धरान÷नेपाल भारतको मैत्रीको प्रतिकको रुपमा रहेको राजधानी बाहिरकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय स्तरको नन् प्राक्टिसिङ्ग मेडिकल कलेज बीपी
कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभागीय प्रमुखहरुको समेत जिम्मेवारी सम्हाल्न नसक्नेहरु यतिबेला उपकुलपति बन्नकालागि बिटो बोकेर राजधानी दौडिएका छन् ।
त्यसरी राजधानी दौडिनेहरुमा पछिल्लो पटक विभागीय प्रमुखहरुबाट समेत हँटाइएका प्रा.डा. चन्दशेखर अग्रवाल, रेडियोलोजीका प्रा.डा. राजकुमार रौनियार, फरेन्सिकका प्रा.डा. विएन यादव सबैभन्दा अगाडि देखिएका छन् । यद्यपि दौडमा प्रा.डा. प्रल्हाद कार्की, प्रा.डा.संगीता भण्डारी, प्रा.डा. पारस पोख्रेल, प्रा.डा. निलाम्बर झा बिटो बुझाएर उपकुलपतिको दौडमा नभएको कर्मचारीहरुको बुझाई छ ।
प्रतिष्ठानमा पौष २० गतेदेखि उपकुलपति रिक्त भएको छ । उपकुलपतिको पाँचबर्षे कार्यकाल सफलतापूर्वक पूरा गर्नु भएका प्रा.डा्. बीपी दाशको कार्यकाल समाप्त हुनु ६ महिना अगाडिदेखि नै विभागीय प्रमुखहरु विभिन्न स्रोतमार्फत सम्बन्धित मन्त्रीलाई भनसुन गराउने, विभागलाई लथालिग छोडेर राजधानी बस्ने गदैै आएका थिए । कर्मचारीहरु भन्छन्, पाँचबर्ष अगाडि कर्मचारीलाई तलब समेत खुवाउन नसक्ने अवस्थामा पुगेको प्रतिष्ठानलाई आजको अवस्थामा ल्याउन निवर्तमान उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दाशले ठूलो मेहनत गरेको मान्नुपर्छ । उनीहरुको कथन छ, प्रतिष्ठानलाई अझ सवल र सक्षम बनाउन थप एक कार्यकाल दाशलाई नै उपकुलपति बनाउनुको विकल्प छैन ।
यहाँ सबैभन्दारोचक कुरा छ के छ भने प्राडा. सिएस अग्रवाललाई उपकुलपति बनाउन धरानका केही व्यवसायी यतिबेला हात धुएर केन्द्रका सम्बन्धित व्यक्ति रिझाउने धन्दामा लागेका छन् । यस कुराको खुलावा स्वयम् सिएस अग्रवालले समेत गरिसकेका छन् । उनले ती व्यवसायीले आफूलार्ई भिसी बनाउन धेरै पैसा खर्च गरिसकेको समेत बताएका छन् । प्रतिष्ठानका एक कर्मचारी आफ्नो नाम उल्लेख नगरिदिने शर्तमा भने, सिएस अग्रवालले कहिल्यै प्रतिष्ठानको हितमा काम गरेनन् । सर्जरी विभागको प्रमुख छँदा ल्याव टेष्ट गर्न समेत विरामीलाई प्रतिष्ठानभन्दा
बाहिरकै ल्यावमा पठाउने, तोकिएको औषधि पसलबाट अौषधि नल्याए फालिदिने, अतिरिक्त आम्दानी हुने भएकोले पेइङ्गभन्दा बाहिर कहिल्यै सल्यक्रिया नगर्ने, आफनो विभागको सुधारमा कहिल्यै ध्यान नदिने सिएसलाई उपकुलपति बनाउनु प्रतिष्ठानलाई पाँच बर्ष अगाडिकै अवस्थामा पु¥याउनु हो । प्रतिष्ठानमा ल्यावटेष्टको सम्पूर्ण अत्याधुनिक उपकरण छँदाछँदै बाहिर पठाएर प्रतिष्ठानको आम्दानीमा असर पु¥याएकै कारण बाध्य भएर प्रतिष्ठानले बाहिरका ल्याव टेष्टलाई मान्यता नदिने निर्णय गर्नुपरेको थियो । यद्यपि उक्त निर्णय विपरीत अग्रवालले धरान भन्दा बाहिर विर्तामोडसम्म ल्याव टेष्टका लागि विरामीहरुलाई पठाउने गरेको र त्यसवापत कमिशन लिने गरेको ती कर्मचारीले बताए ।
अर्कोतर्फ रेडियोलोजिष्ट विभागका पूर्व प्रमुख रहेका प्रा.डा. राजकुमार
रौनियकारले समेत आफनो विभागलाई सुधार गर्नेतर्फ कहिल्यै ध्यान नदिएको अर्का कर्मचारीको कथन छ । प्रतिष्ठानमा यतिबेला रेडियोलोजिष्ट विभाग सबैभन्दा कमजोर रहेको छ । प्रतिष्ठानले के कति पैसा चाहिन्छ, कुन कुन उपकरण ल्यानुपर्छ भनेर बारम्बर तागेता गर्दा पनि प्रा.डा. रौनियारले विभाग सुधार्न कहिल्यै ध्यान दिएनन् । यहाँसम्मकी विभागमा आउने पाहुनाहरु, कर्मचारीहरुका लागि प्रतिष्ठानले दिने चिया खर्च समेत रौनियारले कहिल्यै खर्च नगरेको अर्का कर्मचारी बताउँछन् । रौनियारलाई उपकुलपति बनाउन उनका दाजु
गौरीशंकर रौनियार काठमण्डौमा शक्तिकेन्द्र धाइरहेका छन् । स्वयम् प्रा.डा. रौनियारसमेत विभागै छोडेर राजधानी बसिरहेका छन् । अरु केही विभागीय प्रमुखहरु समेत उपकुलपतिको लिगलगे दौडमा यतिबेला राजधानीको शक्ति केन्द्रहरुमा धाइरहेका छन् । आफ्नो विभाग समेत सुधार गर्न नसक्नेहरु उपकुलपतिको दौडमा रहनु गजबकै चर्तिकला देखिएको अर्का कर्मचारीको कथन छ ।
