धरान÷नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) प्रदेश नं. १ को हालै इटहरीमा सम्पन्न प्रथम प्रदेश अधिवेशनले अनुशासन आयोगको संयोजकमा निवर्तमान सुनसरीका प्याब्सन अध्यक्ष एवम् क्यामेलिया बोर्डिङ्ग स्कुलका प्रिन्सिपल नरबहादुर थापालाई सर्वसम्मतले चयन गरेको छ ।
प्रदेश नं. १ अन्तर्गत रहेका पूर्वाञ्चलका १४ वटा जिल्लाका विद्यालय सञ्चालकहरुको दुई दिनसम्म चलेको प्रथम अधिवेशनमा चार सय भन्दा बढी विद्यालय सञ्चालकहरुको सहभागिता रहेको थियो । तीन सदस्यीय अनुशासन आयोगको सदस्यमा धु्रव गौतम–झापा, डिआर सुवेदी–झापा रहनु भएको छ । यसैगरी लेखा समितिमा मोरङ्गका रमेशकुमार मिश्र संयोजकमा निर्वाचित हुनुभएको छ भने अन्य दुई सदस्यमा हिमशिखर बोर्डिङ्ग स्कुलका प्रिन्सिपल सुमन पुरी र मोरङ्गका अमित ढकाल रहनु भएको छ ।
प्रदेश नं. १ को प्रथम अधिवेशनले अध्यक्षमा झापा गौरादहका नारायणप्रसाद घिमिरेलाई सर्वसम्मत चयन गरेको छ । यसैगरी बरिष्ठ उपाध्यक्षमा तेह्रथुमका हेमराज अधिकारी, उपाध्यक्षमा कविन्द्र मण्डल सुनसरी, एल.डि.राई झापा, सचिमा मोरङ्गका टिकाराम ढकाल, कोषाध्यक्षमा नन्दकुमार न्यौपाने धनकुटा, सहसचिवमा सञ्जयकुमार यादव मोरङ्ग र किशोर ताम्राकार उदयपुर, सहकोषाध्यक्षमा इलामका प्रकाशभक्त राज निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा मोरङ्गकी सीता न्यौपाने, संखुवासभाका प्रमोद शाक्य, झापाका भानु राजवंशी, उदयपुरकी मीना केसी (सुब्बा), तेह्रथुमका भीमबहादुर अधिकारी, झापाका टंक अधिकारी, इलामका अनिल निरौला, सुनसरीका देवनारायण ढकाल, भोजपुरका यगराज राई, ताप्लेजुङ्गका दिनेश प्रसाई, ओखलढुंगाका खिलनाथ दाहाल निर्वाचित हुनुभएको छ ।
