विश्व अर्वुद रोग दिवसमा जनचेतनामुलक साइकल ¥याली र स्वास्थ्य परीक्षण

धरान÷नेपाल अर्वुद रोग निवारण संस्था, जिल्ला शाखा सुनसरीले विश्व क्यान्सर दिवसको अवसरमा जिल्ला साइक्लिङ्ग संघ धरानको सहयोगमा जनचेतनामूलक साइकल ¥याली तथा यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहयोगमा महिलाको पाठेघर सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
प्रत्येक बर्ष फेब्रुअरी ४ तारेखलाई विश्व क्यान्सर दिवसको रुपमा विविध जनचेतनामुलक कार्यक्रमको आयोजना
गरी मनाइदै आएको छ । नेपाल आर्वुद रोग निवारण संस्था सुनसरी शाखाले धरानको घण्टाघर परिषरमा आयोजना गरेको कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनका डा. मोहनचन्द्र रेग्मीले दैनिक खानपिन, आचरण जस्ता कारणले क्यान्सरलाई न्युनिकरण गर्न सकिने बताउनुभयो ।
उहाँले भन्नुभयो मेरै परिवारको उदाहरण पनि छ । मेरी हजुरआमाको ८६ बर्षमा स्वर्गबास भयो । उहाँ अत्यन्तै ज्यादा चुरोट खानुहुन्थ्यो । झण्डै चालीस बर्ष पुगेपछि उहाँलाई कसैले चुरोटले राम्रो गर्दैन भनेपछि मुक्तिनाथ पुगेर उहाँले चुरोट छोडनु भयो । तर मेरा बुबाले चुरोट खान छोड्नु भएन । उहाँको ६२ बर्षको उमेरमा दुःखद् निधन भयो । यसैगरी नेपाल अर्वुद रोग निवारण संस्थाका उपाध्यक्ष कमल पोख्रेलले अलिकति सतर्कता अपनाउँदा क्यान्सरबाट बाँच्न सकिन्छ । उहाँले भन्नुभयो महिलाहरुले आफ्नो स्तनमा क्यान्सर छ छैन भन्ने थाहा पाउन ऐनाको अगाडि उभिएर स्तनमा गिर्खागिर्खी छ छैन हेर्नुपर्छ । पुरुष तथा महिलाहरुले आफने लिंग तथा गुप्ताङ्ग सफा राख्नुपर्छ । यति गर्दा पनि क्यान्सरको जोखिम कम भएर जान्छ ।
नेपाल आर्वुद रोग निवारण संस्था जिल्ला शाखा सुनसरीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको सभापत्विमा सम्पन्न कार्यक्रममा जयन्त गौतम, विकास बनेपाली लगायतले बोल्नु भएको थियो भने भानुचौकबाट पुतली लाइन हुँदै रत्नचौक, चतरालाइन, छाताचौकबाट पुन भानुचौक पुगेको साइक्लिङ्गहरुलाई प्रमाणपत्र, आर्वुद रोग निवारण सहितको भेष्ट प्रदान गरिएको थियो । यसैगरी आइतबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुद्वारा धरान ३ स्थित सरस्वती बाल अनाथाश्रमको प्रांगरणमा महिलाको पाठेघर सम्बन्धी स्वास्थ्य परीक्षण
गरिएको थियो । सो अवसरमा ५० जना महिलाको स्वास्थ्य परीक्षण
गरिएको र सोको रिपोर्ट दुई चार दिन पछि आउने संस्थाका सचिव विकास बनेपालीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया