धरान÷आन्तरिक राजस्व कार्यालय धरान सुनसरीले चालु आवको मंसिर मसान्त सम्ममा लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ ।
कार्यालयले मंसिर मसान्त सम्ममा विविध शीर्षकमा ८३ लाख २ हजार ४ सय ५२ रुपैयाँ राजस्व ंसंकलने गर्ने लक्ष्य रखेकोमा ९७ लाख १ हजर ७ रुपैया राजस्व संकलन गरेको छ । संकलित राजस्व लक्ष्यभन्दा ११६.६४ प्रतिशतले वृद्धि भएको हो ।
आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख धर्मेन्द्र कुमार मिश्राका अनुसार आव ०७३÷०७४ को मंसिर महिना सम्ममा सकलित राजस्व गत बर्षको सोही अवधिको तुलनामा वृद्धि भएको छ । राजस्व संकलन उत्साहप्रद देखियो । लक्ष्य भन्दा बढी राजस्व संकलनले हामीलाई उत्साहित बनाएको छ , प्रमुख मिश्राको कथन छ । कार्यलयले आन्तरिक तर्फबाट १९ लाख ४ हजार ५ सय ८१ लक्ष्य
राखेता पनि २४ लाख ९ हजार २ सय ४८, घरबहाल करवापत १७ हजार ७ सय ५० को लक्ष्य
रहेकोमा १८ हजार ९३, व्याज वापत २४ हजार ३ सय ९३ लक्ष्य रहेकोमा १८ हजार ७ सय २५, आन्तरिक राजस्व तर्फ ३५ लाख ६ हजार ८ सय १२ लक्ष्य रहेकोमा ३३ लाख ६ हजार ४ सय ७७ संकलन भएको छ । यसैगरी आन्तरिक विक्री वा उपयोगीतामाथिको करमाथि कार्यालयले २३ लाख १ हजार २ सय २८ संकलन गर्ने लक्ष्य राखेकोमा ३३ लाख ९ हजार ५ सय ४६ रुपैयाँ सकलन, स्वास्थ्य सेवाबाट ३ हजार ४ सय ३५ लक्ष्य रहेकोमा ३ हजार ८ सय ८, शिक्षाबाट ४ हजार १ सय ५३ सकलनको लक्ष्य रहेकोमा ५ हजार १ सय ११ रुपैयाँ कर संकलन भएको छ ।
