नेपाल हरेक बर्ष माघ १६ गतेलाई शहीद दिवसको रुपमा मनाउन गरिएको छ । विगतका बर्षहरुमा झै यसपटक पनि शहीद दिवस मनाइयो । शहीदको आदर्शको अवमुल्यन गरी यस पटकको शहीद दिवसलाई पनि औपचारिकतामै सीमित गरियो ।
‘शहीद’ एउटा श्रद्धापूर्ण शब्द । नेपालमा प्रजातन्त्र आएको पनि २७ बर्ष बितिसकेको छ । लोकतन्त्रको स्थापना भएको पनि १० बर्ष पुगिसकेको छ । यी दुवै परिवर्तनका सम्वाहक थिए शहीद । प्राजातन्त्र र लोकतन्त्र स्थापना पश्चात शहीदको अवमुल्यन भएको छ । उनीहरुले दिएको बलिदान, प्राणको आहुतिलाई यतिबेला मजाक ठह¥याइदैछ ।
युग परिवर्तन गर्ने शहीदको नाममा देशका टाठाबाठा अपराधी, भ्रष्ट मनोवृत्ति भएकहरुले अकुत आर्जनको माध्यम बनाएका छन् । आÏनो परिवारको रक्तिभर वस्ता नगरी परिवर्तनका लागि मारिएकाहरुको रगतको उपेक्षा गरिएको छ । आज शहीदका परिवार कहाँ छन्, उनीहरुको अवस्था कस्तो छ, तिनका नानीहरुले शिक्षा दिक्षा पाएका छन् कि छैनन्, औषधोपचार नपाएर थलिएका पो छन् कि जस्ता सवालमा शहीदको नाममा गोहीको आँशु चुहाउने राजनैतिक दलहरु बेखबर छन् ।
जुन देशमा शहीदको सम्मान हुँदैन त्यो देशको राज्यसत्ताको वागडोर हुनु दुःखद् कुरा हो । यसे अवस्थालाईै डिम्क्बनापूणर््ा मन्नुपर्छ । मुक्तिनाथ दाहाल लगायतका पासविक ढंगले हत्या गर्नेहरु सत्तामा आसिन छन् । अनेकौ प्रलोभन दिएर उक्साएर २०३१ सालमा ओखलडुंगा र सोलुखुम्बुको सिमानामा पर्ने टिम्बुरबोटे ओढारमा २७ जना होनेहार युवहरुलाई मृत्युको मुखमा धकेल्नेहरु सत्तामा छन् । रामप्रसाद पौड्याल, लक्ष्मण प्रसाद पौड्याल (रामलक्ष्मण) क्या. यज्ञबहादुर थापा, अगमणि राई, गोकर्ण दाहाल, ठगिराज दाहाल, पेशल कर्की लगायतलाई आज कस्ले सम्झिएको छ । २०१८ सालमा इलामको जामुने, ताप्लेजुङ्ग च्याङथापु, २०२९ सालको विराटनगर वम काण्डका नाइके
भिमनारायण श्रेष्ठ, टिम्बुरबोटेबाट बाँचेर बडो कष्टका साथ
फारविसगञ्जको क्याम्पसमा पुगेका ढाकबहादुर राई, इलाकाको सात खाल्डोमा मारिएकाहरु, सामन्तीको नाममा दुई विगाहा जग्गा भएका बुटन चौधरी, बनारसमा पढ्दै गरेका केही दिनका लाग घर आएका थिए ज्ञानु ढकाल, सुरजपुरका आलोकनाथ यादव, जनकपुर बम काण्डका दुर्गानन्द झा, इलामका रत्नकुमार वास्ता आदि परिवर्तनका वाहक थिए ।
यिनीहरुको सतत प्रयासले देशमा परिवर्तन आएको हो । तर आज यिनीहरुका नाम समेत सत्ताधारीहरुले बिसिई सकेका छन् । प्रत्येक बर्ष जस्तो एक मिनट मौन धारण गर्ने, ज्ञात अज्ञात शहीदप्रति भन्दै श्रद्धाञ्जली अर्पण गर्ने अनि शहीदहरु महान थिए भनेर भाषण ठोकी आफ्नो कर्तव्य पूरा भएको सम्झने शासकवर्ग छन् यहाँ । परिवर्तन पश्चात भुक्के चप्पल लगाएर राजधानी छिरेकाहरु आज आलिसान महल बनाएर राजधानीमा बसेका छन् । गाउँमा छँदा राम्ररी खान नपाउने यिनीहरु संसारकै महँगा गाडीमा सवारी हुन्छन् । छारा छोरीमात्र हैन आफ्ना साला साली भान्जा भान्जी लगायत सात पुस्ताका लागि व्यवस्थित गरेका छन् । न कहिल्यै यिनीहरुले जागिर खाए, न यिन्का बाबु बाजे जमिन्दार थिए । आखिरी त्यत्रो सम्पत्ति कहाँबाट आयो ? शहीदका नाममा गरेको ब्रम्हलुट नै हो । आज देश दिन प्रतिदिन अधोगतिर्फ धकेलिदैछ । स्थानीय निकायको निर्वाचन नभएको १९ बर्ष भयो । आफू भ्रष्ट भएपछि अरुलाई पनि भ्रष्ट बनाएका छन् अहिलेका राजनैतिक माफियाहरुले । सत्तामा बस्ने, जनता दुहुने, देश भडखालोमा जाक्नेबाट शहीदको सम्मान होला भनेर के आशा गर्नु ?
