भूपू सैनिकको हत्या गर्ने प्रक्राउ

इटहरी÷भारतीय सेनाबाट अवकाश प्राप्त इटहरी पूर्व सुन्दर दुलारी नगरपालिका वडा नं. ६ निवासी धनबहादुर गुरुङ्गको डाका समूहले हत्या गरेका छन् ।
घर छेउमा रहेको कृष्ण आयल ट्रेडर्समा लुटपाट गर्न आएका डाकाहरुको प्रतिकारमा उनको हत्या भएको स्थानीयले बताएका छन् । कृष्ण आयल ट्रेडर्सका गार्ड पुष्पप्रसाद सिग्देलका अनुसार
राति आएर एक्कासी बन्द सटर खोल भन्दै डाङडाङ डुङडुङ गर्न थाले । तेल हाल्न कोही आएको थियो भने त्यसरी सटरमा डाङडाङ डुङडुङ गर्नुपर्ने थिएन ।
अपशब्द प्रयोग गर्दै त्यसरी
सटरमा हान्न थालेपछि छतमाथि गएर हेर्दा रिक्सामा ५÷६ जनाको समूह देखियो । यिनीहरु डकैती गर्ने उद्देश्यले आएको महसुस गरी चिच्याउदै छतबाट पछिल्तिर हाम फालेको सिग्देलले बताए । १०÷१५ मिनेटमै वरपरका सबै गाउँले भेला भए । झण्डै आधा घण्टासम्म डाका समूह र स्थानीय बीचमा खेदाखेद चलेको पनि उनले सुनाए । पछि अन्य डाका राजमार्ग दक्षिणतर्फ भागेपनि एकजना उत्तरतर्फ भागेकोले प्रक्राउ गर्न जाँदा धनबहादुर गुरुङमाथि आक्रमण भयो । डाकाको आक्रमणबाट भारतीय भूतपूर्व सैनिक ५६ बर्षीय गुरुङको घटना स्थलमै मृत्युु भएको थियो ।
गुरुङमथि आक्रमण गर्नेलाई गाउँलले घेरा हाली प्रक्राउ गरेका थिए । प्रहरीका अनुसार प्रक्राउ परेका डाका समूहका झापा जलथलका ३० बर्षीय भुपेन्द्र गिरी रहेका छन् । लामो समयदेखि इटहरी
रिक्साचालकको रुपमा गिरी बस्दै आएको प्रहरीले जनाएको छ । आक्रोसित गाउँलकोे आक्रमणबाट सख्त घाइते भएका गिरीलाई उपचारार्थ प्रहरीले राति नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएको थियो । गुरुङ्गको हत्या पश्चात पूर्व पश्चिम
राजमार्गको सुन्दर दुलारी सडक खण्ड पूर्ण रुपले अवरुद्ध पारिएको थियो ।
रातिदेखि नै गाउँलेहरुले सडकमा टायर बालेर शान्ति सुरक्षामा प्रहरीको नालायकीपनको विरुद्धमा नाराबाजी गरेका थिए । पम्प सञ्चालक भीम पौड्यालका अनुसार यही पौष १२ गते पनि राति पमपबाट दुइलाख ५३ हजार रकम चोरी भएको थियो । डाका समूहकाहरु लुटपाटकै लागि आएको हुन सक्ने पौड्यालको अनुमान छ ।

तपाईको प्रतिक्रिया