बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि बाह्य चलखेल विभागीय प्रमुखहरु फेरिए ः सिनेटले २०७२ मा गरेको निर्णय कार्यान्वयन गरेको–उपकुलपति दाश

धरान÷बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यही पौष २० गतेदेखि रिक्त हुने उपकुलपतिका लागि प्रतिष्ठानमै कार्यरत आधा दर्जनले दौड शुरु गरेका छन् ।
वर्तमान उपकुलपति प्रा.डा. बीपी दाशले शैक्षिक तथा अनुसन्धान, अस्पताल सेवा तर्फ र आर्थिक प्रशासनतर्फ गरेका दर्जनौ सुधारका कार्यप्रति असहयोग गर्दै आएका आधा दर्जन उपकुलपतिका दावेदारहरु तथा विभागीय प्रमुखहरु हाल एकाएक फेरिएपछि धेरैले यसलाई अर्थपूर्ण रुपमा लिएका छन् ।
उपकुलतिको दौडमा प्रायः हाल हँटाइएका विभागीय पमुखहरु नै रहेको देखिएको छ । कतिपय त्यस्ता पूर्व विभागीय प्रमुखहरु अरुको बुइँ चढेर उपकुलपति बन्ने ध्याउन्नमा लागेको प्रतिष्ठानकै कर्मचारीहरु बताउँछन् । उपकुलपतिको दौडमा रहेकाहरुमा प्रा.डा. चन्द्रशेखर अग्रवाल, प्रा.डा. प्रहलाद कार्की, प्रा.डा. राजकुमार रौनियार, डा. विएन यादव, प्रा.डा. संगीता भण्डारी आदि छन् । प्रतिष्ठानको सिनेटले २०७२ सालमा विभागीय प्रमुखुहरु रोटेशनमा गर्ने भनेर पारित गरेपछि हाल सर्जरी विभागमा प्रमुख रहेका प्रा.डा चन्द्रशेखर अग्रवालको ठाउँमा प्रा.डा. शैलेश अधिकारी, प्रसुति तथा स्त्रीरोग विभागका प्रमुख डा. शैलजा क्षेत्रीको स्थानमा डा. मोहनचन्द्र रेग्मी, मेडिसिन विभाग प्रमुख प्रा.डा. प्रहलाद कार्कीको ठाउँमा प्रा.डा. सञ्जिव शर्मा, रेडियोलोजी विभागका प्रमुख आर.के रौनियारको स्थानमा डा. मुकेश साह, फरेन्सी विभागका डा. विएन यादवको स्थानमा डा. सिवेन्द्र झा, वालरोग विभागका प्रमुख डा. गौरीशंकर साहको स्थानमा प्रा.डा. रुपा सिंहलाई जिम्मेवारी दिइएको छ ।
विभागीय प्रमुखहरुलाई तपाईको पदावधि सकिन लाग्दा किन जिम्मेवारीबाट हँटाइएको त भन्ने सवालमा उपकुलपति प्रा.डा. बलभन्द्रप्रसाद दाश भन्ुनुहुन्छ, उहाँहरुलाई धेरै अगडि नै हँटाउनुपर्ने थियो । हाल जिम्मेबारीबाट विमुख गराइएकाहरु कहिल्यै विभाग विस्तारमा जिम्मेवार भएनन् । मेरो पाँचबषर््ो कार्यकालमा उहाँहरुबाट कहिल्यै सहयोग पाइनँ । ढिलै भएपनि मैले सिनेटको निर्णय कार्यान्वयन गरेको छु । म मर्दको छोरा हुँ कार्यान्वयन गरे गरें । प्रतिष्ठानका एक पदाधिकारीका अनुसार भिसीको समयावधि सिद्धिन लाग्दा विभागीय प्रमुखहरु परिवर्तन गरेर कुलसचिव तुलबहादुर श्रेष्ठले आफू
