मुलुकलाई विध्वंसतिरै लैजाने

विगत एक महिना यता संविधानको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल एमालेले संविधानमा रेंफसम्म संसोधन हुँदैन भनेर संसद अवरुद्ध गरिरहेको छ ।
आठ बर्ष लगाएर खरबौ रुपैयाँ खर्च गरी बनाएको संविधान जन्मदै लंगडो, अपांग भएपछि दोस्रो पटक संसोधनको तयारी भएको हो । सविधानका केही प्रावधानमाथि असहमति जनाउँदै आएको मधेशवादी दल र क्षेत्रीय स्तरका राजनैतिक दलमात्र नभएर आम नेपाली हालको संविधानलाई लंगडो र अपांग बताउदै आएका छन् ।
संविधान जारी भएको झण्डै डेढ बर्ष बितिसक्दा पनि यो कार्यान्वयन हुनुको सट्टा झन झन विवादित बन्दै गएको छ । २०७४ साल माघ ७ गते सम्ममा स्थानीय प्रदेश र केन्द्रीय स्तरका निर्वाचन नभएमा स्वतः संविधान असफल भएको मानिने छ । त्यसबेलाको असफलताको पगरी यिनै राजनैतिक दलहरुले नै गुथ्नुपर्ने हुन्छ । यस सम्बन्धमा हालसम्म दलहरु सचेत भएको देखिदैन । संविान असफल सावित गर्ने दिशामा पहिलो पंक्तिमा उमाले नै पर्ने निश्चित छ । विगतमा मधेशवादीले उठाएका मागहरुलाई संवोधन गर्न सविधान ससोधन आवश्यक छ भन्दै एमालेका अध्यक्ष एव् पूर्व प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली आज संसोधनको विपक्षमा देखिएका छन् । सिमांकन, प्रदेश, नागरिकता आदि विषयलाई संसोधन गर्नुपर्छ भनेर हालको संसोधन प्रस्तावमा ओलीले नै हस्ताक्षर गरेका छन् ।
आज आÏनै हस्ताक्षरित संसोधन गर्नुपर्ने एजेन्डाका विरुद्धमा ओली देखा परेका छन् । उनको यो राजनीतिक बेइमानी हो । मधेशवादी दलले उठाएका केही मुद्दालाई संसदबाट संसोधन गरी तिनै तहको निर्वाचन गरेर मुलुकलाई अराजकताबाट सुशासनतिर लैजानुकोसट्टा एमालेले त्यसको मर्म नै बन्द गर्ने प्रयास गरिरहको छ । भारतको इसारामा संविधान संसोधन हुन लागेको भन्दै उसले यतिबेला सडक तताइरहेको छ । यहाँ स्मरणीय कुरा के छ भने आÏनो अनुकुल हुँदा भारतको गुनगान गर्ने र आÏनो प्रतिकूल हुँदा आफ्नो कमजोरी लुकाउन भारत र यहाँका अन्य दललाई गाली गेरेर कथित राष्ट्रवादको खोल ओड्न एमाले मात्र हैन यहाँका अन्य कम्युनिष्टहरुको समेत समान चरित्र हो ।
भारतलाई विस्तारवादी भनेर गाली गर्नु नेपालका कम्युनिस्टहरुको स्कुलिङ्ग नै हो । विगतमा माओवादीले समेत भारतसँग सुरुङ युद्ध गर्न आफूहरु तयार रहेको जनाएको थियो । आज एमालेले त्यही धर्मलाई आत्मसात गरेको छ । जति धेरै भारतलाई गाली ग¥यो त्यति धेरै
राष्ट्रवादी भइने रोगले एमाले ग्रस्त छ । त्यसैले ऊ भारतलाई गाली गर्ने र चिनलाई रिझाउने वा चीनसँग नजिकिने असफल प्रयास गरिरहेको छ । कुनै राजनैतिक दलका नेताहरु भारतीय राजदुतावास पुग्दा त्यसको धुँवाधार विरोध गर्छ एमाले । तर आफू त्यही दुतावासका कर्मचारीसँग बसेर डिनर गर्दा त्यसलाई गुपचुप राख्छ । आज मुलुक विध्वंसतर्फ उन्मुख भइरहेको छ । कहिले आÏना भातृ सगठनको कार्यकर्ता उचालेर भारतीय राजदुतावास घेराउ गर्न पठाउँछ, कहिले सडकमा उग्र नारा लगउन लगाउँछ । आज उत्तरी तातोपानी नाका झण्डै दुई बर्षदेखि चीनले बन्द गरेको छ । किन एमाले आÏना कार्यकर्तालाई निचियाँ दुतावास घेराउ गर्न पठाउँदैन ? नेपालले आÏना दुव छिमेकी मुलुकप्रति समान कुटनीति कायम गर्नुपर्छ यदि यसो गर्न सकिएन भने यो मुलुक विध्वंसतर्फ उन्मुख हुनबाट कसैले जोगाउन सक्दैन ।

तपाईको प्रतिक्रिया