धरान धरानमा भइरहेको १३ औं सडक उत्सवको अवसरमा आयोजित रस्सी तान प्रतियोगिताको विजेता फिटनेश क्लब धरान भएको छ ।
सोमबार धरान २ सिंहदेवी लाइनमा आयोजना भएको सो प्रतियोगितामा सहभागी ४ टिमलाई पछि पार्दै फिटनेश क्लब धरान विजयी बनेको हो । क्लबले फाइनलमा धरान फिटनेश फ्याक्टूीलाई पछि पार्दै जित हात पारेको हो जितसंगै क्लबले २५ केजी बराबरको खसी सहित प्रमाणपत्र हात पारेको छ भने उपविजेतामा चित्त बुझाएको फिटनेश फ्याक्टूीले ३ केजीको भाले र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
अत्यन्तै रोमाञ्चक प्रतियोगितामा धरान किचन, सशस्त्र प्रहरी वेस क्याम्प, धरान फिटनेश फ्याक्टूी र फिटनेश क्लब धरानले प्रतिष्पर्धामा भाग लिएका थिए । विजेता फिटनेश क्लब धरानले सशस्त्र प्रहरी वेस क्याम्पलाई जित्दै फाइनलमा प्रवेश गरेको थियो भने उपविजेतामा चित्त बुझाएको धरान फिटनेश फ्याक्टूीले धरान किचनलाई पछि पार्दै फाइनलमा प्रवेश गरेको थियो ।
विजेता तथा उपविजेतालाई होटल एसोसिएन अफ धरानका अध्यक्ष सुवर्ण श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो ।
त्र
