गोरखा गौशाला तथा कृषि उपज प्रा.लि.बाट उत्पादित दूध, दही, घ्यूमा ग्राहकको भीड

इटहरी÷वि.सं. २०५६ साल असार २ गते पूर्वाञ्चलमै पहिलो डिपार्टमेन्ट स्टोरको मान्यता अनुरुप सञ्चालनमा आएको इटहरी १ स्थित गोरखा डिपार्टमेन्ट स्टोरले आÏना ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राखेर कृषि उत्पादनलाई समेत प्राथमिकताका साथ अगाडि बढाएको छ ।
इटहरी उपमहानगरपालिका वडा नं. १७ बालग्रामस्थित गोरखा गौशाला तथा कृषि उपज प्रा.लि.बाट उत्पादन भएका ताजा एवम् सुद्ध गाइभैँसीको दूध, घ्यू, दही र ताजा मौसमी एवम् वेमौसमी अर्गानिक सागसब्जीले उपभोक्तालाई थप लोभ्याएको छ । वि.सं. २०६८ माघ १५ गतेबाट एक माउ भैसीबाट परीक्षण उत्पादन गरेको
गोरखा गौशाला तथा कृषि उपज प्रा.लि.मा यतिबेला हेलिस्टेन र जर्सी जातका दुधालु गाइको संख्यामात्र ८० पुगेको छ । यसैगरी दूध दिने अवस्थाका २५ थान भैसी रहेका छन् । जसमा २४ वटा मुर्रा जातका छन् भने १ वटा स्थानीय जातका ।
गोरखा गौशाला तथा कृषि उपज प्रा.लिका इन्चार्ज डम्बरबहादुर बस्नेत भन्नुहुन्छ, गाईबाट दैनिक ८ सय देखि ८ सय ५० र भैसीबाट ४ सय लिटर दूध उत्पादन हुन्छ । यसरी उत्पादन भएका सम्पूर्ण दूध गोरखा डिपार्टमेन्ट स्टोरको गोरखा डेरीमा पुग्ने गर्छ । गोरखा गौशालाबाट गोरखा डेरीमा प्रत्येक दिन विहान ५ बजे र बेलुका ५ बजे दूध पुगिसक्छ । डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्य भन्नुहुन्छ ‘चाँडै नै केही गाइका संख्या थपिदै छन् । भारतबाट झण्डै ४० वटा उन्नत जातका गाईहरु गौशालामा आइपुग्छन् । यसका लागि थप गोठको निर्माण कार्य भइरहेको छ । गोरखा गौशालाबाट उत्पादन भएको ताजा र सुद्ध दूध खरिद गर्न स्थानीय उपभोक्ताहरु विहान ५ बजेदेखि नै लाइनमा लागिसकेका हुन्छन् भने बेलुका ५ बजेदजेखि त्यसैगरी लाइनमा बस्छन् ।’
उपभोक्ताहरुले आफ्नो आवश्यकता अनुसार दूध खरिद गरिसकेपछि बाँकी
रहेको दूध गोरखा किचेन, गोरखा बेकरीले आफै प्रयोग गर्ने गरेको छ । डिपार्टमेन्ट स्टोरका सञ्चालक आचार्य भन्नुहुन्छ हामी आफैले उत्पादन गर्ने गरेका दर्जनौ प्रकारका स्वादिष्ट मिठाई, खुवा, बेकरी आइटमको माग दिन प्रतिदिन बढ्नुको प्रमुख कारण सुद्ध दूध, घ्यूको प्रयोग पनि हुनसक्छ । पछिल्ला दिनमा रसबरी, लालमोहन, बर्फी, मिनी मिल्क, मिल्क ब्रेड, हेल्दी ब्रेड, टोष्ट (सुजी +इलाइजी), नमकिन, ओरेन्ज, हनी, वटर, चक्लेटी, मिक्स कुकिज, तिलपप, बर्फीपप, विस्कुट पप, नमकिन पप, सुजी