धरान पर्यटन व्यवसायीहरुले आफ्नो ठाउलाई पर्यटनको केन्द्र बनाउन नया नया योजनाका साथै कामलाइ अगाडि सार्न थालेका छन् ।
पूर्वलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न धार्मिक पर्यटनको केन्द्र, शाहसिक खेलकुदको केन्द्र तथा साइकिलिङको सहरका रुपमा परिचत गर्न पूर्वका विभिन्न सहरले विभिन्न प्याकेजहरु अगाडि सारेसंगै धनकुटाका पर्यटन व्यवसायी मोहन वान्ताले क्याम्प फायरको नया प्याकेज ल्याएर आन्तरिक तथा वाह्य पर्यटकलाई लोभ्याउने प्रयासमा लाग्नुभएको छ ।
एक बर्ष अगाडि धनकुटा नगरपालिका वडा नं. ११ तमोर नदीको किनारमा पाहुनालाई लोभ्याउनकै लागि सुत्नका लागि कोठाका अलावा टेन्टको समेत व्यवस्था गर्नुभएको छ भने नजिकै क्याम्प फायर अर्थात दाउराको आगो बालेर आगो ताप्ने व्यवस्थासंगै विभिन्न परिकारका खानाको व्यवस्था समेत संगै मिलाउनुभएको छ ।
विशेष गरी क्याम्प फायरको नामले चिनिने यस स्थानमा अहिले नेपालका विभिन्न स्थान र भारतका सिलुगढी, दार्जिलिङ्ग, सिक्कम, विहार लगायतका बा्हय पर्यटकहरु यहा आएर रमाउने गरेको सञ्चालक मोहन वान्तवाले बताउनुभयो । पत्रकार महासंघ धनकुटाका पूर्व सभापति समेत रहनु भएका वान्तावाले नाफामुखी भन्दा पनि धनकुटालाई पर्यटकीय स्थलको रुपमा विकास गर्न पूर्वमै पहिलो पटक क्याम्प फायरसहितको प्याकेजको सञ्चालन गरेको बताउनुभयो । यसले यस स्थानको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास उहाको छ ।
त्यहा बस्ने पर्यटकलाई क्याम्प फायर र टेन्टको बास मात्र हैन धनकुटामै उत्पादन भएको सुद्ध आर्गनिक तरकारी, प्राकृतिक मनोरम दृश्य, स्थानीय तमोर खोलामा पाउने ताजा माछाको परिकारका साथै आफै नै फिसिङ गर्न पाउने, स्थानीय फलफलका सुद्ध अल्कोहलका साथै प्राकृतिक दृश्यावलोकन र तमोर नदीको दृश्यवलोकन समेत गर्न सकिने किसिमको पार्क रहेको छ ।
त्यहा आउने पर्यटकहरुसमेत यसले पूर्वाञ्चलको पर्यटकीय प्रवद्र्धनका लागि नया आयाम थप्ने विश्वास गर्छन । धनकुटाबाट नै त्यस स्थानमा बास बस्न आउनु भएका पत्रकार सञ्जयसन्तोषी राईले यसका अलावा नेपालीका मौलिक संस्कृति झल्किने किसिकका अरु पनि कुरा समावेश गर्न सके पर्यटनको विकासमा सुनमा सुगन्ध थपिने विश्वास व्यक्त गर्नुभयो ।
धनकुटामात्र हैन अन्य स्थानकाले समेत सञ्चालक वान्तावाको यो प्रयासलाई सह्रानीय मानेका छन् । नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरेले घुम्न आउने पर्यटकहरु नया नया कुराको स्वाद र स्थानको परिकल्पना गरेर आउने गरेका कारण क्याम्फ फायरिङ गर्ने, राति टेन्टमा सुत्ने, तमोर खालाको माछा मार्न पाउने जस्ता नया प्याकेजले पक्कै पनि पर्यटन आगमनमा बढावा पुग्ने बताउनुभयो ।
करिब २ करोडको लगानीमा सञ्चालन भएको यो प्रकृतिको व्यवसायलाई भविष्यमा पर्यटकको इच्छा र आकांक्षा अनुरुप व्यवस्थित गर्दैै लाने सञ्चालक वान्तवाको भनाई छ । पूर्वमै पहिलो पटक थालिएको यो रिसोर्टले पूर्वको पर्यटक प्रवद्र्धनमा एउटा भएपनि इटा थपिने विश्वास पर्यटन व्यवसायीहरुले अपेक्षा गरेका छन् । नया नया सोचका साथ अगाडि बढेका पर्यटन व्यवसायीहरुको सहयोगमा नेपाल पर्यटन बोर्ड, नेपाल सरकारले सहयोग गर्ने हो भने कामको खोजीमा वैदेशिक रोजगारीमा जाने युवाहरु स्वदेशमै आत्मनिर्भर बन्ने र स्थानीय पर्यटन प्रवद्र्धनको विकास हुनेमा दुई मत नहोला ।
