बुढासुब्बा गोल्डकपको १९ औं संस्करको तयारी पूरा

मोफसलकै चर्चित अन्तारिष्ट्रय आमन्त्रण फुटबल प्रतियोगिता रेडबुल बुढासुब्बा गोल्डकपको १९ औ संस्करण बिहिबार देखी धरानमा सुरु हुदैछ ।

दुइ विदशी सहित १० टिमको सहभागितमा धरान स्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा विहीबारदेखि अन्तराष्ट्रिय आमान्त्रण रेडबुल बुढासुब्बा गोल्ड कप सुरु हुने भएको हो । विहिबार सुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक धरान फुटबल क्लवले जनाएको छ । प्रतियोगिताका लागी प्याराफिट निमार्ण, स्टेज निमार्ण तथा खेलमैदानको मर्मत लगाएतमा सम्पुर्ण तयारी पुरा भएको क्लवका अध्यक्ष किशोर राईले जनकारी दिनु भयो । उहाले विभिन्न क्लवमा आवद्ध राष्ट्रिय खेलाडीहरु क्लोज क्पाममा भए पनि गोल्डकपमा भने उनीहरुको खेल कौशलता हेर्न पाइने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगितामा भाइसेन भुटियाको क्लव युनाइटेड सिक्कीम एफसी भारत , दुर्गापुर स्टील कलकत्ता भारत सगै विभागिय टिम शसस्त्रको एपीएफ र नेपाल पुलिस क्लव , काठमाडौको संकटा क्लव , झापा –११का खेलाडी संमेलित काकारभिट्टा ट्रनिकङ सेन्टर झापा , रुपन्देही ११, पोखरा र आयोजकका २ टिमको सहभागीता रहने अखिल नेपाल फुटवल संघ एन्फाका केन्द्रिय उपाध्यक्ष समेत रहेका आयोजक धरान फुटबल क्लवका अध्यक्ष राईले वताउनुयो । फागुन १४ गते सम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा पाहुना टोली दुर्गापुर स्टील कलकत्ता भारत र संकटा क्लव काडमाडौ आमन्ने समुन्ने हुदैछन् । प्रतियोगिताका लागी ५ हजार क्षमताको प्याराफिट निर्माण गरिएको आयोजकले जनाएको छ ।

विजेताले नगद ५ लाख रुपैयासहित ट्रफी पाउने छन् । त्यस्तै उपविजेताले नगद ४ लाख रुपैया प्राप्त गर्ने छन् भने रहेक म्यान अफ दि म्याच खेलाडीले नगद ५ हजार रुपैयासहित आर्कषक उपहार प्राप्त गर्ने छन् । त्यस्तै व्यत्तिगत पुरस्कार तर्फ भने हाइस्कोरर नगद २५ हजार पाउने छन् भने उत्कृष्ट कोच उत्कृष्ट स्ट्याकर उत्कृष्ट मिडफिल्ड र उत्कृष्ट डिफेन्ड ले नगद १५ हजार पाउने छन् । हाइस्कोर वाहेक का अन्य शिर्षकको पुरस्कार राशीमा समेत नगद ३ हजार बृद्धि गरिएको तथा उत्कृष्ट खेलाडी लाई यमाहाको सेलुटो मोटर साइकल प्रदान गरिने क्लवका महासचिव प्रताप तामाङले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया