घण्टाघरबाट हेर्दा

श्रीमतिको दाइ“जो
यो देशका एक दर्जन मन्त्रीहरु स्वास्नीको सम्पत्तिमा पौडी खेल्दै आएका जोइटिंग्रे पो रै’छन् । मन्त्री भएपछि बारम्बारको ताकेताबाट हैरान भएका जोइटिंग्रेहरुले बुझाएको सम्पत्ति विवरण देख्दा यिन्ले करोडपतिका
छोरीमात्र विहे गरेको हो कि जस्तो पो देखियो । मन्त्री हुनुभन्दा अगाडि भुम्के चप्पल लगाएर पछ्यौरा समेत च्यातिएकी श्रीमति लिएर चिसो छिडी भएको कोठा भाडामा लिएर बसेकहरुलाई मन्त्री बन्नासाथ श्रीमतिको दाइँजो ह्वर्र–ह्वार्ति
बर्सिएछ । अब हेरौ न घरेलु मन्त्री विमलेन्द्र निधिसँग भएको ६० तोला सुन १ सय ५० तोला चाँदी, हिराको गहना सबै स्वास्नीले दाइँजोमा ल्याएकी रे । प्रकाश शरण महत, सीतादेवी यादव, गगन थापा, धनीराम पौड्याल, जयदेवी जोशीसँग भएको करोडौ रुपैयाँ बराबरको सुनचाँदी सबै दाइँजोमा आएको रे । वाफ रे वाफ क्या गज्जबकी श्रीमति भेट्या रै’छन् । खुतुखुतु जाइँदोबाट सुनचाँदी ओसार्ने । सडियाहरु आफूले सत्तामा बसेर दायँबायाँ गरेको सबै
ससुराली पु¥याएर त्यहाँबाट फेरि ह्वाइट बनाएर ओसारेको चाहिँ कस्ले नबुझ्या छ र ?
भ्रष्टाचारी, दलाल
कागले आफ्नो नाम आफै काढ्छ भन्थे हो रै’ । अब हेरौ न न हिस्स, न हुस्सको अनुहार भएकी ती बाउरामकी जोइले अस्तिका दिन पत्रकारसँग गजबैसँग बात मारिछन् । उनले पत्रकारलाई भनिछन् मलाई सबैले भ्रष्टाचारी भन्छन अनि बाउरामलाई चाहिँ दालाल भन्छन् रे । क्या गजबको कुरा गरिन हौ हिसिलाले । सत्तामा छँदा हिसिलाले कम्ता सोहोरेको होइन । विमान
खरिद मा पनि बजाएकै छ, सरुवा, बढुवा, नियुक्तिमा पनि असुलेकै छ । ठूला माछाको कोटीमा परेकी हिसिलालाई कस्ले छुन सक्ने ? अख्तियारका लोकमानले यसो शुरुबुरु गरेका थिए । उनैलाई भीरबाट अरु ठूला माछाले खदारी हाले । त्यसरी खुल्लम खुल्ला आफूलाई भ्रष्टाचारीको पगरी गुथाइ दिँदा पनि हिसिलाको कुनै गुनासो छैन । क्या गजब छ । लौन मैले भ्रष्टाचार गरेँ मलाई कारबाही गर भन्दा पनि यो मुलुकमा कसैले कमाउने वाला छैन । लोकमात्र भइएला भन्ने सबैलाई
त्रास ।
भव्य स्वागत
कहिले सासूको पालो कहिले
बुहारीको पालो भन्थे हो रै’छ । अस्ति नै माने गनतन्त्र आएको परापूर्व कालमा त्यो राप्रपाका नेताहरुलाई गोबर र
खरानीका कार्यकर्ताहरुले देखि सहँदैनन थिए । उनेरु फुत्त बाहिर निस्कियो कि ढुंगा मुढा चक्काजाम गरिहाल्थे । अहिले त मेरीबास्सै समये परिवर्तन भएर हो कि गोबर र खरानी सिद्धिदै गएर हो
राप्रपाका नेताहरु बाहिर निस्कनु हुँदैन अविरजात्रै हुनथाल्यो । अस्तिका दिन
राप्रपाका नेता भद्रपुरको विमन स्थलमा आउँदा कार्जेकर्ताहरुले एयरपोर्ट नै ढपक्क ढाकेछन् । सुरक्षे व्यवस्था मिलाउन प्रहरी कन्दनी कसेर लाग्दा नि पार लाएन छ । तर गोबर र खरानीका नेता त्यसैदिन मुन्टिदा सुनसानै भएछ । गोडादशेक कुन्डले मुन्डले एयरपोर्ट बाहिर उभिएका थे’रे । ती पनि उही गोटा गस्तीमा आ’का थे रे ।
फुकुवा
समये भन्दा अगावै माने ९ महिना कार्जेकालम औँठा छाप लगाएर बसेको सरकारका मन्त्रीहरु यतिबेला धाइफल तोडेर कमाउ धन्दामा लाग्या छन् । विचाराहरु के गरुन त फेरि मन्तरी बन्ने हो कि होइन ? मौकामा हिरा फोरिएन भने जिन्दगीभरि घरकी श्रीमति, सालासाली भान्जाभान्जी, मितेरी साइनोेवलाहरुले सक्तो सराफ गर्छन् । मौका पाएँदा नि सोहोर्न नसक्ने भनेर टोकोसे गरिरहन्छन् । त्यसैले यतिबेला सरकारमा सहभागी मन्त्रीहरु अरु सबै भाँडमा जाओस सोहोर्नैचाहिँ छोड्नु हुँदैन भनेर राति छाडेर लागेका छन् । अब हेरौ न त्यो वनमन्त्री शंकर भण्डारीले अवैध खोटो ढुवानी अस्तिका दिनदेखि फुकुवा गरेछन् । वैध रुपमा ढुवानी फुकुवा गरेके भएत त तै लौ भन्नु । अवैध ढुवानी ढुवानी गर्ने बाटो खोलिएका छन् । यसापत भण्डारीले
राम्रै नजाराना तस्करहरुबाट लिएको व्यापक गइगुइ छ । डकार है डकार यतिबेला अख्तियारक लोकमान लंगडो भएर बस्या छन् । अरु जावाहरुले केही लछारपाटो लगाउँदैनन् । मन्त्रीहरुबाट खुस्किएका दिन श्रीमतिले माइतीबाट ल्याएको दाइँजो भन्दा बात खँलास
भैहाल्छ ।
कालो मोसो
हलचल गर्नै नसक्ने गरी लंगडो बनाएको अख्तियारका प्रमुख लोकमानसिंह कार्कीलाई अस्तिकै दिन सर्वोच्च अदालतमा दुईजना मुस्तण्डेले कालो मोसो दलेछन् । क्या वात । ती दुईजना बीर पुरुषलाई राष्ट्रिये पुरष्कार दिनैपर्छ । अन्त सबतिर गाइँजात्रे भएपनि सर्वोच्च अदालतमा कहिल्यै जाइँजात्रे भा’थेन । अब त्यहा पनि बाटो खुलेको छ । अब सुरक्षे भएका ठाउँ कहीँ कतै रहेन । सबैले अन्त नभए नि सर्वोच्च अदालतमा
सुरक्षा होला भन्ने ठान्या थे फुइँøयाँ
हुनु ? अब सर्वोच्चले कसैलाई बयानका लागि बोलायो भने पहिला सुरक्षाको ग्यारेन्टी गर भन्नुपर्ने भयो । यसलाई राष्ट्रिय हाँस्यास्पद नै मान्नुपर्छ ।
बोल्न पाउ“छन्
पूर्व राजाले अस्तिका दिन मुलुकको नाँिदो अवस्थाप्रति चिन्ता व्यक्त गरेर एउटा विज्ञेप्ती नै के फाल्या थे अहिलेका सत्तासीन चोर, डाका, लुटेरा, हत्यारा सबैको निद हराम भयो जाबो एउटा विज्ञेप्तीसँग त्यत्रो त्राहिमाम त्राहिमाम हुने हल्लुडे नेताहरु यतिबेला लगलग काँप्दै वर्वराउन थाल्या छन् । यी गुइँठे नेताहरुको बोली सुन्दा घण्टाघरलाई पनि हिजो आज जंग चल्न थाल्या छ । कन्सिरी तातेर त्यसैत्यसै उखरमाउलो हुन थाल्या छ । बोल्नै हुँदेन भनेर चिच्याउनेहरुको अब दिन गन्ति शुरु भएजस्तो छ । लोकतन्त्रमा कसैले बोल्नै पाउँदैन भने तयो भुत्राको लोकतन्त्र हो ? त्यसैले नेपाली काँग््रेसका नेता कुलबहादुर गुरुङ्गले प्याक्कै भन्दिए राजाले किन बोल्न नपाउने् ? पाउनुपर्छ ।
दुई महिनामा चुनाउ
लाटोले सुन्दा पनि तीन ठुन्का परेर हाँस्ने जोक यतिबेला काँग्रेसका नेताहरुले देखाउन थाल्या छन् । दुई महिनामा स्थानीय निर्वाचन गराएरै छाड्ने रे । हैन हौ पत्याउने कुरा पो गर्नुपर्छ त ? जगै हसाउन जोक्स किन ग¥या होलान् ? १७ बर्षदेखि स्थानीय निर्वाचन गर्न नसकेर डलो परेका काँग्रेसका नेताहरुले कसरी स्थानीय निर्वाचन गर्ने भन्या होलान ? प्रत्येक प्रदेशबाट बसमा मान्छे बोकेर टुँडिखेलमा बक्स राखेर निर्वाचन गर्ने हो कि ? पहिला संघीयता, त्यसो समांकन, संविधानप्रति असन्तुष्टहरुलाई लालीपप नखुवाई कसरी निर्वाचन
हुन्छ ? के निर्वाचन भन्या बाख्रा गोठालालेले डण्डीवियो र बाघचाल खेलेजस्तो हो र ?
अन्तेमा
माकुने र माकुन्याउकी अर्धाङ्गिनी बुढेश कालम यसो अमेरिका पुगेर हनिमुन मनाएर फर्कदा टर्कीका पुलिसहरुले घोर दुःख देछन् । आफ्नी बूढीलाई त्यसरी टर्कीका पुलिसले दुःख दे’सी पुतली जुँगे माकुन्याउको कन्सिरीको तापक्रम ह्वात्तै बढ्नु स्वाभाविक हो । बडो फाइँफाइँ र फुइँफुइँ गर्न थालेसी’ अस्तिका दिन नेपालको पराराष्ट्र मन्त्रालयले माकुन्याउको जोइँसँग हाम्रो कमजोरी भयो भनेरमाफी मागेपछि यतिबेला माकुन्याउ अलि शान्त भा’छन् रे । विदेशाँ दिनैपिच्छे सैयौ गायत्रीहरुको त्यहाँको प्रहरीले हुर्मत लिन्छ । एउटी गायत्रीको बारेमा चाहिँ किन यत्रो वितण्डता ? ख्वै कुरो बुझ्या ?

तपाईको प्रतिक्रिया