धनकुटा÷नेपालस्थित भारतीय
राजदुत रन्जित रायले नेपाल भारत आर्थिक समन्वय साना विकास आयोजना कार्यक्रम अन्तर्गत गत विहीबार धनकुटा र झापामा निर्माण सम्पन्न भएका पाँच विद्यालयको समुदघाटन गर्नुभएको छ ।
झापा र धनकुटामा भारत नेपाल साना परियेजना अन्तर्गत भारत
सरकारद्वारा पाँच विद्यालयको निर्माणका लागि ९ करोड ७० लाख सहयोग प्रदान गरेको थियो । विद्यालय भवन समुद्घाटनसँगै भारतको साना
परियोजना अन्र्गत सञ्चालित अन्य योजनाहरुको समेत आÏनो तीनदिने पूर्वाञ्चल बसाईको क्रममा राजदुत
रायले जानकारी लिनुभएको थियो ।
राजदुत रायले गत विहीबार झापाको शान्तिनगरस्थित आदर्श माध्यामिक विद्यालय, बनियानीस्थित लक्ष्मी माध्यामिक विद्यालय,
राजघाटस्थित पशुपति माध्यामिक विद्यालयको समुद्घाटन गर्नुभएको थियो । विद्यालयको समुद्घाटनमा पुग्नु भएका राजदुत रायको विद्यालय व्यवस्थापन समिति, विद्यालयका शिक्षक तथा कर्मचारी, अध्ययनरत विद्यार्थी तथा स्थानीयहरुले भव्य स्वागत गरेका थिए । झापाका तीनै विद्यालयको भवन निर्माणका लागि भारत सरकारले पाँच करोड ६० लाख रुपैया अनुदान दिएको थियो । सो अवसरमा बोल्दै भरतीय
राजदुत रन्जित रायले भन्नुभयो,
भारतले साना विकास आयोजना अन्तर्गत विद्यालय भवनमा अनुदान दिएको हो । विद्यालय भवन निर्माणसँगै अब यस क्षेत्रका बालबालिकाको अध्यन अध्यापनमा सहजता आउने र यसबाट यस क्षेत्रका विद्यार्थीहरुले लाभ लिने कुरामा आफू विस्वस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, साना विकास आयोजना अन्तर्गत भारत सरकारले झापामा १४ वटा आयोजनाहरु सम्पन्न गरिसकेको छ र ६ वटा आयोजनाको काम भइरहेको छ । यी योजनाका लागि भारत सरकारले साना विकास आयोजना अन्तर्गत ५सय ५६ मिलियन नेपाली रुपैयाँ अनुदान दिएको र २० आयोजना अतिरिक्त रहेको समेत बताउनुभयो । यसका अलावा यही परियोजना अन्तर्गत भारत सरकारले झापाको समाजिक संघ संस्था, अस्पतालहरुलाई ११ वटा एम्बुलेन्स, १ बस समेत प्रदान
गरिसकेको छ । राजदुत रायले अगाडि भन्नुभयो, नेपालको ग्रामीण समुदायको उत्थानका लागि भारत सरकारले स्थानीयको माग र आवश्यकता अनुसार सहयोग प्रदान गर्दै आएको छ । उहाँले सो अवसरमा घोषणा समेत गर्नुभयो झापाका प्रत्येक विद्यालयका दुई जना कक्षा १०, ११ र कक्षा १२ मा अध्ययनरत जेहेन्दार, उच्च अंक प्राप्त गरेका विद्यार्थीलाई महात्मा गान्धी छात्रवृत्ति प्रदान समेत गरिनेछ ।
यसैगरी राजदुत रायले धनकुटा जिल्लाको मारेक कटहरेस्थित शारदा माध्यममिक विद्यालय र पाख्रीबास स्थित जाल्पादेवी माध्यामिक विद्यालय भवनको समेत भव्य समरोहबीच समुद्घाटन गर्नुभएको थियो । दुवै भवन भारत नेपाल आर्थिक समन्वय साना विकास आयोजना अन्तर्गत चार करोड ४० लाखको अनुदानमा निर्माण सम्पन्न भएका हुन् । सो अवसरमा बोल्दै राजदुत रायले भन्नुभयो शिक्षा आजको आवश्यकता हो । सामाजिक आर्थिक समृद्धिका लागि आजका बालबालिकाले उचित शिक्षा पाउनुपर्छ । यहाँका बालबालिकाले उचित शिक्षा सहज र सर्वसुलभ ढंगले आर्जन गर्न सकुन भनेरै यहाँका दुई विद्यालयमा भारत सरकारले निमाण गरेको र अन्य तीनवटा आयोजनामा चार करोड ६० लाख अनुदान दिएको र ती आयोजनाहरु पूरा भसकेका छन् । यसैगरी जिल्लाका स्थानीयहरुको आवश्यकता र माग बमोजिम ६ वटा एम्बुलेन्स समेत भारत सरकारले विगतमा प्रदान गरिसकेको छ ।
