उपकुलपति प्रा.डा. बीपी दशको विदाई

धरान÷आÏनो पाँचबर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दाशलाई सोमबार प्रतिष्ठानमा आयोजित एक भव्य कार्यक्रमका बीच विदाई गरिएको छ ।
प्रतिष्ठानका पदाधिकारी, शिक्षक, चिकित्सक, अध्ययनरत विद्यार्थी, कार्यरत कर्मचारी तथा धरानका प्रवुद्ध व्यक्तिहरुको समुपस्थितिमा उहाँको विदाई गरिएको थियो ।
उपकुलपतिबाट सेवा अवधि
पूरा भएलगत्तै आÏनै डिपार्ट फर्माक्लोजी विभागमा काम गर्न थाल्नुभएका दाशको विदाई समारोहमा शिक्षाध्यक्ष, अस्पताल प्रमुख, कुल सचिव, धरानका महिला सञ्जालले खादा ओढाई माला लगाइदिएका थिए । सो अवसरमा बोल्दै शिक्षाध्यक्ष प्रा.डा. विक्रम श्रेष्ठले भन्नुभयो, दाशको कार्यकालमा प्रतिष्ठानले धेरै ठूलो उपलब्धी हाँसिल गरेको छ । सबैलाई थाहा छ पाँचबर्ष अगाडि शिक्षक, कर्मचारीले तलब खान पनि अर्को महिना कुर्नुपथ्र्यो । आज त्यस्तो अवस्था छैन । यो पाँचबर्षको अवधिमा विद्यार्थीका लागि पर्याप्त कक्षा कोठाहरु, ल्याब नभएका कारण अध्ययन अध्यापनमा भइरहेको कठिनाईलाई उहाँकै पहलमा भारत सरकारको सहयोगमा कलेज भवनको निर्माण, प्रतिष्ठानमा थप जिपी होस्टल, २९ कोठाको आधुनिक गेष्ठ हाउस, ए टाइप र ई टाइपका शिक्षकहरुको आवासीय भवन निर्माण भएको छ । ऋणात्मक आर्थिक अवस्थालाई विस्तारै सुधार गरी सुदृढ बनाउन सफल हुनुभएको हो ।
राम्रो कामको हामीले प्रसंसा गर्नुपर्छ भन्दै शिक्षाध्यक्ष प्रा.डा. श्रेष्ठले भन्नुभयो, सञ्चयकोष, नागरिक लगानी कोष, कर, आपूर्तिकर्ता, ठेकेदारको भुक्तानी दिनुपर्ने रकम करिब ४६ करोड दायित्व रहेकोमा हाल सबै चुक्ता गर्न सफल, शिक्षक, कर्मचारीको पेन्सन, उपदान कोषमा १० करोड मुद्दति खातामा रहेको पनि ऋण लिएको अवस्था थियो, हाल १० करोड ऋण चुक्ता गरी १६ करोड ३६ लाख जम्मा गर्न सफल ब्लड बैंकको स्थापना, सर्जिकल, आइसिसियु, पेडियाट्रिक, इमरजेन्सी वार्ड, एन्टिनेटल वार्डको विस्तार, प्रोस्थोडोन्टिक्स तथा इम्लान्ट ल्यावको स्थापनाले गुणस्तरीय सेवा सर्वसधारणले पाएका छन् । उहाँकै प्रयासमा ४ सय शैøयाको मातृ शिशु स्वास्थ्य केन्द्र, दुई सय बेडको कार्डियोलोजी र दुई सय बेडको क्यान्सर केन्द्रको निर्माण शुरु भएको पनि प्रा.डा. श्रेष्ठले प्रष्ट पार्नुभयो । शैक्षिक अनुसन्धान तर्फ पनि प्रतिष्ठानले पाँच बर्षको अवधिमा ठूलो प्रगति गर्न दाशको कार्यकालमा सफल भएको पनि उहाँले बताउनुभयो ।
यसैगरी अस्पताल प्रमुख प्रा.डा. अरविन्द प्रसाद सिन्हाले भन्नुभयो उहाँको कार्यकालमा प्रतिष्ठानले उल्लेखनीय प्रगति गरेको छ । उहाँको अथक प्रयासले नै प्रतिष्ठान सस्टेन भएको छ । यस्तै कुल सचिव तुलबहादुर श्रेष्ठले भन्नुभयो उहाँसँगको मेरो अढाई बर्षे बसाईमा चारजना पदाधिकारीलाई सदैव प्रोत्साहन दिने गरेको अनुभव सुनाउनु भयो । हामीले सदैव प्रतिष्ठानको हितमा काम गर्नुपर्छ भन्नुभयो । उपकुलपतिबाट विदा लिएपनि उहाँले पौष २२ गतेदेखि आफ्नो फर्माक्लोजीकलको पदीय जिम्मेवारी सम्हाल्नु भएको यो ठूलो कुरा हो ।
सो अवसरमा केही भावुक हुँदै उपकुलपतिबाट विदाई लिनुभएका प्रा.डा. दाशले भन्नुभयो मैले कहिल्यै पनि भिसी बन्छु भनेर कल्पना सम्म गरेको थिइन । म एउटा साधारण
परिवारमा जन्मिएको हुँ । मेरो परिवारमा कक्षा ८ भन्दा माथि कसैले पढेका छैनन् । तर मेरो बुबा आमा असाधारण हुनुहुन्थ्यो, उहाँहरुकै प्ररणाले मैले पढ्न सकेँ । मैले प्रतिष्ठानमा जहिल्यै पनि इमान्दारितार्पुवक, धैर्यतापूर्वक काम
गरे । उपकुलपतिको रुपमा मैले धेरै अप्ठेरो अवस्थामा काम गरेँ, यसका लागि मेरा सबै टिमले मलाई साथ दिनुभयो । आज म सफल हुनुमा सबैको साथ र सहयोगले नै हो । उहाँले भन्नुभयो, मैले वाल्यकालमा राम्ररी खान पनि पाइनँ तर सबैको साथ र सहयोग पाएकोले प्रतिष्ठानलाई यो अवस्थामा ल्याएँ । उहाँले भन्नुभयो, उमेर हद पश्चातमात्र प्रतिष्ठान छाड्छु । भोलि जो भिसी भएर आएपनि मेरो पूर्ण सहयोग रहने छ । आज प्रतिष्ठानको आर्थिक अवस्था अत्यन्तै राम्रो छ । एकाडेमी क्लास समयमा नहुने, रिजल्ट समयम नुहने, प्रश्न समयमा नजाने अवस्था थियो । तर आज त्यस्तो अवस्था छैन । सबै क्यालेन्डर अनुसार हुन्छ । सो अवसरमा कर्मचारी कल्याण समाजका बरिष्ठ उपाध्यक्ष उमेश थापा, विद्यार्थी कल्याण समाजका अध्यक्ष पैयुँ चौधरी, शिक्षण कल्याण समाजका महासचिव लगायतले उपकुलपति दाशको कार्यकालमा प्रतिष्ठानले ठूलो उपलब्धी हाँसिल गरेको बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया