दुहवी÷घरेलु कामदार हत्या प्रकरणलाई नगदमा क्यास गर्ने प्रयासमा समाजसेवी, प्राज्ञ तथा माउन्ट मनास्लु बोर्डिङ्ग स्कुलका सञ्चालक शंकर थापालाई फँसाउने सुनियोजित षड्यन्त्रमा प्रहरी लागेको भन्दै दुहवीका स्थनीय आक्रोसित भएका छन् ।
विगत दुई बर्षदेखि घरेलु कामदारका रुपमा थापाको घरमा काम गर्दैै अएकी ३५ बर्षीया पवित्रा विष्टको गत बुधबार हत्या भएको थियो । राम्ररी बोल्न समेत नसक्ने अपांग समेत रहेकी विष्टको हत्यामा थापाकै संलग्नता रहन सक्ने भन्दै प्रहरीले थप अनुसन्धान नै नगरी आÏनै जाहेरी दरखास्तमा आइतबार सात दिनको म्याद थप गरेको
छ ।
परिवारका अन्य सदस्य काठमाण्डौ रहेको र घरमा विद्यालय सञ्चालक थापा एक्लै रहेको अवस्थालाई आधार बनाएर प्रहरीले दोषी प्रमाणित गर्ने प्रयास गरिरहेको स्थानीय अमरदिप साहले बताउनुभयो । थापा दुहवीमा एउटा इज्जतदार र प्रतिष्ठित व्यक्तिको रुपमा परिचित हुनुहुन्छ । प्राइभेट बोर्डिङ्गहरुको संगठन प्याब्सन सुनसरीका पूर्व अध्यक्ष समेत रहनु भएका थापाले आफैले काम गर्न राखेको एक महिलाको हत्या गर्नैै सक्दैनन् साहले भन्नुभयो । प्रहरीले बाहिरका मानिसलाई अहिलेसम्म भित्र छिर्नदिएको छैन यो प्रहरीको ज्यादति हो । जबरजस्ती दोषी प्रमाणित गर्ने प्रयासमा प्रहरी लागेको देखियो साहको कथन छ ।
प्रहरीले घट्नालाई आफैै उत्तेजित बनाउन सेक्स स्क्याण्डललाई अगाडि सारेको छ । केही सञ्चार माधयमलाई हातमा लिएर दुहवी प्रहरीले त्यस प्रकारको स्क्यान्डल मच्चाएको प्रति सम्पूर्णै दुहवीबासी आक्रोसित भएका छन् । दुहवीका स्थानीय सम्पूर्ण आमा समूहले शनिवार प्रहरीका विरुद्धमा विशाल ¥याली समेत निकालेका थिए । स्थानीय शैलेश रौनियार भन्नुहुन्छ, प्रहरीले यतिबेला थापाको विरुद्धमा बोल्ने मान्छे खोजेर हिडिरहेको छ । यसका लागि उसले दर्जन भन्दा बढी सादा पोसाकमा प्रहरी समेत परिचलान
गरेको छ । तर अहिलेसम्म थापाको विरुद्धमा बोल्ने कोही नभेटिएपछि आÏनै जाहेरी
दरखास्तमा सात दिनको म्याद थप गरेको छ , उनले भने । पइ्रहरीले थापाको
रिपुटेशन, स्वभाव केही नहेरी एकोहोरो उल्टो काम गरिरहेको छ अर्का स्थानीयले भने । विष्टको हत्या हुनासाथ थापाले प्रहरी र आफन्तलाई अफैले खबर गरेका थिए । आफू सदैव ५ बजे मर्निङ्गवाकमा जाने गरेको र ६ बजे फर्केर आउँदा हत्या भएको थापाले आफ्नो प्रारम्भिक बयानमा बताएका थिए । उता प्रहरीले पोष्टमार्टमको रिपोर्ट नै नआई केही सञ्चारमाध्यमलाई पवित्राको पहिला घाँटी थिचेर हत्या गरेको र पछि धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रतिक्रिया दिनुले पवित्रा हत्याकाण्डमा प्रहरीले थापालाई जबरजस्ती फँसाउन खोजेको देखिन्छ ।
यसै सम्बन्धमा इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक शिव पोख्रेलसँग बुझ्दा उहाँले भन्नुभयो, पोष्टमार्टमको रिपार्ट आइसकेको छैन ।
रिपोर्ट आएपछि मात्र सबै कुरा प्रष्ट हुन्छ । तर तपाईले अन्य सञ्चारमाध्यममा पोष्टमार्टमको रिपोर्ट अनुसार पवित्रा विष्टको हत्या रातको १० देखि २ बजेसम्ममा भएकोले हत्यामा थापाबाहेक अर्कैको संलग्नता देखिदैन भनेर कसरी भन्नुभयो भन्ने जिज्ञासामा पोखेलले आफूहरुले त्यस्तो नभनेको प्रष्ट्याए । उनले भने कस्ले के लेख्छन्, कस्ले के लेख्छन् । हामीले त्यसो भनेकै छैनौं । पवित्राको हत्या भएको दिन घरमा भित्री कोठाका सामानहरु छरपष्ट भएको, थापाकी छोरी डा. नमु थापाको गरगहना र पैसा समेत चोरी भएको छ । आफ्नो सामानहरु
हराएको सम्बन्धमा प्रहरीमा जाहेरी दिन खोज्दा दुहवी प्रहरीले जाहेरी नै लिन नमान्नुले घट्नालाई थप रहस्यमय बनाएको छ । थापा मर्निङवाकमा जाँदा लुठेराहरुले लुट्ने नियतले विष्टाले प्रतिकार गर्दा विष्टको हत्या भएको हुनसक्ने प्रहरीले आफ्नो अनुसन्धानलाई हालसम्म अगाडि बढाएको छैन । अनुसन्धान फराकिलो हुनुपर्नेमा उसले अनुसन्धानलाई थापामाथि मात्र केन्द्रित गर्नुले प्रहरीको नियतमाथि नै आशंका जन्माएको छ ।