सुरक्षित हुने काम मात्र गरेका छन् । अहिले परिवर्तन गर्नु श्रेष्ठको बदनियत हो । तर उपकुलपति प्रा.डा. दाशले आफूले नै सिनेटको निर्णय कार्यान्वयन गर्न लगाएको बताउनुभएको छ ।
विभागीय प्रमुखबाट हँटाइनु भएका प्रा.डा. चन्द्रशेखर अग्रवालसँग यस सम्बन्धमा सम्पर्क राख्दा उहाँले भन्नुभयो, यो निर्णय ६÷७ महिना अगाडि नै गरेको भए चित्त दुखाई रहने थिएन । उहाँको आरोप थियो केही विभागमा खरिद विक्रीका फाइल अड्केको थियो होला त्यसलाई आफू अनुकुल बनाउन पनि भिसीले हाल आएर विभागीय प्रमुखहरु परिवर्तन गरेको हुनुपर्छ । मलाई यत्रो दिन विभागीय प्रमुख भएर काम गर्दा हेडेक समेत भएको थियो । उपकुलपतिको दौडमा रहनु भएका अग्रवालले भन्नुभये आफनो त्यस्तो पहुँच छैन । उही सिनिरियाटीको आधारमा बनाइयो भने मात्र हो । अग्रवाल भन्नुहुन्छ, धरानका व्यवसायी रोशन सोनी मलाई भिसी बनाउन केही शक्ति केन्द्रहरुमा पुग्नु भएको छ । मेरैलागि उहाँको धेरै खर्च समेत गरिसक्नुभएको होला । सोनी पहिलादेखि नै प्रा.डा. चन्द्रशेखर अग्रवाललाई भिसी बनाउने तारतम्यमा लाग्नु भएको छ । धरान साप्तहिकसँगको एक भेटमा समेत व्यवसायी सोनीले अग्रवाललाई भिसी बनाउन आफू लागिपरेको जानकारी दिनुभएको थियो । सोनीका अनुसार वर्तमान स्वास्थ्य मन्त्री गगन थापासँगै पढेका धरान १ का व्यवसायी चेतन अग्रवाल समेत लागेको बताउनुभयो । यसै सम्बन्धमा चेतन अग्रवालसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो राजनैतिक व्यक्तिले मैले भनेको मान्ने कुरै भएन । सँगै पढेको भन्दैमा मान्ने कुरा पनि आएत अग्रवालले भन्नुभयो ।
उता विगतमा समेत भिसीको दौडमा रहेका र हाल रेडियोलोजी विभागबाट
कारबाहकीमा परेका प्रा.डा. राजकुमार
रौनियार जति खर्च गरेर भएपनि भिसी बनेरै छाड्ने ध्याउन्नमा लागेका छन् । यसका लागि जिल्ला स्तरीय नेपाली काँग्रेसको राजनीति गर्ने उनका दाजु गौरी शंकर रौनियार विगत केही दिनदेखि
राजधानीमा नेताहरुको घर दैलौ गरिरहनु भएको छ । यसै सम्बन्धमा रौनियारसँग सम्पर्क राख्दा उहालँले भन्ुभयो, प्रायः सबै नेताहरुकोमा म पुुगिसकेको छु । तर कोही केही बोल्दैन । प्रतिष्ठानका एक पदाधिकारीका अनुसार प्रतिष्ठालनाई अझ मजबुत बनाउने र संस्थागत गर्ने को भने पुनः हालकै उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दाशलाई आगामी ५ बर्षका लागि उपकुलपतिको जिम्मेवारी दिनुपर्छ । प्रा.डा. बद्रीप्रसाद बढु भन्नुहुन्छ, सरकारले चाँडै निर्णय गर्नुपर्छ । अन्य विश्वविद्यालयको जस्तो विवाद यहाँ हुनुहुँदैन । चाँडै निर्णय भएमा आगामी दिनको योजना बनाउन सहज हुन्छ ।

तपाईको प्रतिक्रिया