नेकपा माओवादी केन्द्र धरानद्धारा रक्तदान कार्यक्रम सम्पन्न

२२ औ जनयुद्ध दिवसको अवसर पारेर नेकपा माओवादि केन्द्र धरान उपमहानगर समितिले सोमबार धरानको भानुचोकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
विगत वर्षहरुमा झै यस वर्ष पनि रक्तदान नै जिवनदान हो भन्ने भावनाका साथ जनयुद्ध शुरुभएको दिनको सम्झनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको माओवादी केन्द्रका धरान नगर संयोजक फोक्वाहाङ मेन्याङ्बो चोत्लुङले जानकारी दिए ।
धरानको मुख्य चोकमा रहेको लोकतान्त्रिक चौतारीमा आयोजना गरिएको कार्यक्रममा एक सय तीन जनाले रक्तदान गरेको कार्यक्रम ब्यवस्थापन समितिका संयोजक रमेश राईले बताए ।
कार्यक्रममा ने.क.पा.(माओवादी केन्द्र)का पोलिट ब्युरो सदस्य क.मुक्साम हाङ मेन्याङबो (मुकेश)ले महान जनयुद्धकै कारण नेपालमा निरङ्कुश राजतन्त्रको अन्त्य भई संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना हुनु महान जनयुद्धको एउटा ठुलो उपलब्धि भएको बताए ।
उनले नेपालको ईतिहासमा महान जनयुद्ध शुरु भएको ऐतिहासिक दिन भएको हुनाले यसलाई दिवसका रुपमा मनाउन गरेको उल्लेख गरे ।
कार्यक्रममा जिल्ला ईन्चार्ज क.राम कुमारी चौधरी(रोजीना),जिल्ला संयोजक सरस्वती पोखरेल (सारदा) लगायत केन्द्रिय नेता तथा कार्यकर्ताहरुको उपस्थिती
रहेको थियो । २०५२ साल फागुन १ गते तात्कालिन नेकपा माओवादिले निरङ्कुश राजतन्त्रको अन्त्य गर्ने भन्दै महान जनयुद्धको शुरुवात गरेको थियो ।

तपाईको प्रतिक्रिया