नागरिक समाजद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

धरान÷हामो सरोकार ः लोकतन्त्र, सुशासन र नागरिक अधिकार भन्ने मूल उद्देश्यका साथ गठन भएको नेपाल नागरिक समाजले स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ ।
समाजमा अध्यक्ष प्रेमप्रसाद पौड्याल र सचिव विजय अछामीद्वारा हस्ताक्षतिर विज्ञप्तीमा भनिएको छ, मुलुकमा १९ बर्षदेखि स्थानीय तहको निर्वाचन हुन नसकेको, विद्यमान जन अधिकार र सरोकारका विषयहरु एवम् शान्ति, सुरक्षा लगायतका राजनैतिक अवस्था समेततको व्यापक अस्थिरता भएकोले सोबाट मुलुकलाई क्रमिक सुधार एवम् स्थायित्व दिन आवश्यक छ ।
इलाका प्रशासन कार्यालय धरानमा प्रशाकीय अधिकृत कमल थापा मार्फत बुझाएको ज्ञापनपत्रमा अगाडि भएको छ मुलुकको यावत समस्याबाट निकास दिन र यथाशिघ्र स्थानीय तहको निर्वाचन घोषणा गरी समस्याबाट निकास दिन प्रधानमन्त्रीमा नागरिक समाज सुनसरीको ध्यानाकर्षण
गराउन चाहन्छौं ।

तपाईको प्रतिक्रिया