धरान÷बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विभागीय प्रमुखहरुलाई सिनेटको निर्णय कार्यान्वयन गरी हँटाउनासथ अन्यत्र काम गर्दै आएका विज्ञ चिकित्सकहरु प्रतिष्ठानमा आउन लालयित हुन थालेका छन् ।
केही दिन अगाडि लामो समयदेखि विभागीय प्रमुखको जिम्मेवारी सम्हालेकाहरुले आफ्नो विभागलाई विस्तार्र भन्दा पनि
अतिरिक्त आम्दानीका लागि तल्लिन रहने, उपकुलपतिलाई असहयोग गरेको कारण हँटाइएको थियो । त्यसरी हँटाईकाहरुमा सर्जरीका प्रा.डा. चन्द्रशेखर अग्रवाल, प्रसुति तथा स्त्री रोगका प्रा.डा शैलजा क्षेत्री, मेडिसिन विभागका प्रा.डा. प्रहलाद कार्की, रेडियोलोजिका प्रा.डा
आर.के रौनियार, फरेन्सीकका प्रा.डा. विएन यादव, बालरोगका प्रा.डा. गौरीशंकर साह रहेका थिए ।
विभागीय प्रमुखहरु हँटाइएपछि बीपीमा यतिबेला नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज तथा अन्यत्र काम गदेै
गरेका चिकित्सकहरु आउन थालेका छन् । आइतबारमात्र विगत आठ बर्षदेखि नोबेल मेडिकल कलेजमा रेडियोलोजिष्ट एसोसिएट्स प्रोफेसर डा. मनोज भट्टराईले नियुक्ति लिनुभएको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दाश भन्नुहुुन्छ, यो त अत्यन्तै खुशीको कुरा हो । पुराना विभागीय प्रमुखहरु छउन्ज्याल भएकाहरु पनि पलायन हुँदै गएका थिए । आफ्नो विभागमा नयाँलाई आउनै नदिने प्रवृत्ति थियो । उता कर्मचारी प्रशासन शाखाका प्रमुख उमेश कोइराला भन्नुहुन्छ, नोबेल, विराटमात्र नभएर अन्यत्रका विज्ञ चिकित्सकहरु समेत प्रतिष्ठानम आउने संकेत देखिएको छ ।

