बीपी कोइराला भारत–नेपाल फाउन्डेशनको २५ औं स्थापना दिवस मनाइयो

नेपालमा मुर्धन्य राजनीतिज्ञ, प्रजातान्त्रिक समाजवादका प्रवद्र्धक एवम् फ्रायडवादी साहित्यकार स्व. बीपी कोइरालाको नाममा स्थापित बीपी कोइराला भारत–नेपाल फाउन्डेशनको २५ औं बर्ष गाँठ भारतीयराजदुतावास काठमाण्डौले भव्य रुपमा मनाएको छ ।
काठमाण्डौको राष्ट्रिय सभा गृहमा सम्पन्न २५ औं बार्षिकोत्सवका अवसरमा नृत्य, संगीत, प्रसिद्ध नाट्य समूहद्वारा नाटक प्रदर्शन, सुरसुधा आदि प्रदर्शन गरिएको थियो । नेपाल संगीत एसोसिएसन, गुरुकुल संगीत एकाडेमी, सौर्यवोध नृत्य स्टुडियो,
रंगमञ्च तथा साधना केन्द्र आदिको कार्यक्रममा सहभागिता रहेको थियो । सो अवसरमा नेपाल र भारतमा बीपी कोइराला भारत नेपालका गतिविधिको प्रस्तुति देखाइएको थियो ।
बीपी कोइराला भारत–नेपाल फाउन्डेशन दिसम्बर १९९१ मा स्थापना गरिएको थियो । दुवै देशका सरकार प्रमुखबीच भएको सम्झौता अनुसार यसको स्थापना भएको हो । विगत २५ बर्षदेखि फाउन्डेशनले कला, साहित्य, वौद्धिक बहस, दुवै देशको
रहनसहन सम्बन्धी वहु आयामिक गतिविधि तथा कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यसले नेपाल–
भारतबीचको साँस्कृतिक सम्बन्धलाई बढावा तथा थप मजबुत बनाउन कोशेढुगाको कार्य गरेको छ । बीपी
कोइराला भारत–नेपाल फाउन्डेशनको सचिवालय नेपालस्थित भारतीय
राजदुतावास र दिल्ली स्थित नेपाली
राजदुतावासमा रहेको छ । दुवैले आ–आफ्नै ढंगले सम्बन्ध सुदृढका लागि विविध कार्यक्रमहरु गर्दै आएका छन् ।
२५ औं बीपी कोइराला भारत–नेपाल फाउन्डेशनको बर्ष गाँठका अवसरमा मुख्य अतिथिका रुपमा रहनु भएकी सभामुख ओनसरी घर्तीले भन्नुभयो २५ बर्ष पूरा गरेकोमा बधाई छ । आ–आफ्नो भाषा संस्कृति, रहनसहनमा दुवै देशका नागरिकहरु सचेत छन् । दुवै देशको कला, संस्कृति, भाषा रहन सहनमा फाउन्डेशनले जुन प्रकारको भूमिका निर्वाह गरेको छ त्यो अदित्तीय छ । नेपाल भारत बीचको सम्बन्धलाई थप मजबुत बनाउन फाउन्डेशनले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सो अवसरमा नेपालका लागि
भारतीय राजदुत रणजित रायले विगत केही बर्षदेखि बीपी कोइराला भारत नेपाल फाउन्डेशनले गरेका कार्यहरुको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा ५ सय भन्दा बढी प्रख्यात कवि, कलाकार, राजनीतिक कार्यकर्ता, सञ्चारकर्मीको उपस्थिति रहेको
थियो ।

तपाईको प्रतिक्रिया