विद्यार्थीको भविष्यमाथि खेलवाड

धरान÷धरान उपमहानगरपालिका वडा नं. ४ स्थित धरान उच्च माविले विद्यार्थीहरुको भविष्यमाथि नै खेलवाड गर्ने गरेको छ ।
शिक्षालाई व्यवसायको रुपमा सञ्चालन गर्दै आएका कतिपय निजी
स्तरबाट खोलिएका र तडकभडक ढंगले सञ्चालन हुँदै आएका विद्यालयहरुले विद्यार्थीको जीवनमाथि नै खेलवाड गने
गरेको कुरा बेलाबखत चर्चामा आउने
नगरेका होइनन् ।
धरान उच्च माविले गरेको खेलवाडप्रति विद्यार्थीका अभिभावकले पौष २ गते एक विज्ञप्ती नै प्रकाशित गरी आफ्ना नानीहरुप्रति गरेको कार्यको उजागर गरेको छ । विद्यार्थीहरुको अभिभावक नरेश राईले आफ्नै भान्जी सुस्मिता गुरुङ्ग लगायत उनकी साथी पूजा लिम्बसँगै चार जना विद्यार्थीलाई एक्कासी विद्यालयले विज्ञान विषयमा पढनका निम्ति प्रवेश परीक्षा समेत लिई विज्ञान संकायमा पढ्नका लागि भर्ना लिएको र विज्ञान संकाय पढ्दै गर्दा विद्यालयका विज्ञान संकाय प्रोगाम इन्चार्ज सुनिलकुमार भगतले मंसिर ७ गते विज्ञान शंकाय पढ्न नपाउने कुराको जानकारी गराए । यतिमात्र नभएर विज्ञान शंकायको पहिलो त्रैमासिक परीक्षासमेत लिई व्यवस्थापन विषयमा एक बर्ष पढे विज्ञान संकायकै प्रमाणपत्र निकालिदिने भन्दै विद्यार्थीलाई मानसिक तनावको वातावरण सिर्जना गरी उनीहरुको भविष्यमाथि नै खेलबाड गरेको विज्ञप्तीमार्फत नरेश राईले जानकारी गराउनुभएको छ ।
विज्ञप्तीमा राईले भन्नुभएको छ, यति कुरा भनिरहँदा हामीले कसैको गरिखाने बाटोमा आक्षेप लगाउन खोजेको होइनौं । वास्तविकता के हो भनेर जानकारी गराउन खोजिएको
हो । धरानका नाम चलेका निजी
स्तरका विद्यालयले विद्यार्थीमाथि
गरेको खेलबाडलाई मिडियामा राख्न खोजेको, हाम्रा विद्यार्थी तथा अभिभावकहरुप्रति गरिएको एक किसिमको अपराधले भविष्यलाई अन्यौल बनाउने भन्दै विद्यार्थीहरुको अबको दिनमा भविष्यको ज्ञारेन्टी गरी उचित क्षतिपूर्ति माग समेत विज्ञप्तीमा गरिएको छ । यसै समबन्धमा बुझ्न प्रोग्राम इन्चार्ज सुनिल कुमार भगतसँग सम्पर्क राख्दा उनले आफूले जानकारी दिनुको सट्टा हतार हतार पिन्सिपल ताराबहादुर निरौललाई फोन गरे र आफ्नो कुरा राख्न हिच्किचाए । फोनबाटै प्रिन्सिपल ताराबहादुर निरौलाले भन्नुभयो कन्Ïयुजको कारणले त्यस्तो भएको हो । यद्यपि, विद्यार्थीले साइन्स पढ्न नपाउने भएपछि समय किन बर्बाद गर्नु भनेर व्यवस्थापनमा अध्यन गर्न हामीले आग्रह गरेका हौं । उता विज्ञान संकायका कोअर्डिनेटर सुनिल भगत भन्छन्, हामीले विज्ञान संकायमा विद्यार्थी नपाएर त्यसो गरेका होइनौं । हाम्रोमा जति पनि विद्यार्थीहरु आउँछन् भन्दै अलिकति अहमतासमेत प्रदर्शन गरे । उनले भने साइन्स पढ्न उनीहरुले नपाउने नै हो । नपाउने भए किन एडमिशन लिएको त भन्ने सम्बन्धमा उनले भने पहिला ज्क्ष्ऋद्य बोर्डले सी ले पनि साइन्स पढ्न पाउँछ भन्यो । पछि फेरि यो सिटिइभिटीका लागि मात्र हो भन्यो ।

तपाईको प्रतिक्रिया