पर्यटन प्रवद्र्धनका लागि पिण्डेश्वर अष्टादश महापुराण ज्ञान महायज्ञको आयोजना भएको हो

यही फागुन १७ देखि चैत्र ६ गतेसम्म विश्व हिन्दु परिषद नेपालको आयोजनामा धरानमा पिण्डेश्वर अष्टादश महापुराण ज्ञान महायज्ञमा नेपालका ७५ वटै जिल्लाहरुबाट विद्वत वर्ग, भक्तजनहरु धरान आउने भएका छन् ।
यतिमात्र हैन अस्टादश महाज्ञान पुराणको आयोजना धरानमा हुने थाहा पाएपछि भारत, भुटान, बर्मा लगायतका देशका ॐकार परिवारका विद्वानहरु समेत धरानमा आउने भएका छन् । पिण्डेश्वर अष्टादश महापुराण ज्ञान महायज्ञ मुल समारोह समितिका संयोजक राजेन्द्र साह रहनु भएको छ । सुनसरी उद्योग वाणिज्य संघ, धरानका अध्यक्ष समेत रहनु भएका साह यतिबेला अहोरात्र तयारीमा जुट्नु भएको छ । कार्यक्रम स्थल सजाउने, धरानका विभिन्न स्थानमा आगन्तुकहरुका लागि स्वागतद्वार बनाउने, आगन्तुकहरुको उचित बास र खानपिनको प्रवन्ध मिलाउने लगायतका व्यवस्था तिब्र गतिमा भइरहेको छ ।
अष्टादश महापुराण ज्ञान महायज्ञ धरानमा आयोजना गर्नुको प्रमुख उद्देश्य पर्यटनको प्रचुर सम्भवना बोकेको धरानलाई देश र देशबाहिर चिनाउनु नै रहेको भन्नुहुने साहसँग यस पटक हामीले यहायज्ञको उद्देश्य, तयारी, स्रोत साधनको उपलब्धता, व्यवस्थापन आदिका बारेमा साक्षात्कार गरेका छौं । प्रस्तुत छन् साहसँग
गरिएका साक्षात्कारको सार संक्षेप ः