पप, पेटज पपको बजारमा अत्याधिक माग बढेको छ । यसैगरी सुख्खा आइटममा क्रिम कोकोनट विस्कुट, खजुरी, जुली, कोकोनट स्टार, टिफिन केक, विस्कुट आइटममा बदाम विस्कुट, राउन्ड स्विट्स, चकलेटी, क्रिम रोल, सÏट आइटममा मिल्क ब्रेड, हेल्दी ब्रेड, मिनी मिल्क, वन, डुनट, (क्रिम +प्याक) र केक आइटममा वर्थ डे केक, पेस्की आइटममा भेनेला, ब्लाक फरोट, चक्लेटी, पाइनापल, इस्टोबरी, म्याङ्गो, पेस्टी लगायत गोरखाले उत्पादन गर्दै आएको छ । उत्पादित अधिकांश आइटम दूधको प्रयोग हुने भएकोले पनि बजारमा उपभोक्ताको मागलाई धान्न धौ धौ परेको सञ्चालक आचार्यको कथन छ ।
गोरखा गौशाला तथा कृषि उपज प्रा.लि.ले आफ्ना ग्राहकहरुलाई सुद्ध एवम् ताजा दूध मात्र दिएको छैन कैयौलाई रोजगारीको अवसर समेत प्रदान गरेको छ । गौशाला इन्चार्ज डम्बरबहादुर बस्नेत भन्नुहुन्छ, हाल गोरखा गौशाला तथा कृषि उपज प्रा.लि.मा काम गर्ने कामदारको संख्या २५ जना रहेका छन् । यसैबाट उनीहरुमात्र हैन उनीहरुका आश्रित परिवार समेत धानिएका छन् । जम्मा १५ विघा क्षेत्रफलमा फैलिएको गोरखा गौशालामा गाई, भैसीमात्र हैन खसी, बाख्रा र ब्रोइलर जातका कुखुराहरु समेत पालिएका छन् । गोरखा डिपार्टमेन्ट स्टोरको मोरङ्गको विराटचौक, पथरी, झापाको दमक र इटहरीमा रहेको किचेनमा गौशालाकै खसी र कुखुराको मासु सप्लाई हुने गरेको छ । व्यवसायीसँगै समाजसेवी समेत
रहनु भएका आचार्य भन्नुहुन्छ, आजका युवाहरु रोजगारका लागि घरबास धितो राखेर, ऋणपान गरेर रोजगारका लागि विदेश जान्छन् । आÏनै माटोमा अलिकति बढी मेहनत गर्ने हो भने यही प्रसस्त कमाई हुन्छ । आजका युवाहरुलाई
प्रेरित गर्न पनि गोरखा गौशाला तथा कृषि उपज प्रा.लि. सञ्चालनमा ल्याएको आचार्यको कथन छ ।

प्रत्येक ग्राहकको आकर्षण गोरखा किचेन
गोरखा डिपार्टमेन्ट स्टोरमा पुग्ने हरेक ग्राहकको आकर्षण गोरखा किचेन रहँदै आएको छ । चाहे त्यो गोरखा डिपार्टमेन्ट स्टोरको मुख्यालय इटहरी होस्, चाहे पहिलो विस्तारित शाखा विराट चौकमा होस् या दोस्रो विस्तारित शाखा पथरीमा किन नहोस् ।
आफूलाई चाहिने आवश्यकीय सामान खरिद गर्नु भन्दा पहिला होस् या खरिद गरिसकेपछि होस् उनीहरु गोरखा किचनमा केही समय बसेर रमणीय वातावरण नियाल्दै स्वादिष्ट विभिन्न परिकारको स्वाद लिएर मात्र फर्कन्छन् ।
पथरीस्थित रहेको गोरखा डिपार्टमेन्ट स्टोरका चैथो तलामा उक्लेपछि हरेक ग्राहकले आनन्दित महसुस गर्छन् । दक्षिणतर्फ पथरी बजारको र उत्तरतर्फ घना जंगलको रमणीय दृश्यसँगै जुनसुकै स्वादका परिकार उनीहरुले लिन सक्छन् । अत्यन्तै सफा र स्वच्छ खाना खानकै लागि यतिबेला पथरीमा सरदर एक हजार ग्राहकहरु आउने गर्छन् ।
