एनसिसी तालिममा सहभागी विद्यार्थीहर्रु दिक्षित

धरान÷ नेपाली सेना अन्तर्गतको राष्टिूय सेवा दलले आयोजना गरेको पहिलो र दोस्रो चरणको एनसिसी तालिम सम्पन्न भएको छ ।
नेपाली सेनाले २०२२ सालमा गठन गरेको राष्टिूय सेवा दलले आयोजना गरेको एनसिसी तालिममा सहभागीहरुलाई नेपाली सेनाका रथि बलाधिकृत बलदेव राज महतले एक कार्यक्रमकाबीच दिक्षित गर्नुभएको छ ।
तालिममा सहभागी कालिकोट मावि दोलखा, फिदिम मा.वि. पाचथर, त्रिवेणी धनकुटा, भानुजन मा.वि. ताप्लेजुङ, आदर्श मावि इलाम, गहुमति मावि. , सिद्धकाली मावि र भगवती मावि सिन्धुलीका ३ सय ५२ जना विद्यार्थीहरुलाई एक सय दिनको तालिम समापनसंगै दज्र्यानी चिन्ह प्रदान गदैै रथि बलाधिकृत राजमहतले दिक्षित गर्नुभएको हो ।
सो अवसरमा बोल्दै रथि बलाधिकृत राजमहतले सक्षम, कर्तव्यनिष्ट, राष्टूसेवक र देशमा विपत परेका बेला काम गर्ने दक्ष जनशक्ति तयार गर्नकै लागि यस प्रकारको तालिम आायोजना गर्ने गरिएको बताउनुभयो । यसले उनीहरु समाज र राष्टूप्रति उदरदायित्व बन्दै अनुशासित जीवन जीउन सहयोग पुग्ने भएकोले यहा सिकेको कुरा समाजमा गएर भरपुर प्रयोग गर्न दिक्षित विद्यार्थीहरुलाई निर्देशन दिनुभयो ।
राष्टिूय सेवा दलले हालसम्म नेपाल अधिराज्यभर ४३ वटा यस्ता तालिम दिइसकेको छ । १ सय दिनसम्म दक्ष प्रशिक्षकबाट दिइने यो तालिम ७९ दिन आफ्नै विद्यालयमा र २१ दिन विभिन्न सैनिक क्याम्पमा राखी तालिम दिइने गरिएको छ । तालिममा सहभागी भएका विद्यार्थीहरु समेत तालिम लिइसकेपछि आफूलाई धेरै
कुरा ज्ञान भएको बताउछन् । उनीहरुले यस तालिमबाट आफूले धेरै कुरा सिक्ने मौका पाएको बताउदै अनुशासन, कर्तव्यनिष्ट, राष्टूसेवाको भावनाका साथै विपत व्यवस्थापनका बेला गर्नुपर्ने कामका विषयमा आधारभूत तालिम दिइएकोले आफूले सिकेको कुरा अब समाजमा गएर व्यवहारिक रुपमा प्रयोग गर्ने बताएका छन् ।
तालिममा १४ देखी १८ वर्ष उमेर समुहका बिद्यार्थीहरुलाई सहभागी गराइने
गरिएको छ । कार्यक्रममा विद्याथीहरुले तालिममा सिकेका कुराहरुको प्रदर्शन गर्नुका साथै देशभक्ति गीतमा नृत्य तथा कवज समेत प्रर्दशन गरेका थिए ।

तपाईको प्रतिक्रिया