राज्यकोषबाट लडाकु निर्माण ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले भावि निर्वाचनलाई लक्षित गरी आन्तरिक लडाकु निर्माण कार्य थालेको स्रोतले जनाएको छ ।
राज्यकोषबाट युवा सशक्तिकरणको नाममा रकम निकासा दिने र त्यही रकमबाट निर्वाचन लक्षित लडाकु निर्माण गर्ने तयारी प्रधानमन्त्री दाहालले गरेका छन् । युवा ससक्तिकरणका नाममा रकम निकाशा दिन अर्थमन्त्री कृष्णबहादुर महरालाई निर्देशन समेत दिइसकेका छन् ।
माओवादी केन्द्रका नेता तथा पूर्व लडाकु कमाण्डर बर्षमान पुन अनन्तको प्रस्तावमा प्रधानमन्त्री दाहालले पूर्व लडाकु निर्माण गर्न थालेका हुन् । लडाकु निर्माण गर्न पूर्व लडाकु वाइसिएलको भेला हिजो मंगलबार
राजधानीको तीनकुनेमा बोलाइएको थियो । भेलामा प्रधानमन्त्री दाहाल आपैm उपस्थिति भएका थिए । दिउँसो १२ बजे तीनकुनेको ताज पार्टी प्यालेसमा माओवादी केन्द्रका नेतासहित पूर्व लडाकु र वाइसिएल जम्मा भएका थिए । पूर्व लडाकु र वाइसिएयल मिलाएर बनाइने निर्वाचन लक्षित लडाकु समूहको व्यवस्थापनगर्न सांसदहरुबाट पनि रकम जम्मा गर्न थालिएको छ, स्रोतले भन्यो ।
प्रति सांसद ५० हजार मागिएको छ, माओवादी केन्द्रका एक सांसदले भने, निर्वाचनमा पार्टीलाई सहयोग गर्न युवा दस्ता निर्माण गर्ने तयारी भएको हो । राज्यकोषको रकम दुरुपयोग गरी लडाकु निर्माण गर्न थालेको थाहा पाएपछि नेपाली काँग्रेसबाट सरकारमा सहभागी केही मन्त्रीहरु असन्तुष्ट भएका छन् ।

तपाईको प्रतिक्रिया