पथरीमा मात्र होइन विराटचौकमा समेत यही हाराहारीमा गै्राहकहरुले खाना खाइरहेको कर्मचारी मुरारी खतिवडा बताउँछन् । रु ५० मा भरपेट सादा खाना र रु ९० मा चिकेन खान खान स्थानीय मात्र हैन टाढाटाढा यात्रामा हिडेकाहरु समेत खाना खाने समय मिलाएर गोरखा किचेनमै आइपुग्ने गरेका छन् । गोरखा किचेनमा चाइनिज, इण्डियन खानाका पारखीहरु समेत आउने गरेको कर्मचारी खतिवडाको कथन छ ।

विहानैदेखि ग्राहकहरु खचाखच
छोटो समयमा पथरीस्थित गोरखा डिपार्टमेन्ट स्टोरको दोस्रो शाखाले उपभोक्ता एवम् ग्राहकहरुको मन जित्न सफल भएको छ । स्टोरका ग्राउन्ड Ïलोरको पश्चिम भागमा रहेको बेकरी आइटममा त्यहाँ पुग्ने जोकोहीको पनि एकपटक आँखा नपुगी रहन सक्दैन ।
गोरखा डिपार्टमेन्ट स्टोर आफैले सञ्चालन गरेको सुनसरीको एकम्बास्थित गोरखा डेरी उद्योगबाट उत्पादित सुद्ध गाई भैँसीको दूध घ्युबाट उत्पादित बेकरी स्वादिस्ष्ट र ताजा भएकै कारण उपभोक्ताहरुको आँखा त्यहाँ पुग्नु स्वभाविक हो । यदाकदा ग्राहकहरु बेकरी आइटम तथा मिठाई खरिद गर्नकै लागि घण्टौ लाइनमा बस्छन् ।
बेकरी तथा स्वादिष्ट मिठाइहरु गोरखा डिपार्टमेन्ट स्टोरका आÏनै उत्पादन हुन् । ग्राउन्ड Ïलोरमा बेकरी आइटम र मिठाइसँग पेय पदार्थहरु समेत रहेका छन् । बेकरी सपमा वर्थ डे केक, सुजी पप, क्याटबरी रोल, फ्रुट केक, स्लाइस केक, आइसक्रिम, मिल्क ब्रेड, रसबरी, लालमोहन, चटपट, सुगर फ्रि खुवा, स्मल पप, नमकिन पप, पेटिज पप, बटर पाइनापल, क्वाटबरी विस्कुट, ग्लोेसेर, तिल विस्कुट, स्विट पिनट, काजु विस्कुट, खजुरी, कोकोनट पिन, चोको विस्कुट, जुली विस्कुट, क्रिम डुनट, सादा डुनट, काजु वर्फी, बदाम वर्फी, कालाकन्द, वर्फी लड्डु, गोरखा टोष्ट, वर्फी पप, नरिबल विस्कुट लगायत दर्जनौ आइटमहरु रहेका छन् । यसका अलावा ग्राउन्ड Ïलोरमै खाद्यान्न लगायतका हजारौ आइटमहरु समेत रहेका छन् । गोरखा डिपार्टमेन्ट स्टोरको इटहरीस्थित मुख्यालयको पहिलो तलामा जे जति आइटमहरु रहेका छन् पथरी र विराटचौकको विस्तारित शाखामा समेत त्यति नै प्रकारका सामानहरु रहेका छन् र मुल्य समेत एकै नाश रहेको छ । जसका कारण ती क्षेत्रका स्थानीय बासिन्दा तथा उपभोक्ताहरुले इटहरी आइरहनु पर्न झन्झटबाट मुक्ति पाएका छन् । यसले गर्दा उनीहरुको समयको समेत बचत भएको छ ।

तपाईको प्रतिक्रिया