पछिल्लो केही समय यता अर्थात २०६२÷०६३ को जनआन्दोलनपश्चात नेपाली जनताले दलका नेता, मन्त्रीलाई जानेर होस् या नजानेर आÏना आक्रोसहरु पोख्न थालेका छन् । नेपाली जनताका नजरमा यतिबेला सर्वाधिक मन नपराइएका मानिस कोही छन् भने ती हुन् राजनीतिक दलका नेता, मन्त्री, तिनका कार्यकर्ता ।
यस मुलुकमा आफूलाई ठान्ने नेताहरु पुष्पकमल दाहाल,
बाबुराम भट्टराई, झलनाथ खानल, रामचन्द्र पौड्याल, माधवकुमार नेपाल लगायत आधा दर्जनले जनताको झटरो खाइसकेका छन् अर्थात जनताले उनीहरुलाई चट्कन हानेर होस् या त जुत्ता हानेर होस् बजाइसकेका छन् ।
झण्डै दश बर्ष यता जनताको नाममा झुठको खेती गरेर केवल आÏना लागि कमाउ धन्दामा मात्र लागेका राजनैतिक पार्टीले मुलकुलाई पचास बर्ष पछाडि धकेली सकेका छन् । नेता मोटाउने, जनता दुब्लाउने र देश तहस नहस बनाएकै कारण जन आक्रोस उनीहरुप्रति आक्रमक भएर खनिन थालेको छ आज कुनैपनि सत्तासीन होस् वा प्रतिपक्ष होस् खुल्ला रुपमा जनताबीच जान सक्ने अवस्थामा छैनन् । सुरुक्षाकर्मीको घेराभित्र उनीहरु बाहिर निस्किन्छन् अनि सुरक्षा
घेराभित्रै उनीहरु फर्कन्छन् । नेताहरु, सरकार कसैकाप्रति जनताको अलिकति पनि सहानुभूति देखिदैन ।
यसको पछिल्लो कडीको रुपमा ऊर्जामन्त्री जनार्जन शर्मालाई लिन सकिन्छ । बडो तामझामका साथ राज्यको ढुकुटी दोहन गर्दै अर्घाखाँची महोत्सव उदघाटन गर्न सन्धीखर्क पुगेका मन्त्री शर्मालाई स्थानीय जनताले जुत्ता, चप्पल, ढुंगा, मुढाले स्वागत गरे । उनलाई
सुरक्षाकर्मीले कडा सुरक्षा दिएर हेलिकोप्टरबाट काठमाण्डौ पठाउनु परेको थियो । स्थानीयले गरेको ढुंगामुढाबाट शर्माको टोउकोमा चोट लागेर रगत बगेको थियो । शर्माको सुरक्षा गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । आखिरी मन्त्री शर्मामाथि स्थानीयले आक्रमण गरी किन त्यहाँबाट भगाए त ? एउटा दलको नेताले आफूमाथि आक्रमण हुँदा विपक्षी दल तथा त्यसका कार्यकर्ता हो भनेर आरोप लगाउने अवस्था पनि त्यहाँ देखिएन । कार्यकक्रम स्थलमा सत्तासीन माओवादी केन्द्र, सत्तासीन नेपाली काँग्रेस, विपक्षी एमाले, सत्तासीन राप्रपा, जनमोर्चाका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । मन्त्री शर्मालाई आक्रमण गर्ने अग्रपंक्तिमा माओवादी केन्द्रकै कार्यकर्ता थिए ।
मधेशवादी दललाई रिझाउन सत्ताधारी दलले पाँच नम्बर प्रदेशलाई पहाड र तराईबाट अलग गर्ने दुष्प्रयास गरेकै कारण त्यस क्षेत्रका जनता आक्रोसित हुँदै आन्दोलनमा उत्रिएको लामो समय भइसकेको छ । सघीयता नै नचाहिने, पुन सरचना नै नचाहने जनतालँई उनीहरुका भावना विपरीत सरकारले कामलाई अगाडि बढाएकोले र त्यसदिन मन्त्री शर्माले पत्रकार सम्मेलनमा अर्घाखाँची, पाल्पाका जनतालाई
राजधानी पोखरासम्म पुग्ने सुरुङ्ग मार्ग बनाइदिन्छौ भनेर पत्याउनै नसकिने हावा गफ गरेकोले पनि स्थानीयलाई आक्रोसित बनाएको थियो । वास्तवमा भन्ने हो भने नेपाली जनताले संघीयता चाहेकै छैनन् । संघीयता र राज्य पुन सरचनाका नाममा रकार आफै जनतालाई आन्दोलित बनाइरहेको छ । आज राज्य पुन सरचनाका नाममा ऐतिहासिक स्थलहरुको पहिचान मेटाउन खोजिदैछ । कुनैपनि काम जनचाहना अनुरुप हुनुपर्छ । जनताको भावना नबुझी गरिएका कार्य अहिले मात्र नभएर कालान्तरमा गएर प्रत्युत्पादक हुन्छ । कुनै एक ठाउँको भुभाग छुट्याएर अर्को ठाउँमा गाँभेर नामाकरण गर्दैमा समृद्धि हुने होइन । जनताको जीवनस्तर उकासिने होइन । यसले त झन लथालिंग अवस्था सिर्जना गर्छ ।
