देशै लुटाहाको मुठ्ठीमा

नालायक, कर्तव्यच्युत, जनताको नाममा आफ्नो राजनीतिक उद्योग चलाउदै आएका नेपालका निकम्बा राजनैतिक दलहरुका
कारण मुलुक यतिबेला अत्यन्तै संगीन मोडमा पुगेको छ ।
समग्रमा भन्नुपर्दा देश यतिबेला लुटाहाको मुठ्ठीमा पुगेको छ । नेपालको इतिहासमा आज मुलुक जुन दुर्दान्त अवस्थामा पुगेको छ विगतमा कुनैपनि नेपालीले यस्तो अवस्था भोग्नुपरेको थिएन ।
अपराध मानिएको, कानुनले समेत बर्जित गरेका कार्यहरु यहाँ खुलेआम हुन थालेको छ । सरकारका हरेक निकाय यतिबेला घुसबिना चल्न सक्दैनन् । सेवाग्राहीसँग त्यस्ता कार्यलयका कर्मचारीहरु स–साना काममा समेत खुलेआम घुस माग्छन् । तिनै जनताले तिरेको
करबाट तलब, भत्ता, इन्धन, आवास, यातायात लगायत सम्पूणर््ा सेवा सुविधा भोग गर्नेहरु तिनै जनताबाट घुस खाइरहेका छन् ।
मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, नगरपालिका, जिल्ला विकास समिति, वन कार्यालय, भूमिसुधार कार्यालय, राजस्व कार्यालय आदिमा खुलेआम घुस मागिन्छ । केन्द्रमा रहेका सरकारी मन्त्रालयहरु त्यस्तै छन् । दुर दराजबाट सामान्य काम लिएर मन्त्रालय पुग्नेहरुले पहिल्यै घुसको लागि अग्रिम व्यवस्था गरेर जानुपर्छ । हुन त राजनैतिक दलहरुले यस मुलुकबाट आफ्नो सनातन हिन्दु धर्म युरो र डलरमा विक्री गरे भने सरकारी कार्यालयका कर्मचारीहरुले घुस लिए भन्दा के अनौठो मान्ने ? घुस यतिबेला भयावह भएको छ कि सरकारी कर्मचारीसँगै राजनैतिक दलका स्थानीय नेता तथा अन्य विचौलियाहरु संलग्न नभई हुदै हुदैन ।
हिजो भुक्के चप्पल लगाएर राजधानी छिरेका राजनैतिक दलका नेताहरुको आज आलिशान महल बनेको छ । प्रहरीका प्रत्येक अफिसरहरुको, नगरपालिकाका इन्जिनियर, अधिकृत, अन्य कार्यालयका
प्रमुख तथा इन्जिनियरहरुको राजानीमा आलिसान सुविधा सम्पन्न महलहरु ठडिएका छन्, यस्ता पात्रहरुले आफ्नो समपूर्ण सम्पत्ति जुन गलत ढगले आर्जन गरेका छन् ती सबै कि त आफ्ना नातेदर तथा श्रीमतिको नाममा राखेका छन् । यस देशमा मैले केही राम्रा काम गर्नुपर्छ, मुलुकको समृद्धिमा मेरो यागदान रहनुपर्छ भन्ने मान्यताको ठिक विपरीत लुट्नकै लागि मात्र मन्त्री भएको पाइन्छ । मन्त्री हुनुको मान्यता, कमचारी हुनुको अर्थ र राजनीतिमा दलाली गरेर आर्जन गर्न सकिने वास्तविकताले मुलुक जर्जर बन्दै गएको छ ।
आज राजनैतिक दल, तिनका लुटेरा कार्यकर्ता र कर्मचारीहरुको प्रवृत्तिबाट सम्पूर्ण सर्वसाधारण नेपाली अवाक भएका छन् । जसले लुट्न सक्यो, जसले निर्दोषलाई धम्क्यान सक्यो त्यही नै यहाँ आफूलाई सर्वेसर्वा ठान्छ । मर्ने मरिरहेको छ , लुट्नेले खुसियालीमा प्रत्येक दिन दिपावली मनाइरहेको छ । यो कस्तो अभिषाप हो ? अनि यिनै लुटेराहरुले राष्ट्रियताको नारा घन्काइरहेका छन् । सोझा सिँधा बुझेर पनि अबुझ बन्दै ताली पिट्न विवश छन् । भ्रष्टाचारलाई तह लगाउने एउटा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लंगडो बनाइएको छ । आयोगका प्रमुख आयुक्त लोकमनसिंक कार्कीले भ्रष्टहरुको मुटु ढयांग्रो बजाएका थिए । धेरै ठूला ठूला भ्रष्टहरु अख्तियारको घेरामा परिसकेका थिए । तर तिनै भ्रष्ट सांसद, मन्त्रीहरुको कोपभाजनको सिकार कार्कीले हुनुप¥यो । जनताको प्रतिनिधि हौं भन्ने सांसदहरुले रातो पासपोर्ट बेच्ने, दलालीको काम गर्ने, खुलेआम क्याविन रेष्टुरेन्टमा गएर अस्लिल हर्कत गर्नेहरुले नै कार्कीमाथि महाअभियोगको प्रस्ताव दर्ता गरेपछि यो मुलुकको अवस्था के होला ?

तपाईको प्रतिक्रिया