धरान÷नेपाल विद्यार्थी संघ क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ सुनसरीले सहीद दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । धरानको भानुचौकस्थित रहेको गणतान्त्रिक चौतारीमा भएको रक्तदानमा ६० पिण्ट
रगत संकलन भएको आयोजक नेपाल विद्यार्थी संघ क्षेत्रीय समितिले जनाएको छ । संघका क्षेत्रीय कार्यवाहक सभापति बालकुमार राईको सभापतित्वमा सम्पन्न रक्तदान कार्यक्रमको संयोजक कृष्णकुमार राई रहनु भएको थियो । नेपाल रेडक्रस सोसाइटी सुनसरी धरानका सभापति उमेश थापाको प्रमुख आतिथ्यमा भएको रक्तदानमा नेपाली काँग्रेस जिल्ला सदस्य चन्द्रशेखर लामा, महासमिति सदस्य पर्वतकुमार राई, धरान उपमहानगर सभापति तिलक राई, नेका जिल्ला सचिव सुजेन्द्र तामाङ्ग, क्षेत्रीय सदस्य मुकेश थापा, नेवि संघका केन्द्रीय सदस्य सागर प्रसाई, ममता राई, नेपाल आदिवासी संघका जिल्ला सचिव मञ्जिल कसजु श्रेष्ठ, नेपाल दलित संघका जिल्ला सचिव विजय अछामी, नेपाल दलित संघका जिल्ला कोषाध्यक्ष गणेश परियार, नेपाली काँग्रेस धरान उपमहानगर समितिका सचिव श्याम पोखेल, क्रियाशील सदस्य गोपाल कार्की, नेका वडा न. १९ का सभापति जितेन्द्र राई, नेवि संघ पूर्वाञ्चल कलेजका गिनिजराज भण्डारी, केन्द्रीय प्रविधि क्यामपसका प्रदीप संग्रौला, नेवि संघ जिल्ला उपसभापति प्रताप भट्टराई र नेवि संघ क्षेत्र नं. ६ का सभापति अनिल मगरको समेत उपस्थिति रहेको थियो ।

