प्रतिष्ठानमा दाशको विकल्प छैन

धरान÷यहाँस्थित अन्तर्राष्ट्रिय स्तरको नन् प्राक्टिसिङ्ग मेडिकल कलेज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति रिक्त भएको पाँच हप्ता नाघिसकेको छ । उपकुलपतिको अभावमा प्रतिष्ठानका महत्वपूर्ण काममा बाधा उत्पन्न भएको छ ।
उपकुलपतिका लागि यतिबेला प्रतिष्ठानभित्रकै एक दर्जन पदाधिकारीहरु राजधानी दौडाहामा रहेका छन् । विगतमा आफ्नो विभाग सम्हाल्न नसक्ने, विभागलाई लथालिंग छाडेर हिँड्नेहरु उपकुलपतिको दौडमा देखिनु हाँस्यास्पद भएको कर्मचारीहरु बताउँछन् ।
प्रतिष्ठानका एक कर्मचारीले भने, प्रतिष्ठानलाई सुदृढ, मजबुत र आत्मनिर्भर बनाउने हो भने निवर्तमान उपकुलपति प्रा.डा. बीपी दाशको विकल्प नै छैन । धरानका स्थानीय र प्रतिष्ठानमा कार्यरत कर्मचारीको च्वाइस नै दाश हुन् । दाशले आफ्नो पाँचबर्षे कार्यकालमा धरासायी भएर कर्मचारीले समेत तलब खान नसक्ने अवस्थामा पुगेको प्रतिष्ठानलाई मजबुत र सबल बनाएको अर्का कर्मचारीको कथन छ । स्थानीय र कर्मचारीको च्वाइस तपाईप्रति नै देखियो नि भन्ने धरान साप्ताहिकको जिज्ञासामा हाल फर्माक्लोजी विभाग सम्हालेर बस्नु भएका निवर्तमान उपकुलपति दाशले भन्नुभयो मेरो कामको मुल्यांकन स्थानीय र कार्यरत चिकित्सक
कर्मचारीले गरेरै त्यसो भन्नुभएको होला । पाँचबर्षमा मैले गरेको कामको मुल्यांकन गरेर सरकारले मलाई पुनः जिम्मेवारी दिएमा त्यसलाई स्विकार्ने उहाँले बताउनुभयो ।
हाल प्रतिष्ठानमा कार्यरत कार्य क्षमता नै नभएका प्रा.डा. सिएस अग्रवाल, प्रा.डा. राजकुमार रौनियार, विएन यादव, संगीता भण्डारी राजधानीमा पोलिटिकल लभिङ्ग गरेर हिडिरहेको प्रतिष्ठानमा कार्यरत अर्का सिनियर चिकित्सकले बताए । उनका अनुसार भिसीको दौडमा प्रा.डा. अरविन्दा सिन्हा, प्रा.डा. प्रहलाद कार्की, प्रा.डा.गुरु खनाल, प्रा.डा. निलाम्बर झा, प्रा.डा. रुपा सिंह, प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले समेत दौड लगाइरहेका छन् । यसैगरी प्रतिष्ठानभन्दा बाहिरबाट डा. ज्ञानेन्द्र गिरी, डा. रामेश कोइराला, डा. केपी सिंह, डा. जगन पाण्डेले समेत स्वास्थ्यमन्त्री गगन थापाको रÏफु चक्कर विभिन्न च्यानलबाट लगाइरहेको बताइएको छ । प्रतिष्ठानमा बाहिरबाट उपकुलपति नियुक्ति गरिए त्यसको विरुद्धमा सशक्त आन्दोलन गर्ने, असहयोग गर्ने कर्मचारी कल्याण समाज, विद्यार्थी मञ्च र चिकित्सकहरुले एक विज्ञप्ती प्रकाशित गरी जानकारी गराइसकेका छन् ।
प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि स्वास्थ्यमन्त्री गगन थापाको अध्यक्षतामा एक तीन सदस्यीय सर्च कमिटी रहेको र त्यसले तीन जनाको नाम सिफारि गर्नुपर्ने हुन्छ । तर आकांक्षी धेरै भएपछि उसले हालसम्म कसैको नाम सिफारिस गर्न सकेको छैन । सर्च कमिटीको अन्य दुई जनामा स्वास्थ्य सचिव शैलेन्द्र उप्रेति र गीताभक्त जोशी रहेका छन् ।

तपाईको प्रतिक्रिया