धरान÷ सोमबार धरानको एक
रेमिटेन्सबाट दिनदहाडै चोरी भएको छ ।
धरान १५ बुढासुब्बा चौकमा रहेको सेवा रेमिटेन्समा पेस्तोल सहित आएका दुई युवाले हतियार देखाई ४ लाख ५० हजार रुपैया लुटेर लगेको सञ्चालक जोडन देवानले बताउनुभयो ।
दिउसो १२ बजेको समयमा माक्र्स लगाएर पल्सर मोटरसाइकमा आएका दुई युवामध्ये एक युवाले सञ्चालक देवान र
रेमिटेन्सकी म्यानेजर अप्सरा राईलाई पेस्तोल देखाई लुटपात गरी फरार
रहेको सञ्चालक देवानको भनाई छ ।
सेता रंगको पेस्तोल बोकेका अन्दाजी ४०÷४५ बर्षका ती व्यक्तिले सञ्चालक देवान र म्यानेजर अप्सरा राईलाई पेस्तोल तेस्याउदा अर्का युवक भने बाहिर उभिएर बसेको र रकम लिएपछि दुवैजना मोटरसाइकल चढेर तीनकुनेतर्फ फरार रहेका थिए ।
धरानमा हतियार देखाएर लुटपाट गरेको पहिलो घट्ना भएको प्रहरीले बताएको छ । घटनासगै प्रहरीलाई भने सुरक्षा चुनौति थपिएको छ । यस विषयमा इलाका प्रहरी कार्यालय
धरानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले यसले धरानमा प्रहरीलाई थप चुनौति थपिएको बताउनुभयो । उहाले त्यत्रो कारोबार गर्ने रेमिटेन्समा एउटा सिसी क्यामेरा जडान नहुनु, सुरक्षाको तयारी विना रेमिटेन्सहरु सञ्चालन हुनु सञ्चालकको समेत लापारबाही भएको देखिएको बताउनुभयो । उहाले दिन दहाडै डकैती गर्ने ती व्याक्ति पेसेवर डकैती हुन सक्ने बताउदै खोजी कार्यलाई तिब्रता दिई अपराधीलाई चाडो कानुनको दायरामा ल्याउने र आगामी दिनमा यस्ता घट्ना दोहोरिन नदिन थप शतर्कता बढाइने बताउनुभयो ।
एभरेष्ट बैंक लिमिटेड, पञ्जाव नेशनल वैंक लिमिटेड भारतको संयुक्त लगानीमा ५ महिना अगाडि खोलिएको यस रेमिटेन्सबाट दैनिक १२ लाख रुपैयाको कारोबार हुने सञ्चालको भनाई छ । यहाबा खाडी मुलुक लगायत विदेशबाट रकम आउने तथा यहाबाट पनि अन्यत्र रकम पठाउने काम निरन्तर भइरहने सञ्चालक देवानको भनाई छ । आज भने रकम झिक्न बैंक नगएको र त्यहा मौजाद भएको रकम मात्र लान पाएकोले धेरै रकम लुट्न नपाएको सञ्चालक देवानको भनाई छ ।
सन् २०११ देखि २०१४ सम्म फिलिपिन्समा पाइलट पढेर आएका सञ्चालकद्वय जोडन देवान र शैलेस लिम्बुले काम नपाउन्जेल रेमिटेन्स सेवा खोल्ने सल्लाह बमोजिम धरानको बुढासुब्बा सेवा चौकमा रेमिटेन्स सेवा खोलेका थिए । सञ्चालकमध्ये सैलेश लिम्बु भने हाल काठमाण्डौमा रहेका छन् ।
