धरान÷नेपाली काँग्रेस सुनसरीका सभापति राजीव कोइरालाले जिल्ला कार्यसमितिलाई विधानले दिएको अधिकार प्रयोग गरी थप जिल्ला सदस्यहरु मनोनित गर्नुभएको छ ।
गत हप्ता विस्तार गरिएको जिल्ला कार्यसमितिमा सुनसरीका ६ वटै क्षेत्रबाट सदस्यहरु मनोनयम गरिएको सभापति
कोइरालाले बताउनुभयो । सभापति कोइरालाका अनुसार सुनसरी क्षेत्र न. १ बाट चन्द्र नेपाल, अलिम अन्सारी (सत्रुघन) गोविन्द दर्नाल र मोहन बस्नेत रहनु भएको छ । मनोनित नेपाल र दर्नाल जिल्ला कार्यसमितिको पूर्ण सदस्य हुनुहुन्छ भने अन्सारी र बस्नेत आमन्त्रित सदय रहनु भएको छ । दर्नाल दलित कोटाबाट जिल्ला कार्यसमितिको सदस्यमा मनोनित हुनु भएको सभापति कोइरालाले जानकारी दिनुभयो ।
यसैगरी सुनसरी क्षेत्र नं. २ बाट रुपा कार्की, पृतनारायण चौधरी, क्षेत्र नं. ३ बाट दुर्गा दंगाल, क्षेत्र ं. ४ बाट बाल सुधार परियार, मजलुम अन्सारी, आमोद आचार्य, क्षेत्र नं. ५ बाट भिखारी मण्डल, अब्बास अन्सारी, ब्रम्हदेव पटेल, क्षेत्र नं. ६ बाट बाबुराम विष्ट, टिका कटुवाल रहनु भएको छ । आगामी हुन लागेको स्थानीय, प्रदेश र केन्द्रीय स्तरको निर्वाचनलाई ध्यानमा राखेर संगठनलाई अझ सुदृढ गर्ने उद्देश्यले जिल्ला कार्यसमिति विस्तार गरिएको सभापति कोइरालाले प्रष्टयाउनुभयो ।
