएको भन्दै तोडफोडमा उत्रिएका अफान्त र अस्पताल प्रशासनबीच े तीन बुदे सहमति गरेको छ ।
धरान १७ का ३१ बर्षीय अमित जोशीलाई विजयपुर अस्पतालले शल्यक्रियाका क्रममा लापारबाही गरेको र सोही कारणले उनको मृत्यु भएको भन्दै तोडफोडमा उत्रिएका आफन्त र अस्पताल प्रशासनबीच भएको वार्तामा छानबिन समिति गठन गर्ने, छानबिन पश्चात दोषी देखिए कारबाही गर्ने र अस्पतालले जोशीको मृत्युमा दुःख व्यक्त गर्ने सहमति भएको
छ ।
सहमतिपश्चात आफन्तले शव बुझेका छन । जोशीलाई हस्पिटलका चिकित्सकले शल्यक्रिया गर्ने क्रममा लापारबाही गरेको कारण मृत्यु भएको भन्दै आक्रोसित परिवार तथा स्थानीयहरुले हस्पिटलका सम्पूर्ण भागका सीसा तोडफोड गर्नुका साथै शल्यक्रियामा संलग्न चिकित्सक तथा हस्पिटललाई
कारबाहीको दायरामा ल्याउनुपर्ने माग राखी आन्दोलनका उत्रिएका थिए ।
आन्दोलनका क्रममा आक्रोसित आफन्तहरुले विजयपुर अस्पतालको भवनका सीसा फुटाएका थिए । तानव बढ्दै गएपछि स्थिति नियन्त्रणका लागि जनपथ प्रहरी, सशस्त्र प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएका थिए ।

तपाईको प्रतिक्रिया