यातायात व्यवसायीको बन्द फिर्ता

धरान÷सरकारले आफ्ना मागहरु सुनुवाई नगरेको भन्दै यातायात व्यवसायीले गर्ने भनिएको बन्दको कार्यक्रम हाललाई फिर्ता लिएको छ ।
सांकेतिक रुपमा सोमबार बन्द गर्ने र माघ ३ गतेदेखि पूर्वाञ्चलभरि नै अनिश्चित यातायात बन्द गर्ने घोषणा शनिवार उनीहरुले पत्रकार सम्मेनमार्फत जानकारी गराएका थिए । उनीहरुले आफना दश सुत्रीय माग पूर्व क्षेत्रीय प्रशासन कार्यालय मार्फत सरकारलाई बुझाएका थिए । यसैगरी यातायात व्यवसायीहरुले पूर्व क्षेत्रीय प्रहरी, जिल्ला प्रशासन कार्यालय, पूर्व क्षेत्रीय ट्रफिक कार्यालय,
राजनीतिक दल, नागरिक समाज सबैलाई बोधार्थ समेत दिएका थिए ।
यता जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडयालको आग्रहमा भएको वार्तापश्चात व्यवसायीहरुको आन्दोलन पन्द्र दिनका लागि पर सरेको छ ,। मुलुकको वर्तमान राजनैतिक तरलताको अवस्थालाई ध्यानमा राखेर व्यवसायीहरुसँग वार्ता
गरी माग पूरा गर्न गृहमन्त्रालयको निर्देशन भएपछि सरोकारवालाहरुसँग वार्ता गरी १५दिनको समय माग गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरी स्रोतले जनाएका छ । सार्वजनिक सिद्धार्थ यातायात व्यवसायी संघका अध्यक्ष धुव्रराज घिमिरेले दिनुभएको जानकारी अनुसार व्यवसायीहरुले कोशी अञ्चल यातायात व्यवस्थापन समितिको पूर्व सहमति विना मेची र नारायणी अञ्चलका यातायात व्यवस्था कार्यालयले कोशी अञ्चलका पहाडी रुटमा गाडी सञ्चालन गर्न नपाउने,
राष्ट्रिय र सहायक लोकमार्गमा व्याट्रीबाट सञ्चालन हुने सवारीहरुको सञ्चालनमा पूर्ण रोक लगाउनुपर्ने, निजी र व्यवसायिक सवारीहरु द्रुत गतिमा बढिरहेकोले त्यसका लागि थप सवारी दर्ता कार्यलाई निश्चित समयसम्मका लागि रोक लगाउन यातायात व्यवसायीले माग गर्दै आएका थिए ।
अध्यक्ष घिमिरेले भन्नुभयो हाम्रो मागलाई वेवास्ता गरेकै कारण हामी यातायातसँग आवद्ध ८ वटा संघ संगठनले पूर्ण रुपले यातायात नै ठप्प पार्ने निर्णय लिएपछि प्रशासनले आइतबार वार्तामार्फत १५ दिनको समय मागेको छ । यसका लागि एक ६ सदस्यीय कार्य समिति समेत बनाएको छ । कोशी अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख नयनराज नेपालको अध्यक्षतामा गठन
गरिएको समितिमा सहायक प्रमुख जिल्ला अधिकारी, ट्राफिकका एसपी, जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी, यातायात व्यवसायीहरुको संलग्नता रहेको छ ।

तपाईको प्रतिक्रिया