द्दतपाई पिण्डेश्वर अष्टादश महापुराण ज्ञान महायज्ञ आयोजक मुल समारोह समितिको सयंोजक भएर काम गर्दै हुनुहुन्छ । ज्ञान महायज्ञ आयोजना गर्नुको मुल उद्देश्य के हो ?
–यस प्रकारको महापुरण धरानमा मात्र नभएर नेपाल अधिराज्यमै पहिलो पटक आयोजना हुन लागेको छ । यो
धरानको मात्र हैन सम्पूर्ण नेपाली र सम्पूर्ण ॐकार परिवारको हो । १८ पुराण अहिलेसम्म एकै साथ अन्यत्र कही पनि भएको छैन । एकैसाथ २१ दिनसम्म लगातार यसरी कही पनि आयोजना भएकै छैन १७ गते कलश यात्रापछि कार्यक्रम शुरु हुनेछ ।
द्दधरानमा अष्टादश महापुराण ज्ञान महायज्ञ लगाउनुपर्छ भन्ने सोच तपाईहरुमा कहाँबाट आयो ?
–हामीले एक बर्ष अगाडि नै यस प्रकारको सोच बनाएका थियौं । कार्यक्रम राम्ररी सफल भएर केही स्रोत संकलन भएमा हामीले विश्वकै सबैभन्दा अग्लो त्रिशुल पिण्डेश्वरमा राख्ने योजना बनाएका छौ ।
द्दत्यो त्रिशुल कत्रो हुन्छ ?
–अब त्यसको लागि प्रारम्भिक अध्ययन गर्दैछ पुरातात्विक विभागले । एक चरण अध्ययन गरिसकेको छ । दोस्रो चरणका लागि धनकुटाबाट आएर अध्ययन शुरु गर्दैछ । हामीले पिण्डेश्वर धाममा स्थापना गर्ने त्रिशुल ९० फिट उचाईको हुनेछ । हालसम्म नेपालमा ५५ फुटसम्मको त्रिशुल स्थापना भइसकेको छ । यो चाहिँ अत्यन्तै ठूलो भएकोले त्यसलाई कति गहिराईसम्म राख्ने भनेर पनि अध्ययन हुनु जरुरी छ ।
द्दत्रिशुल के को हुने छ ?
–त्यो अष्ट धातुको त्रिशुल हुनेछ । जसमा तामा, पित्तल, चाँदी लगायतको समिश्रण रहन्छ । हालसम्म कसैले पित्तलको, कसैले पिल्लरको, कसैले पाइपको त्रिशुल बनाएका छन् । तर हामीले बनाउन लागेको जस्तो अष्टधातुको यति ठूलो आकारको त्रिशुल कहीँ पनि बनेको छैन ।
द्दत्यो त्रिशुलको लागत कतिको हुन्छ त ? यदि यहाँबाट रकम संकलन भएन भने त्यो बन्दैन ?
–बन्छ । यो कार्यक्रम सफल बनाउन सवै क्षेत्रबाट सहयोग प्राप्तत भइरहेको छ । गृहमन्त्रालयको पूर्ण समर्थन हामीलाई छ । साथै त्यो त्रिशुल निर्माण गर्न १
करोड हाराहारी लाग्छ ।
द्दतपाईहरुको अपेक्षा के छ ? यस महायज्ञबाट कति रकम संकलन होला ?
–हामीले मोटामोटी एक करोड भन्दा बढी संकलन गर्न सक्छौ कि भन्ने छ । कसैले त्रिशुल ६ करोडमा तयार हुन्छ भन्छन्, कसैले ८ करोड भन्छन् तर हामी त्यो त्रिुशल एकरोड भन्दा केही बढीमा बनाउन सक्छौं भन्ने छ । साथै त्यो त्रिशुलको वजन १०टन भन्दा बढीको
हुन्छ ।
द्दमहायज्ञमा नेपालबाट मात्र कि बाहिरबाट पनि मानिस आउँछन् ?
–बाहिरबाट पनि आउँछन् । भारत, बंगलादेश, बर्मा, श्रीलंका, भुटान लगायतका देशबाट ॐकार परिवार सबै आउँछन् । ती देशका सम्बन्धित धार्मिक संस्थामा हाम्रो निम्तो पुगिसकेको छ । भारतबाट पाइलट बाबा, बम्बैको कालवावा आउँदै हुनुहुन्छ । यसैगरी रामदेवलाई हामीले आमन्त्रण गरेका छौं । पूर्व
राष्ट्रपति, गृहमन्त्री प्रकानमन्त्री सबैलाई निम्तो पुगिसकेको छ । हामीलाई सुन्नमा आएसम्म सबैजना यो महायज्ञमा आउने तयारीमा हुनुहुन्छ ।
द्दमहायज्ञको तयारी कसरी गर्दै हुनुहुन्छ ?
–हामीले एक बर्ष देखि नै
तयारी आरम्भ गरेका हौं । यसका लागि इच्छुक दाताहरु धेरै आइसक्नु भएको छ । कोही पानीको व्यवस्था, केही चामल, कोही सब्जी, कोही चाँदी दिन्छन्, कोही किताब छाप्न पैसा सहयोग गरिरहेका छन् । यसमा सम्पूर्ण धरानबासी र अन्यत्रका मानिसहरु नै लागेका छन् ।
द्दआर्थिक स्रोतचाहिँ कसरी संकलन गर्दै हुनुहुन्छ ?
–घरघरमा गएर कार्यक्रमको बारेमा जानकारी गराएका छौं । उहाँहरुले पनि आफ्नो क्षमता अनुसार सहयोग गरिरहनु भएको छ । अन्यत्रबाट पनि हामी पनि सहयाग गछौै भनेर
आइरहनु भएको छ ।
द्दतयारीको पूर्व सन्ध्यामा आइपुग्दा कति रकम संकलन भयो त ?
–अहिलेसम्म मोटामोटी २५ लाख संकलन भइसकेको छ ।
द्दकतिजति खर्चको अनुमान गनुृभएको छ ?
–यसमा मोटामोटी ७५÷८० लाख खर्च हुन्छ ।
द्द८० लाख खर्च गरेर तपाईहरुले एक करोड संकलन गर्दा २० लाख मात्र आएको देखियो हैन र ?
–नाफा गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागेको होइन । कार्यक्रम शुरु भएपछि आगन्तुकहरु, दाताहरु खाली हात जानुहुन्न । यो एउटा पुण्य कामका लागि कोही पछाडि सर्दैनन् । आजैेमात्र कैलाली जिल्लाबाट २० वटा बस १७ गतेको लागि बुक भइसकेको सुन्नमा आएको छ । यसैगरी अन्यत्रबाट आउनेहरुले अग्रिम सवारी साधन यहाँ आउन बुक गरिदै छ रे ।
द्दमहायज्ञमा अरु के के हुन्छ
त ?
–धर्मो विश्वास जगत प्रतिष्ठा अर्थात धर्म नै विश्व जगतको प्रतिष्ठा हो । यसमा कसैले विमति राख्दैन । सम्पूर्ण धर्मको मुल वेद हो । वेद चारवटा छन्, ऋगवेद, यजुर वेद, सामवेद, अथर्ववेद । वेदा प्रतिष्ठा सै पुराण स्वेव सर्वदा अर्थात वेदहरु पुराणमै प्रतिष्ठित छन् । इतिहास र पुराणको ज्ञान लिन वेद ज्ञान लिनु आवश्यक छ । यसैले महायज्ञमा मार्कण्डेय, मत्स्य, भागवत, भविष्य, ब्रम्हा, ब्रम्हाण्ड, व्रम्हवैश्वयं, विष्णु, बराह, बामन, शिव, अग्नी,
नारदिय, पदम, लिङ्गग, गरुढ, कर्म, स्कन्द छन् । यी सबै पुराण २१ दिनसम्म यहाँ वाचन हुन्छ ।

तपाईको प्रतिक्रिया