बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति हुन नसक्दा विकासका काम प्रभावित प्रतिष्ठानका कर्मचारीहरु भन्छन्, हैसियत नै नभएका विटो बोकेर मन्त्रीकोमा पुग्दा नियुक्तिमा ढिलाई

धरान÷निकम्बा, नालायक र निर्णय क्षमता नै नभएको सरकारका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तो अन्र्राष्ट्रिय स्तरको नन् प्राक्टिसिङ्ग मेडिकल कलेजमा डेढ महिना बितिसक्दा पनि उपकुलपति नियुक्ति हुन नसक्दा विकासका सम्पूर्ण कामहरु प्रभावित भएका छन् ।
तिब्र राजनैतिक संकट, सत्ता गठबन्धनका प्रमुख घटकबीच मतभेद र नियुक्तिमा दक्ष, इमान्दारलाई भन्दा पनि आर्थिक बार्गेनिङ्गलाई सम्बन्धित मन्त्रीले नै मापदण्ड बनाएका कारण प्रतिष्ठानमा उपकुलपति नियुक्तिमा ढिलाई भएको कर्मचारीहरु बताउँछन् ।
प्रतिष्ठानका एक उच्च तहका कर्मचारी भन्छन्, सम्बन्धित मन्त्रीको बार्गेनिङ्गकै कारण प्रतिठानमा उपकुलपति नियुक्तिमा ढिलाई भएको हो । आज कर्णाली मेडिकल कलेजमा उपकुलपति नियुक्ति नभएको ९ महिना बितिसकेको छ, पाटन मेडिकल कलेजको हालत त्यस्तै छ, त्यहाँ उपकुलपति विहिन भएको चार महिना भइसक्यो भने प्रतिष्ठानमा डेढ महिना भन्दा ज्यादा भइसकेको छ ।
अर्का एक कर्मचारीले आफ्नो नाम उल्लेख नगरिदिने सर्तमा भने आर्थिक बजेट १२ महिनाको हुन्छ । उपकुलपति विहीन भएर समयमै निर्णय हुन नसक्नु र खर्च गनं नसक्नु दुर्भाग्य हो । अन्य मेडिकल कलेजको तुलनामा बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको छुट्टै महत्व छ । आफ्नो विभाग सम्हाल्न नसक्ने विभागका उपकरणहरु विगारेर वारम्बार बजेट मागी कमिशन खानेहरु नै यतिबेला उपकुलपतिको लागि राजनैतिक लबिङ्ग गरिरहेका छन् । प्रतिष्ठानको आँखा विभाग प्रमुख प्रा.डा. बद्रीप्रसाद बढु भन्नुहुन्छ, उपकुलपति नियुक्तिमा ढिलाईले प्रतिष्ठानले पाँच बर्षको अवधिमा आर्जन गरेका उपलब्धीहरु नै गुम्ने अवस्था देखियो । संवेदनशील कुरामा समेत
सरकारको मौनता उचित होइन ।
धरानका स्थानीय र प्रतिष्ठानका कर्मचारीहरु भन्छन्, प्रतिष्ठानमा अझै एक कार्यकाल निवर्तमान उपकुलपति प्रा.डा. बीपी दाशलाई जिम्मेवारी दिनुपर्छ । दाशको कार्यकालमा प्रतिष्ठानले धेरै उपलब्धी हासिल गरेको छ, स्थानीयको मुल्यांकन छ । प्रतिष्ठानका कर्मचारीहरु भन्छन्, पाँच बर्षको अवधिमा शैक्षिक तथा अनुसन्धान तर्फ, अस्पतालतर्फ, र आर्थिक तथा प्रशासन तर्फ जे जति काम भएको छ, त्यसभन्दा अगाडि कहिल्यै भएको थिएन । प्रा.डा. बीपी दाशले प्रतिष्ठानमा जनशक्तिको अभावलाई Ïयाकल्टी डेभलप प्रोग्राम अन्तर्गत
