दुई साता वित्दासमेत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति हुन सकेन नालायक सरकारका कारण कर्मचारीको तलब, विद्युत, खानेपानी महसुलस“गै आवश्यक खरिद प्रक्रिया ठप्प

धरान÷मुलुककै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय स्तरको नन्प्राक्टिसिङ्ग मेडिकल कलेज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नेतृत्वविहीन भएको दुई साता वितिसकेको छ ।
नालायक सकारकाकै कारण समयमै उपकुलपति नियुक्ति हुन नसक्दा कार्यरत कर्मचारी, शिक्षकहरुले समयमै तलब खान पाएका छैनन् भने विद्युत महसुल, खानेपानी महसुल र अस्पताल तथा शिक्षातर्फको अत्यावश्यकीय खरिद प्रक्रिया सबै ठप्प भएको छ ।
हैसियत नै नभएका प्रतिष्ठानको हितमा कहिल्यै काम नगरेका तर पद हत्याउने ध्याउन्नमा विटो बोकेर लिगलिगे दौडमा केन्द्र धाउनेहरुको प्रभावमा सम्बन्धित मन्त्री नै बार्गेनिङ्गको धन्दामा लागेका कारण प्रतिष्ठानमा उपकुलपति नियुक्तिमा ढिलाई भएको प्रतिष्ठानका कर्मचारीहरु बताउँछन् । आफनो नाम उल्लेख नगर्ने शर्तमा प्रतिष्ठानमा कार्यरत एक अधिकृत
स्तरका कर्मचारी भन्छन्, दुई साता वितिसक्यो, प्रतिष्ठानमा उपकुलपति नभएको कारण कर्मचारीले तलब खान पाएका छैनन् । प्रतिष्ठानमा हाल १ हजार ६ सय ३४ जना कर्मचारी कार्यरत रहेका छन् । उनीहरुका लागि मासिक ११ करोड तलब भत्तामा जान्छ । नेपाल विद्युत प्राधिकरणको भुक्तानी समयमै बुझाउन नसक्दा थप जरिवाना बुझाउनुपर्छ । प्रतिष्ठानले प्राकिरणलाई डेडिकेटेड लाइन अन्तर्गत मासिक १ करोड बुझाउदै आएको छ । यसैगरी खानेपानीको भुक्तानी समेत गर्न सकेको छैन ।
प्रतिष्ठानले समयमै उपकुलपति पाउन नसक्दा विस्तारै सबै कुराको अभाव हुन थालेको शिक्षाध्यक्ष प्रा.डा. विक्रम श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो प्रतिष्ठानमा अभाव शुरु भइसक्यो । कार्यरत शिक्षक कर्मचारीले दुई चार दिन धैर्य गर्लान् तर अधिक समय धैर्य गर्न सक्दैनन् । समग्रमा भन्नुपर्दा हरेक काममा विस्तारै बाधा शुरु भइसकेको छ । उहाँले भन्नुभयो, पौष २८ गते नै हामीले प्रधानमन्त्री कार्यालयमा अर्को व्यवस्था नभएसम्मका लागि दैनिक कार्यहरु सुचारु गर्नका लागि अधिकार प्रत्यायोजन गर्नका लागि Ïयाक्स मार्फत आग्रह ग¥यौं । प्रधानमन्त्री कायालयका कट्टेल थरका एक सचिवले पहिला हामी चाँडै उपकुलपति नियुक्ति गर्छौ भन्नुभयो ।
अन्यत्र झै प्रक्रियामा जाँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति गर्न केही महिना लाग्ने प्रतिष्ठानकै कर्मचारी बताउँछन् । उपकुलपतिका लागि पहिला विज्ञापन गर्नुप¥यो, फर्म भर्नुप¥यो । पाटन मेडिकल कलेज कर्णाली मेडिकल कलेज,
पोखरा मेडिकल कलेजमा यसैगरी पहिला विज्ञापन निकालियो र पछि फर्म मर्न लगाइयो । प्रतिष्ठानको सम्बेदानीलतालाई ध्यानमा राखेर प्रक्रिया थाल्दा पनि छिटो गर्नुपर्ने हो तर हालसम्म विज्ञापन नै नगरिएको उपकुलपति नियुक्तिमा ढिलाइ हुने देखिएको शिक्षाध्यक्ष प्रा.डा. श्रेष्ठको कथन छ । पछिल्लो पटक विकृतिपूर्ण राजनीतिका कारण मन्त्री तथा नेताहरुको सम्पर्कमा पुगेका प्रतिष्ठानका एक आध कर्मचारीहरु केही निकम्बा विभागीय प्रमुख जसलाई प्रतिष्ठानले जिम्मेवारीपूर्वक काम नगरेको भन्दै हँटाएको थियो , तिनैलाई उपकुलपति बनाउन लागिपरेका छन् । प्राध्यापक डा. सि.एस. अग्रवाल, प्रा.डा. वि.एन. यादव, प्रा.डा. राजकुमार रौनियार यही बोकाइको श्रेणीमा पर्छन् ।
एकाधबाहेक सम्पूर्ण कर्मचारी तथा शिक्षक विभाग सम्हाल्न नसक्ने, विभागलाई लथालिंग बनाउनेलाई उपकुलपति पदको जिम्मेबार दियो भने प्रतिष्ठान पुनः पाँच बर्ष अगाडिकै अवस्थामा फर्कने कर्मचारीहरु बताउँछन् । पाँच बर्ष अगडि प्रतिष्ठानमा सञ्जयकोष, नागरिक लगानी कोष, कर, आपूर्तिकर्ता तथा
ठेकेदारलाई भुक्तानी दिनुपर्ने रकम करिब ४६ करोड दायित्व रहेकोमा हाल उक्त
रकम चुक्ता गरी कुनैपनि भुक्तानी दिनुपर्ने दायित्व रहेको छैन । शिक्षक, कर्मचारीको पेन्सन उपदानमा १० करोड ऋण चुक्ता गरी करिब १६ करोड ३६ लाख रकम जम्मा भएको छ । वेरुजु फस्र्यौटको २५ प्रतिशत अवस्थाबाट सुधार गरी ४९ प्रतिशत पु¥याइएको छ । अस्पताल र शिक्षातर्फ उल्लेखनीय रुपमा सुधार
गरिएको छ । यो सबै पाँचबर्ष यता अर्थात निवर्तमान उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दशकै कार्यकालमा सम्भव भएको हो । हाल उपकुलपतिबाट सेवा अवधि पूरा गरे पनि प्रतिष्ठानकै फर्माक्लोजी विभागको जिम्मेवारी सम्हालेर बस्नु भएका दाशलाई नै उपकुलपति बनाउनुपर्नेैमा एक आध बाहेकका सम्पूर्ण कर्मचारीहरु एक मत देखिएका छन् ।

तपाईको प्रतिक्रिया