विराटनगर÷जसरी हुन्छ रकम असुल्नुपर्छ भन्ने मानसिकता बोकेका, विवादास्पद, पेट्रोलियम व्यवसायीहरुसँग अतिरिक्त रकम असुल नगरी लोड नदिने नेपाल आयल निगम क्षेत्रीय कार्यालयका प्रमुख दिनेश यादवका कारण केही दिन यता पूर्वाञ्चलमा पेट्रोलियम पदार्थको हाहाकार मच्चिएको छ ।
यादव व्यवसायी अर्थात पेट्रोलियम डिलर्ससँग मात्र रकम असुल्दैनन् आफ्नै कार्यालयका कर्मचारीहरुसँग समेत माथि बुझाउनुपर्छ भनेर रकम असुल्ने गरेको एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताए ।
उनका अनुसार आयल निगममा काम गरेको झण्डै २० बर्ष भयो तर यस प्रकारको कार्यालय प्रमुख आजसम्म देखेको थिइन । कार्यालयका कुनैपनि कर्मचारीसँग उनको राम्रो सम्बन्ध छैन । अनियमितता र घुसखोरीकै आरोपमा नेपाल आयल निगम केन्द्रीय कार्यालयले निजलाई २२ दिनसम्म सस्पेन गरेको थियो । तर पुनः उनी विराटनगर नै फर्किएर आएका छन् । यादवकै भनाई उल्लेख गदै अर्का एक कर्मचारीले भने नेपाल आयल निगमका केन्द्रीय निर्देशक गोपाल खड्का, आपूर्ति सचिव, प्रहरी, प्रशासन सबैलाई ख्वाउनुपर्छ ।
डिलर एसोसिएसनका एक केन्द्रीय सदस्यका अनुसार क्षेत्रीय निर्देशक यादवलाई रकम नदिने हो भने तेलको लोडै दिँदैनन् । जसले बढी रकम ख्वाउछ त्यलाई पालो चाहिँदैन । जुनुुकै लटको लोड हुँदा पनि उसले तेल पाउँछ । उनका अनुसार यतिमात्र हैन भारतको वरौनीबाट लोड लिएर आएका ट्यांकरहरु नियमत निगमको डिपोमा अनलोड गर्नुपर्छ । तर यादव त्यसो गर्दैनन् सिधै डिलरकोमा पठाउँछन् । वरौनी देखि विराटनगर सम्म आइपुग्दा ट्यांकर चालकहरुले एक दुई सय लिटर बाटैमा बेच्छन् । यादव ती ट्यांकर चालकहरुबाट समेत कमिशन खान्छन् ती सदस्यले भने पूर्वाञ्चलका व्यवसायीहरुसँग मासिक डेढ करोडदेखि दुई करोडसम्म रकम असुल्छन् । मैले माथि सम्म
रकम पु¥याउनुपर्छ अनि यहाँबाट नअुलेर घरबाट निकाल्नु भन्ने गरेको समेत उनले बताए ।
पूर्वाञ्चल पेट्रोलियम डिलर एसोसिएसनका एक सदस्यले समेत आफ्नो नाम उल्लेख नगरिदिने सर्तमा भने जसले बढी रकम दिन्छ त्यसले तेल पाउन पालो पर्खनै पर्दैन । क्षेत्रीय निर्देशक दिनेश यादव सिधै रकम माग्छन् कि कर्मचारीमर्फत व्यवसायीसँग रकम असुल्छन् त भन्ने जिज्ञासामा उनले भने अन्य कर्मचारीले व्यवसायीबाट रकम माग्दैनन् । कसैले राजीखुशी भएर केही दिए भने वेग्लै हो तर निदेशक यादव आफै बार्गेनिङ्ग गर्छन् । उनले भने नेपाल आयल निगममा केन्द्रीय कार्यालयका पदाधिकारी एवम् कर्मचारीहरु हामी चोखा छौ भन्छन् तर क्षेत्रीय निर्देशक दिनेश यादव हाक्काहाक्की उनीहरुकै नाममा रकम उठाइरहेका छन् । उनले थपे यतिमात्र हैन पेट्रोलियम डिलरलाई दिएको तेल समेत कम परिणाममा हुने गरेको छ ।
अर्का एक पेट्रोलियम व्यवसायीले आक्रोस पोख्दै भने पम्पहरुलाई भन्दा पनि ठेकेदारहरुलाई यादव तेल दिने गर्छन । सुनिल विडलालाई मासिक ४÷५ सय केल तेल दिन्छन तर अरु पम्पलाई तेल नै दिँदैनन् । विडलाबाट राम्रो नजराना पाउने भएकैले यादवले यसो गरेको उनले बताए । आज पूर्वाञ्चलमा करोडौ लगानी गरेर पम्प सञ्चालन गर्नेहरु यादवको घुसखोरी प्रवृत्तिकै कारण हतोत्साहित भएका छन् । झण्डै एक हप्तादेखि पूर्वाञ्चलका पेट्रोलियम डिलरहरु घुसखोरी प्रवृत्तिकै कारण हतोत्साहित भएका छन् । झण्डै एक हप्तादेखि पूर्वाञ्चलका पे«ोलियम व्यवसायीले लोड पाएका छैनन् । यस्तो भयावह अवस्थामा यादव शुक्रबार बुटवल गए । आइतबार पहिलो लटमा ट्यांकरलाई लोड दिने भएपछि भौचर बुझाउन लाइनमा लागेका एक ट्याकरका खलासीलाई कर्मचारी
भरत मण्डलले दुव्र्यवहार गरेपछि सोमबार समेत सबैै ट्यांकर चालक पुनःआन्दोलनमा उत्रिए । कञ्चनबारी प्रहरी चौकीका असई दिनेश अधिकारीले भने नेपाल आयल निगममा विगत ६ महिना देखि यस्तै हुँदैछ । निगमको क्षेत्रीय प्रमुख जस्तो मान्छेले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर अप्ठेरो स्थितिलाई सहज बनाउनुपर्नेमा त्यसो गरेको देखिएन । पूर्वाञ्चल ढुवानी व्यवसायी संघका अध्यक्ष गुणराज निरौला भन्नुहुन्छ, नेपाल आयल निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा यादव आएको ६ महिना
भयो । तर परिस्थिति कहिल्यै सहज
भएन । आइतबार मात्र १ सय ३० गाडी अर्थात २६ सय केल तेल आयो तर उक्त तेल व्यवसायीहरु कसैले पाएका छैनन् ।
यसै सम्बन्धमा हामीले क्षेत्रय प्रमुख यादवसँग सम्पर्क राख्न बारम्बार प्रयास गर्दा पनि सम्पर्क हुन सकेन । कहिले मोवाइलमा सम्पर्क गर्दा हेलो हेलो मात्र भनेर राख्ने त कहिले कार्यालयम भेट्न जाँदा स्टाफ मिटिङ्गमा हुनुहुन्छ भन्न लगाउने निजको चरित्रले समेत घुस्याहा यादवले यवसायीहरुलाई मात्र हैन हरेक क्षेत्रलाई प्रभावित बनाएको देखियो ।