भारत सरकारको सहयोगमा भारतको विभिन्न शैक्षिक संस्थाहरुमा शिक्षक जनशक्तिको विकास गर्दै १ सय ७६ शिक्षकहरु रहेकोमा हाल २ सय ५२ शिक्षक पु¥याएको, प्रतिष्ठानलाई आत्मनिर्भर र स्वावलम्बी बनाउन डिएम र एमसिएचको अध्ययन र विशिष्ट सेवा सुपर स्पेशियालिटी सेवा शुरु दाशले नै गर्नुभयो ।
यसैगरी प्रतिष्ठानमा उपचारको सिलसिलामा आउने विरामीहरुलाई मात्र नभएर दुर्गम, विकट क्षेत्रमा बसोबास गर्ने जनताहरुलाई समेत स्वास्थ्य सेवा उपलब्ध हुन सकोस् भनि जेनेभा युनिभर्सिटी हस्पिटल स्वीजरल्याण्डको सहकार्यमा टेली मेडिसिन सेवाको शुरुवात, शिक्षक विद्यार्थीको अध्ययन, अध्यापन र अनुसन्धानमा सहयोग पुगोस् भन्ने हेतुले इ लाइबे्ररी पोर्टलको माध्यमद्वारा विश्वका सैयौ प्रकाशनहरुका हजारौ मेडिकल जनरल तथा स्रोतहरुको पहुँच पु¥याएका कारण शिक्षक तथा विद्यार्थीहरुको अध्ययन, अध्यापन र अनुसन्धानमा सहयोग पु¥याएका कारण अनुसन्धान कार्यलाई शिक्षकहरुको वृति विकासमा राख्न सफल भएको, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सस्थाहरुसँग अध्ययन अनुसन्धान र
पारस्परिक सहयोग सम्बन्धी सम्झौता गरेको, नेपाल बाहिरका विद्यार्थीहरुलाई प्रतिष्ठानमा अध्ययन अनुसन्धानका लागि आकर्षित गरेको जस्ता दर्जनौ सुधारका कार्य प्रा.डा.दाशले गरेको कर्मचारीहरु बताउँछन् ।
यसैगरी अस्पतालतर्फ छुट्टै ब्लड बैंकको स्थापना, सर्जिकल आइसियु, पेडियाट्रिक इमरजेन्सी, एन्टीनेन्टल बोर्डको विस्तार, प्रोस्थोन्टीक्स तथा इम्प्लाइन्ट ल्याबको स्थापना सुपर स्पेशियालिटी तर्फ कार्डियोलोजी, कार्डियो थेरासिक सर्जरी, न्युरो सर्जरी, युरोलोजी, पल्मो नोलोजी, जिआइ सर्जरी सेवाहरुको विस्तारमा आवश्यक जनशक्ति तथा पूर्वाधार विकास गरेको, नेपालमै सबैभन्दा ठूलो चार सय शैøयाको मातृ शिशु स्वास्थ्य केन्द्रको निर्माण आरम्भ गरेको, दुई सय बेडको क्यान्सर अस्पतालको निर्माण शुरु गर्न लागेको जस्ता कार्यहरुले प्रतिष्ठानलाई अगाडि बढाएको स्वयम् कार्यरत चिकित्सकहरु बताउँछन् । आर्थिक तथा प्रशासनिक क्षेत्रमा समेत निवर्तमान उपकुलपति प्रा.डा. दाशले पाँचबर्षको अवधिमा महत्वपूर्ण योगदान दिनु भएको छ । विद्यार्थीहरुका लागि पर्याप्त कक्षा कोठाहरु र ल्याब नभएको अवस्थामा भारत सरकारको सहयोगमा कलेज भवन छुट्टै निर्माण, पि.जि. होस्टल, २९ कोठाको अत्याधुनिक गेष्ट हाउस, शिक्षकहरुका लागि आवासीय भवन, ऋणात्मक आर्थिक अवस्थालाई सुधार
गरी आर्थिक अवस्था सुदृढ बनाउन सफल लगायतका दर्जनौ सुधारका कार्यहरु
गरेकोले पुनः दाशलाई नै उपकुलपति बनाउनुपर्ने कुरामा चिकित्सक, कर्मचारीहरु एक मत देखिन्छन् ।

तपाईको प्रतिक्रिया