धरान, ४ फागुन ःनवौ राष्ट्रिय खाद्य स्वच्छता दिवसको अवसरमा आज धरानमा सचेतनात्मक ¥याली निकालिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको आयोजनामा धरान, इटहरी र विराटनगरका ५ क्याम्पसका विद्यार्थीहरुले विभिन्न सचेतनात्मक ¥यालीसंगै पर्चा समेत वितरण गरेका थिए । ¥यालीमा केन्द्रीय क्याम्पस हात्तीसार, सुनसरी टेक्निकल कलेज, नाष्ट कलेज, इटहरीको निलगिरी कलेज र विराट मल्टीपल कलेजलका २ सय भन्द बढी विद्यार्थीहरुले ¥यालीमा भाग लिएका थिए
धरान १४ केन्द्रीय प्रविधि क्याम्पसको प्रांगरणबाट निकालिएको ¥याली धरानको भानुचौकमा आएर टुंगिएको थियो । सो अवसरमा स्वच्छ तथा गुणस्तरीय खानाको प्रयोग, म्याद गुज्रिएका बस्तु प्रयोग नगर्न र खाानपानमा ध्यान दिन सर्वसाधारणलाई अनुरोध गरिएको थियो ।
