धरान÷प्रतिष्ठानका उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दाशले सोमबार एक समारोहबीच प्रतिष्ठानमा जडान गरिएको अत्याधुनिक, सुविधायुक्त, वहुउपयोगी, मुटुरेगी सम्बन्धी Cardiac Cath Lab को एक समरोहबीच उद्घाटन गर्नुभएको छ ।
फिलिप्स कम्पनीको झण्डै ६ करोड लागतमा जडान गरिएको उक्त उपकरण नेपालमा अन्यत्र उपलब्ध भएका मध्ये हालसम्मकै अत्याधुनिक र सुविधायुक्त भएको शिक्षाध्यक्ष प्रा.डा. विक्रम श्रेष्ठले जनकारी दिनुभयो ।
उक्त मेसिनको प्रयोग तथा सेवा प्रवाहबाट न्यूनतम विकिरणको प्रयोग हुने भएकोले High quality image उत्पादन गरी मुटुसम्बन्धी चाल,
रोगहरुको पहिचान तथा निदान गरी उपचार पद्धतिलाई सरल बनाउने र विकिरणबाट हुने जोखिम न्यून गर्ने काम गर्छ । प्रतिष्ठानले आÏनो सीमित स्रोत र साधनलाई अधिकत्तम प्रयोग गरी Angography, Angioplasty,मुटुका भल्वहरु विना अपे्रशन खोल्ने प्रक्रिया (Mitral/Aortic/Pul monary Valvotomy) ेवाहरु प्रदान गर्दै आएको थियो । यसैगरी जन्मजात मुटुभित्र हुने विभिन्न प्रकारका प्वालहरु विना अप्रेशन ढकन लगाई प्वाल टाल्ने सेवा तथा असमान्य किसिमका नशाहरुको समेत उपचार प्रदान गर्न उपकरण जडानपछि थप सरल र सहज हुने भएको छ ।
नयाँ उपकरणको प्रयोगले विकिकरणको प्रभावबाट हुने जोखिम कम भई विरामी स्वास्थ्यकर्मीलाई समेत सहज हुन्छ । उपकरणले गुणस्तरीय क्ष्mबनभ त्रगबष्तिथ देखाउने भएकोले मुटुका स–साना धमनीहरुको समेत सही पहिचान गर्न सकिने तथा कम जोखिममा उपचार गर्न सकिनेछ । यसबाट Peripheral Procedure समेत गर्न मिल्ने भएकोले मुटुबाहेक शरीरका अन्य कुनैपनि भागको जाँच तथा उपचार गर्न समेत सकिने बाइएको छ ।
उपकरण जडानबाट प्रतिष्ठानमा हप्ताको २४ सैं घण्टा मुटु सम्बन्धी उपचार सेवा प्रवाह हुने हुँदा विरामी अन्यत्र जानु नपर्ने र पतिष्ठानबाटै सर्वसुलभ तथा गुणस्तरीय सेवा पाउने अस्पताल निर्देशक प्रा.डा. अरविन्द सन्हाले बताउनुभयो । उपकरण सञ्चालन गर्न मुटुरोग विशेषज्ञहकरुको विशेष समूह प्रतिष्ठानमै भएकोले प्रतिष्ठान आगामी दिनमा मुटुरोग उपचारको केन्द्रको रुपमा स्थापित हुने भएको छ । यसका अलवा नयाँ उपकरणबाट न्यून विकिकरण हुने भएकोले मुटु तथा नशा सम्बन्धी समस्या भएका गर्भवती महिला, नवजात शिशु तथा बालबालिकाको उपचार सम्भव हुने भएको छ । अब बारम्बार बिग्रिने पुरानो मेसिनका कारण विराीहरुले आफै जोखिम मोलेर अन्यत्र जानु नपर्ने भएको अस्पताल निर्देशक सिन्हाको कथन छ ।
