धरान÷राजधानी बाहिर पूर्वाञ्चलमै पहिलो पटक निजी क्षेत्रबाट सञ्चालित यहाँ स्थित विजयपुर हस्पिटलमा प्लाष्टिक
सर्जरी शुरु हुने भएको छ ।
परीक्षणको रुपमा एक हप्ता अगाडि आधा दर्जन व्यक्तिहरुको प्लाष्टिक सर्जरी भएपनि नियमित रुपमा यही फागुन १३ गतेदेखि हुने अस्पताल निर्देशक प्रभाव खतिवडाले जानकारी दिनुभयो ।
नेपालमै धरानलाई फेशनेबल सहरको रुपमा लिइन्छ । प्लाष्टिक
सर्जरीकै लागि अधिकांश धरानेहरु राजधानीमात्र नभएर थाइल्याण्ड सम्म पुग्ने गरेको वास्तविकतालाई ध्यानमा राखेर हस्पिटलले प्लाष्टिक सर्जरी शुरु गरेको निर्देशक खतिवडाको कथन छ । विजयपुर हस्पिटलमै प्लाष्टिक सर्जरी शुरु हुने जानकारी पाएकाहरु यतिबेला विजयपुर हस्पिटलमा अग्रिम नाम लेखाउनेहरुको भीड लाग्न थालेको छ । अधिकांश महिलाहरु नै आफूलाई आकर्षक देखाउन प्लाष्टिक सर्जरी गर्न लालायित देखिएको निर्देशक खतिवडाको कथन छ ।
गालामा दुवैतर्फ आकर्षक डिम्पल बनाउने, मंगोलियन आँखालाई ठूलो अर्थात आर्यन बनाउने, थेप्चे नाकलाई लाम्चो बनाउने, लाम्चो नाकलाई थेप्चो बनाउने, चाउरिएको अनुहारलाई
भरिलो बनाउने, आफूखुशी आकर्षक ओठ बनाउने, कान मिलाउने सिलिकन इनप्लान्टको सहयोगमा स्तनलाई टाइट बनाउने, सानो स्तनलाई ठूलो बनाउने, ठूलो स्तनलाई सानो बनाउने लगायतका सम्पूर्ण सर्जरी हुने निर्देशक खतिवडाले बताउनुभयो । यहाँ स्मरणीय कुरा के छ भने यस प्रकारको प्लाष्टिक सर्जरी नेपालमा काठमाण्डौमा मात्र हुँदै आएको र प्लाष्टिक सर्जरी गर्ने चिकित्सकको संख्या हाल नेपालमा ४ जना मात्र रहेका छन् । प्लाष्टिक
सर्जरीका लागि टिचिङ हस्पिटलका डा.संगम रायमाझी र विजयपुर हस्पिटलै जनरल सर्जन डा. रोशन खतिवडाको टोलीले सर्जरीको कामलाई अगाडि बढाएका छन् ।
